Dr. Kiran Thapa

Dr. Kiran Thapa B.Sc.(Physics), MBBS(China), Former Teacher, Day dreamer

21/06/2026

स्वास्थ्यका कार्यक्रममा छुट्याइएको बजेट साच्चिकै उपलब्धीमुलक कार्यक्रममा खर्च हुन्छ होला कि औपचारिकता पुरा गरेर कागज मिलाएर बजेट सक्ने मै सिमित हुन्छ होला ? कागजमा त यो देश धेरै अघि संवृद्ध भैसक्या हो । अनि यस्ता कार्यक्रमको वार्षिक समीक्षा नि औपचारिकतामा सीमित हुनु अझ दुखद् छ । त्यो भन्दा दुखद् कुरा यसलाई सामान्यीकरण गरिनु र कसैको ध्यान नजानु रहेको छ ।

16/05/2026

मैले सिक्न सुरु नगरेको एक सीप ।

Tried Something new
02/05/2026

Tried Something new

Watch, follow, and discover more trending content.

01/05/2026
01/05/2026

पेशाले म डाक्टर हु दुर्गम बाजुराको बुढिगंगा नगरपालिकामा कार्यरत छु । यो मेरो डाक्टर हुनु अघिदेखिको फेसबुक प्रोफ़ाइल थियो पछि फेसबुक पेज बनाए । यसमा म आफ्नो सामान्य जीवनशैली विताउँदा देखे सुनेका र बुजेका विचार राख्छु र किसानको छोरो भएकाले कहिलेकाहिँ आमालाइ सघाउदा आफूले काम गर्ने सिलसिलामा गरेका कर्मको कहिले काहिँ भिडियो नि हाल्छु । मलाइ डाक्टर भएर नि पोर्सो बोक्न धान कुट्नु मिलबाट धान कुटेर ल्याउनु पिठो पिसेर ल्याउनु खेत खन्नु आली लाउनु वा कृषिसँग सम्बन्धित कुनै कर्म गर्नुमा कुनै ग्लानि लाग्दैन । लागोस् पनि किन म त्यहि परिवेशमा हुर्केको मान्छे मलाइ श्रमप्रतिको आस्था छ । मैले मेरो आफ्नो जरा चिनेको छु त्यही भएर बलियो पनि छु ।
यस्तै पोष्ट गर्दै जाँदा एउटा चिनजानको दाजुले भन्नु भयो डाक्टर भएर डाक्टरको पोष्ट गर्नुपर्यो घाँस काटेको पोर्सो बोकेको पोष्टमा हाम्रो एकाधिकार छ । त्यही भएर आज हामीले दिनदिनै फेस गर्नुपर्ने महत्वपूर्ण तर सबैभन्दा कम महत्व दिइएको सन्दर्भको पोष्ट गर्न गइरहेको छु । भिडियो खिच्न जनशक्ति अभाव वा भनौ बिरामीको गोपनियताको कारणले बार्तालाप मात्र प्रस्तुत गर्दैछु ।
म : हजुर भन्नुहोस् के समस्या छ ?
बिरामी : हात खुट्टा पोल्लिदा झन्झन्याउदा कोठारम्बो ठड्डिदो मुटु पोल्दो टाउको दुख्तो ।
म : अरू क्या हुँदो छ ? पिसाब पोल्लिदो छ के नाइँ ?
बिरामी : औ हजुर खराइ लाग्दि पिसाब पन पोल्लिदो छ ।ओठमुख भुरुक्क सुक्या जन हुँदा छन् ।
म : अरू क्या हुँदो छ चक्कर आउँदा छन् के ?
बिरामी : औ हजुर रिगाउँटा पन आउदा धकेल्याइ लाग्दी । सलाइन हाल्नु हर्याको छ पानी सकिया जस्तो छ सलाइन चढाइ दिन पर्यो ।
म : पानी कति खानी छओ ?
बिरामी : खादों छु न हजुर । टिसै लाग्दैन टिस लाग्याका तक खाइहेल्दो छु ।
म : कति खानी छओ पानी ?
बिरामी : २/३ गिलास खाइहेल्दो छु । टिसै लाग्दैन कैल २/३ कहणी पन खाँदा ।
म : (विपी चेक गर्छु ९०/६०) पानी खायाको पुगेन । पानी झिक्क खानु पड्यो । एक पिसाबको जाँच लेखिदियाको छु पिसाब जाँच गराइ आओ ।
बिरामी : रिपार्टमा क्या धेकायो डाक्टर साब ?
मः पिसाबको ख़राबी छ पानी खायाको पुग्यैन । झिक्क पानी खानु पड्यो । दिनभरि तकतक हरि ६/७ चुटी २/२ गिलास पानी खानु पर्यो । एक चुटीमा २ गिलास पानी खानु त्या भन्दा झिक्क सकिदैन सक्या पन पिसाब फेर्नाको बबाल मात्र हो । यसरी ३/४ लिटर पानी खायापछि बल्ल प्रेसर पनि ठीक ठाउँमा आउँछ पिसाब पोल्लिनु नि रोकिन्छ । अर्को तरिका भन्या पिसाब फेर्न्या बेला पिसाब पेलो छ भन्या पानी पुग्यैन भनी थाहा पाउनु पड्यो अनि पानी खाइहेल्नु पर्यो ।
बिरामीः पानी टिसै लाग्दैन कसरी खानु ?
मः पानी टिस नलाग्या पन हामीले बनाएका हौ । बानी पाड्नु पर्यो । पानी टिस नलाग्यापन तक तक पानी खाइराख्नु पर्यो । सुरू सुरूमा बानी पार्न नुनपानी चिनीपानी बनाएर खानु पर्यो । एक दुई हप्ता दिनको ३/४ लिटर पानी खाया बल्ल सुधार हुन्छ । पिसाबको खराबीको लागि यो औषधी लेखिदिएको छु पुरा औषधी खानुहोला पछिकी लागि नसाच्नुहोला । पानी खाया मात्र चक्कर लाग्नु सुधार हुन्या हो ।
बिरामीः हस् डाक्टर साब । औषधी कॅा पाइदो छ ?
मः बाहिर १० नम्बरमा जानुहोला ।
पुरा बार्तालाप पढ्नु हुनेलाई धन्यवाद र कमेन्ट गरेर जानुहोला ताकी यत्रो वार्तालाप पढ्ने मान्छे नि चिन्न सजिलो होस् । धन्यवाद कमेन्टको लागि र सेयरको लागि कोहि यस्तै बिरामी छन् भने ।

Address

Budhiganga/9
Bajura
10600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Kiran Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category