Lekhjung Thapa Official

Lekhjung Thapa Official प्रतिनिधि सभा सदस्य
रुपन्देही क्षेत्र नं. ३

26/08/2026

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुग्न गएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
बेपत्ता हुनुभएका नागरिकहरूको तीव्र खोजी तथा सकुशल उद्धारका लागि प्राथमिकताका साथ जनशक्ति परिचालन गर्न र घाइतेहरूको नि:शुल्क एवं प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न म सरकार र स्थानीय प्रशासनसँग जोडदार माग गर्दछु ।
यस कठिन र दुःखद घडीमा प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उच्च सतर्कता र धैर्यता अपनाउन तटीय क्षेत्रका नागरिकहरूमा अनुरोध गर्दछु ।

आज शब्दहरूले नै साथ छोडेजस्तो लागिरहेको छ । जिन्दगीमा सबैभन्दा सुरक्षित लाग्ने ठाउँ, मुवाको काख सदाका लागि गुमाएको छु । ...
20/08/2026

आज शब्दहरूले नै साथ छोडेजस्तो लागिरहेको छ । जिन्दगीमा सबैभन्दा सुरक्षित लाग्ने ठाउँ, मुवाको काख सदाका लागि गुमाएको छु । तर, मनले एउटा कुरा स्वीकार गर्नै सकिरहेको छैन—जसलाई कहिल्यै गुमाउन चाहेको थिइनँ, उहाँलाई नै आज सदाका लागि बिदाइ गर्नुपरेको छ । मुवा, तपाईंले मलाई जीवन दिनुभयो, बाँच्ने बाटो देखाउनुभयो र असल मान्छे बन्न सिकाउनुभयो । अब हजुर भौतिक रूपमा हामीमाझ हुनुहुन्न, तर मेरो हरेक सासमा, हरेक सम्झनामा र मेरो हरेक कर्ममा तपाईं जीवित रहनुहुनेछ ।
मुवा, हजुरलाई बिदाइ गर्दै गर्दा मनले एउटा मात्र कुरा भनिरहेको छ—फेरि भेट्न पाएँ भने, तपाईंको काखमै टाउको राखेर धेरै बेर बस्न चाहन्छु ।
भावपूर्ण श्रद्धाञ्जली, मेरी आमा । हजुरको बैकुण्ठमा बास होस् ।

गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना ।गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, असल चरित्र, नैतिक मूल्य, अनुशासन र जीव...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना ।
गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, असल चरित्र, नैतिक मूल्य, अनुशासन र जीवनको सही दिशा देखाउने पथप्रदर्शक हुनुहुन्छ। सभ्य समाज, सक्षम नागरिक र समुन्नत राष्ट्र निर्माणमा गुरुको योगदान अतुलनीय छ ।

गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, संस्कार र प्रेरणाको ज्योति फैलाउनुहुने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु । साथै, आफ्नो जीवनमा मार्गदर्शन गर्नुहुने सबै गुरुहरूप्रति उच्च सम्मान अर्पण गर्दछु ।

यस पावन दिनले हामी सबैलाई ज्ञानको खोज, सत्यको अनुसरण, नैतिक आचरण र समाज तथा राष्ट्रप्रतिको जिम्मेवारीलाई अझ दृढताका साथ निर्वाह गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।🙏🙏🙏

डा. लेखजंग थापा
प्रतिनिधि सभा सदस्य, रूपन्देही–३
Lekhjung Thapa

08/07/2026

रोग लाग्दा बिरामीले अस्पताल रोज्दैन, उसले आशा रोज्छ । तर जब अस्पतालमा आवश्यक जनशक्ति हुँदैन, पर्याप्त शय्या हुँदैन, जीवनरक्षक औषधि र खोप हुँदैन, तब बिरामीको आशा नै निराशामा बदलिन्छ ।
आज म लुम्बिनी प्रदेशकै गौरव, रुपन्देहीस्थित भीम अस्पतालको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।
वि.सं. २०५० सालदेखि सेवा दिँदै आएको यो अस्पताल आज रुपन्देही मात्र होइन, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी तथा सीमावर्ती भारतीय नागरिकको भरोसाको केन्द्र बनेको छ । ५० शय्याको स्वीकृत क्षमता भए पनि दैनिक ५००–६०० बिरामीलाई झण्डै १०० शय्याको अस्पतालसरह सेवा दिइरहेको छ । प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदासमेत आवश्यक जनशक्ति छैन, अस्पताल अझै ५० शय्यामै सीमित छ, आईसीयू सेवा छैन, र एन्टि–रेबिज भ्याक्सिनको समेत नियमित उपलब्धता हुन सकेको छैन ।
उत्कृष्ट सेवा दिने अस्पताललाई उपेक्षा गरेर स्वास्थ्य प्रणाली बलियो हुँदैन । उत्कृष्ट अस्पताललाई पुरस्कार होइन, आवश्यक स्रोत दिनुपर्छ ।
त्यसैले म सरकारसँग तीनवटा स्पष्ट माग गर्दछु—भीम अस्पताललाई तत्काल १०० शय्यामा स्तरोन्नति गरियोस्, स्वीकृत दरबन्दीअनुसार दक्ष जनशक्ति तत्काल पदपूर्ति गरियोस्, र एन्टि–रेबिज भ्याक्सिनको नियमित र अविच्छिन्न आपूर्ति सुनिश्चित गरियोस् ।
भीम अस्पताललाई बलियो बनाउनु भनेको केवल एउटा अस्पताललाई बलियो बनाउनु होइन, लुम्बिनी प्रदेशका लाखौँ नागरिकको स्वास्थ्य अधिकारलाई बलियो बनाउनु हो ।
धन्यवाद ।
Lekhjung Thapa ゚

06/07/2026

आमा 🙏❤️

06/07/2026

🙏

Behind the Title को पहिलो शृंखलामा पहिलो अतिथिका रूपमा सहभागी हुने अवसर पाएकोमा खुसी लागेको छ ।यस शृंखलाका प्रस्तोता महे...
04/07/2026

Behind the Title को पहिलो शृंखलामा पहिलो अतिथिका रूपमा सहभागी हुने अवसर पाएकोमा खुसी लागेको छ ।
यस शृंखलाका प्रस्तोता महेश तिमल्सिनासँगको संवादमा मेरो व्यक्तिगत यात्रा, चिकित्सक जीवन, राजनीतिक अनुभव, जनताप्रतिको जिम्मेवारी र आगामी सोचबारे खुलेर कुराकानी गरेको छु ।
https://www.youtube.com/watch?v=O-mBirgJVlo
Lekhjung Thapa

हरेक सफल व्यक्तिको नामअघि एउटा Title हुन्छ ।तर...त्यो Title सम्म ...

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा नयाँ ऊर्जा, आशा र संकल्पका साथ चलिरहेको छ । परिवर्तन, सुशास...
23/06/2026

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा नयाँ ऊर्जा, आशा र संकल्पका साथ चलिरहेको छ । परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कारको यात्रामा सहभागी हुन पाउनु मेरा लागि गौरवको विषय हो ।

जनताले दिएको अमूल्य विश्वासका आधारमा म अहिले प्रतिनिधि सभा सदस्यको हैसियतले संसदीय जिम्मेवारीमा क्रियाशील छु । संसदभित्र र संसदबाहिर जनताको आवाजलाई अझ प्रभावकारी ढंगले उठाउँदै, पार्टीले लिएको सुशासन, पारदर्शिता र परिवर्तनको अभियानलाई थप सशक्त बनाउने मेरो निरन्तर प्रयास रहनेछ ।

महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संगठनलाई अझ बलियो, व्यवस्थित र जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । सम्पूर्ण उम्मेदवार साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विचारप्रतिको निष्ठा र संगठनप्रतिको प्रतिबद्धता पदभन्दा माथि हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सफल रहोस् । नयाँ नेतृत्वले नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ पार्टीलाई अझ उचाइमा पुर्‍याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । 💙🇳🇵

डा. लेखजंग थापा
प्रतिनिधि सभा सदस्य, रूपन्देही–३

15/06/2026

हाम्रा अस्पतालमा भवन छन्, उपकरण छन्, औषधि छन्, बजेट पनि छ । तर बिरामीले किन समयमै उपयुक्त उपचार पाउँदैनन् ?
मैले यो प्रश्नको जवाफ खोज्ने क्रममा एउटा कटु यथार्थ महसुस गरेको छु । वास्तवमा, उपचार खोजिरहेको बिरामीले मात्र होइन, हाम्रो स्वास्थ्य प्रणाली आफैँ पनि बिरामी अवस्थामा छ ।
यदि हामीले बेलैमा यो बिरामी स्वास्थ्य प्रणालीलाई उपचार गर्न सकेनौँ भने, भोलि जनताले एउटा गम्भीर प्रश्न सोध्नेछन्– ‘रोग हाम्रो थियो, पीडा हाम्रो थियो, संविधान पनि हाम्रै थियो, बजेट पनि आएकै थियो....तर जीवन बचाउनुपर्ने बेला राज्य कहाँ थियो ?’
आज प्रतिनिधि सभामा विनियोजन विधेयक २०८३/०८४ माथिको छलफलका क्रममा नेपालको स्वास्थ्य प्रणाली सुधार, सेवा प्रवाहको सुदृढीकरण तथा स्वास्थ्य क्षेत्रमा संरचनाभन्दा बढी प्रणालीगत सुधार आवश्यक रहेको विषयमा आफ्नो धारणा राखेको छु ।
स्वास्थ्यमा गरिएको लगानी खर्च होइन, नागरिकको जीवन, भविष्य र राज्यप्रतिको विश्वासमा गरिएको लगानी हो ।
धन्यवाद ।
डा. लेखजंग थापा
प्रतिनिधि सभा सदस्य
रूपन्देही–३
fans Lekhjung Thapa

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Lekhjung Thapa Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category