11/09/2019
किसान महानुभावहरू
अब बर्षा समय सकिन लाग्याे। बाँझाे जमीनभए जाेतेर कमलाे बनाउने बेला यहीहाे। पानीले मज्जाले भिजेकाेछ अैले। जाेत्न सजिलाे हुन्छ। जाेतेर राखेकाे कमलाे जमीनमा बालीलाउन जमीन तयारी धेरै सजिलाे र खर्च कम लाग्छ। अहिले जाेत्नाले झारकाे बीउपनि धेरै लाग्न पाउँदैन र झारकाे बिगबिगीपनि हुन पाउँदैन। त्यसैले अल्सी र अलमल नगरी सबैले बाँझाे जमीन जाेती तयार राखाैं।