03/02/2026
Pediatric Elbow Trauma
१४ वर्षीय बालक फुटबल खेल्ने क्रममा लडेर बाँया हातको कोहिनीमा गम्भीर चोट लिएर अस्पताल आएका थिए। जाँच गर्दा बाँया ह्युमेरसको मिडियल इपिकन्डाइल फ्र्याक्चर, कोहिनी डिसलोकेसन तथा जोर्नीभित्र अड्किएको इन्ट्रा–आर्टिकुलर फ्र्याग्मेन्ट देखियो(Left Elbow dislocation with medial epicondyle fracture with incarcerated intra-articular fragment), जुन निकै जटिल अवस्था हो।
शल्यक्रियाका क्रममा जोर्नीभित्र अड्किएको हड्डीको टुक्रा निकालियो , कोहिनीलाई सही एनाटोमिकल अवस्थामा रिडक्सन गरियो र त्यसपछि CCS स्क्रु प्रयोग गरी हड्डीको टुक्रालाई मजबुत रूपमा फिक्स गरियो। यसले जोर्नीको स्थायित्व कायम राख्न र भविष्यमा राम्रो चालचलन (function) फर्काउन मद्दत गर्छ।
Special Thanks to Om Sai Pathivara Hospital OT team !