24/07/2026
विषय: २०८२-०८३ आर्थिक वार्षिकको नियमित र अतिरिक्त OPD सेवा विवरण बारे ।
प्रस्तुत सम्बन्धमा बन्दीपुर गाउँपालिका अन्तर्गतको बन्दीपुर अस्पतालमा मिति २०८२/०१/०१ गते देखि कर्मचारी वर्ग, विद्यार्थी वर्ग, ज्याला/मजदुरी वर्ग, व्यापारव्यवसायी वर्ग एवम् गृहिणीहरु लक्षित बिस्तारित सेवा समय सहितको स्वास्थ्य सेवा प्रवाह अनुसार “हरेक दिन (सार्वजनिक विदा र शनिबार/आईतबारका दिन समेत) विहान ७:०० वजेदेखि बेलुकी ८:०० वजेसम्म निशुल्क ओ.पि.डी. सेवा” संचालन भईआएकोमा तपशिल बमोजिमको सेवाग्राहीहरुको तथ्याकं अभिलेखीकरण अनुसार देखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) २०८२ साउन देखि २०८३ असार मसान्त सम्म: जम्मा OPD सेवाग्राहीहरु: २३,९८० जना, नियमित OPD सेवाग्राहीहरु: १२,१७१ जना (५०.७५%) र अतिरिक्त OPD सेवाग्राहीहरु: ११,८०९ जना (४९.२५%) ।
नोट:
१) नियमित ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको १०:०० बजेदेखि दिनको २:०० बजेसम्म टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ । २०८३ बैशाख देखि बिहान ९:०० बजेदेखि दिनको २:०० बजेसम्म लिईएको छ ।
२) अतिरिक्त ओ.पि.डी. सेवा समय भन्नाले नियमानुसार कार्यालय खुल्ने दिन बिहानको ७:०० बजेदेखि बिहानको १०:०० बजेसम्म, दिनको २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म र सार्बजनिक बिदाको दिनको बिहान ७:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ गते सम्म बेलुकी ७:०० बजेसम्म) टिकट काटी सेवा लिनुहुने सेवाग्राहीहरुको संख्या रहेको छ । २०८३ बैशाख देखि बिहान ७:०० बजेदेखि बिहानको ९:०० बजेसम्मलाई मात्र अतिरिक्त सेवा समयमा लिईएको छ ।
३) जम्मा ओ.पि.डी. सेवाग्राही संख्या भन्नाले बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. टिकट काटी सेवा लिनुहुने सेवाग्राहीको कुल संख्या रहेको छ । रात्रीकालिन सेवाका ईमर्जेन्सी विभागका सेवाग्राहीहरु यस विवरणमा समाबेश गरिएका छैनन् ।
४) नोट: eHMIS अनुसार आ.ब.२०८२/०८३ को कूल सेवाग्राही संख्या २४,५२६ रहेको तथ्यांकले देखिन्छ ।
बन्दीपुर अस्पताल