Pasa Recovery Nepal

Call

Pasa Recovery Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pasa Recovery Nepal, Addiction Treatment Center, Bhaktapur, Bhaktapur.

23/10/2026

Just for today = 24 Oct 2026

source : Nishul Sunil Prajapati
Pasa Recovery Nepal

Responsibility (जिम्मेवारी)     "हामी हाम्रो रोगको लागि जिम्मेवार छैनौ, हामी केवल आफ्नो सुधारको लागि जिम्मेवार छौ। हामील...
23/10/2026

Responsibility (जिम्मेवारी)
"हामी हाम्रो रोगको लागि जिम्मेवार छैनौ, हामी केवल आफ्नो सुधारको लागि जिम्मेवार छौ। हामीले अहिले सम्म जे सिकेका छौ त्यसलाई जब हामी लागु गर्न सुरु गर्दछौ तब हाम्रो जीवन केही सुन्दर हुने दिशा मा परिवर्तन हुँदै जाने गर्दछ।"
basic Text, p. 89
~~~~~~~~~~~~~~~~~
हामी सुधारमा जती अगाडि बढ्दछौ, त्यती नै हामी आफु स्वयम प्रती र आफ्नो कार्य प्रति को आफ्नो जिम्मेवारी बाट भाग्न काम कम गर्दछौ। एन.ए कार्यक्रम को सिद्दान्तहरु लाई लागु गरेर हामी हाम्रो जीवन परिवर्तन गर्न योग्य हुने गर्दछौ। जसो जसो हामी आफ्नो जिम्मेवारी स्विकार गर्ने गर्दछौ, चयन गर्न पाउने स्वतन्त्रता, जुन जिम्मेवारी मा निहित हुने गर्दछ- त्यसलाई अनुभव गर्ने गर्दछौ, त्यसरी नै हाम्रो अस्तित्व ले नयाँ अर्थ लिने गर्दछ। हामी सुधार लाई हल्का सँग लिने गर्दैनौ।
हामी आफ्नो स्पोन्सर सँग बाह्र पाइला मा काम गर्दै आफ्नो सुधारको जिम्मेवारी आँफैले नै लिने गर्दछौ। हामी नियमित तवरमा बैठक मा जाने गर्दछौ र नव आगन्तुक सँग त्यो सबै सेयर गर्ने गर्दछौ जुन खुला हृदय ले हामीले दिएको थियो; सुधारको उपहार। हामी आफ्नो गृह समुह मा सक्रिय भएर सहभागी हुने गर्दछौ र हाल पनि पीडित रहेको दुर्व्यसनी सामु आफ्नो सुधार लाई सेयर गर्ने आफ्नो जिम्मेवारी लाई स्विकार गर्ने गर्दछौ। जसो जसो हामी यो सिक्दछौ कि जिवनको तमाम क्षेत्र मा कसरी प्रभावशाली ढंगले यि आध्यात्मिक सिद्दान्तहरु को अभ्यास गर्ने हो भनेर त्यसरी नै हाम्रो जीवनको गुणबत्ता बढ्दै जाने गर्दछ।
~~~~~~~~~~~~~~~~~
आजको निम्ती -आध्यात्मिक तरिका हरु लाई प्रयोग गर्दा जुन लाभ मैले मेरो सुधारमा प्राप्त गरेको छु त्यस को कारणले अब आफ्नो जिम्मेवारी स्विकार गर्न योग्य र इच्छुक भएको छु।

23/10/2026

NA को सातौ पाइला =
हामीले उहाँ समक्ष बिनम्रतापुर्बक हाम्रा कमजोरीहरु हताई दिनुहुन आग्रह गर्यौ ।

22/10/2026

Just for today = 30 Oct 2026
source : Nishul Sunil Prajapati
Pasa Recovery Nepal

Surrender (समर्पण)"आफ्नो नियन्त्रण लाई समर्पण गरेर हामी एक उच्चतर शक्ति लाई प्राप्त गर्न सक्दछौ।" Basic Text, p. 44     ...
22/10/2026

Surrender (समर्पण)
"आफ्नो नियन्त्रण लाई समर्पण गरेर हामी एक उच्चतर शक्ति लाई प्राप्त गर्न सक्दछौ।"
Basic Text, p. 44
~~~~~~~~~~~~~~
जब हामी नशा मा हुन्थ्यौ, तब हामी ति तमाम कुराहरुलाई आफ्नो इच्छा अनुसार चलाऊन हर सम्भव प्रयास गर्दथ्यौ। तब संसार लाई आफ्नो अधिन मा राख्नको लागि हामीले सबै प्रकारको योजना, जसको कल्पना गर्न सकिन्छ त्यसलाई लागु गर्यौ। जब हामीले त्यो प्राप्त गर्यौ जुन हामी प्राप्त गर्न चाहन्थ्यौ तब हामी आफुलाई शक्तिशाली र अपराजय सम्झन थाल्यौ र जब जे चाहेको थियो त्यो प्राप्त गर्न सकेनौ तब आफुलाई दुर्बल र पराजित मान्न थाल्यौ। तर यो कुरा हरुले हामीलाई रोक्न सकेनन। यसले कुरा हरुले हामीलाई नियन्त्रण र चतुराइ द्वारा हाम्रो जीवन लाई व्यवस्थित गर्नको लागि हामीलाई अझ बढी प्रयत्न गर्नको लागि उक्साउने काम गर्‍यो।
योजना बनाउनु आफ्नो शाक्तिहिनता लाई अस्विकार गर्ने एक तरिका थियो। जब सम्म हामी ले आफुलाई नै आफ्नो योजना ले झुलाउदै गयौ तब सम्म हामीले यो मान्न अस्विकार गर्यौ कि हमरो जीवन हाम्रो नियन्त्रण भन्दा बाहिर गैसकेको छ भनेर। र केवल बिस्तारै बिस्तारै मात्र हामीले यो महसुस गर्यौ कि हाम्रो जीवन अस्तव्यस्त भएको छ र कुनै धुर्त उपाय र वहानाबाजी ले हाम्रो जीवन पुन व्यवस्थित हुने वाला छैन भनेर।
जब हामी आफ्नो शाक्तिहिनता लाई स्विकार गर्दछौ तब हामी एक सुन्दर र व्यवस्थित जीवन जिउनको लागि आँफै द्वारा गरिने नियन्त्रण को प्रयास लाई बन्द गरिदिने गर्दछौ। हामी समर्पण गर्दछौ। आफु सँग प्रयाप्त शक्ति नभएको कारणले गर्दा आफु भन्दा ठुलो शक्ति को शरण मा पर्दछौ। त्यो शक्ति को सहायता र नेतृत्व को आवश्यकता महसुस गरेर हामी त्यो शक्ति लाई प्रार्थना गर्ने गर्दछौ कि उहाले नै हाम्रो इच्छा हरु र जिवनको हेरचाह गरोस। हामी सुधार कार्यक्रम को अन्य सदस्य हरु सँग एन.ए को कार्यक्रम अनुसार आफ्नो जीवन जिउने नयाँ शैली को अनुभव हरु सेयर गरौ न कि हामी आफ्नो जीवन को लागि आँफै कार्यक्रम निर्धारण गरौ। जुन शक्ति र दिशा निर्देशन हामी प्राप्त गर्न खोजिरहेका छौ त्यो हाम्रो वरीपरि नै छरिएर रहेका छन। हामी केवल आँफै बाट मात्र बाहिर आउनु पर्छ।
~~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र - एक व्यवस्थित जीवन जिउनको लागि आफ्नो तरिकाले कुनै योजना बनाउने प्रयास गर्ने छैन। एन.ए कार्यक्रम को माध्यम बाट म आफुलाई एक उच्च शक्ति को हेरचाह मा समर्पण गरिदिने छु।

22/10/2026

NA को छैठौ पाइला =
हामी यी सबै चारित्रिक दोषहरुलाई इश्वरले हताई दिउन भन्ने कुरामा पूर्ण रुपले तयार भयौ ।

22/10/2026

Just for today = 22 Oct 3026

source : Nishul Sunil Prajapati Pasa Recovery Nepal

Look who's talking (हेर त को बोलिरहेको छ)"हाम्रो रोग यती धुर्त छ कि यसले हामीलाई असम्भव परिस्थिती मा पुराउने गर्दछ।" Bas...
22/10/2026

Look who's talking (हेर त को बोलिरहेको छ)
"हाम्रो रोग यती धुर्त छ कि यसले हामीलाई असम्भव परिस्थिती मा पुराउने गर्दछ।"
Basic Text, p. 80
~~~~~~~~~~~~~~~
हामी मध्ये कसैले भन्छ, "मेरो रोग ले म सँग कुरा गरिरहेको छु।" अर्कोले भन्छ "मेरो दिमाग चल्न बन्द नै हुँदैन।" अरुहरु आपसमा कुरा गर्दछन "मेरो दिमाग मा समिती बहस गरी रहेको छ।" वा "यो टेन्सन ले पनि कती सताएको होला।" आउनु होस् अब यसको सामना गरौ। हामी एक निको नहुने रोगबाट ग्रष्त छौ जसले बारम्बार हामीलाई प्रभावित गर्ने गरेको छ, यहाँ सम्म कि सुधारको को बखतमा पनि। हाम्रो जीवनमा जे पनि घटिरहेको हुन्छ त्यस्को बारेमा गलत सुचना हामीले हाम्रो रोगको कारणले पाउने गरिरहेका हुन्छौ। यसले हामीलाई भन्ने गर्दछ कि हामी आफुले आँफैलाई न हेर किनकी हामी जे पनि देख्छौ त्यो एकदम भयानक छ। कहिले काही त यो पनि भन्ने गर्दछ कि हामी आफ्नो कर्म प्रती र आँफै जिम्मेवार छैनौ र अर्को पल यो पनि भन्ने गर्दछ कि हाम्रो संसार मा जे पनि नराम्रो भएको थियो त्यो हाम्रो आफ्नै गल्तिले भएको थियो। हाम्रो रोगले यो कुराहरुलाई विश्वास गर्नको लागि हामीलाई भ्रमित् पार्ने गर्दछ।
एन.ए को कार्यक्रम मा यस्तो धेरै आवाज हरु सुन्न पाउने गर्दछौ जसले हाम्रो दुर्व्यसन को प्रतिरोध गर्ने गर्दछ। त्यो आवाज हरुलाई हामी विश्वास गर्ने गर्दछौ। हामी वास्तविकता लाई जाँच्न को लागि आफ्नो स्पोन्सर सँग कुराकानी गर्न सक्दछौ। हामी कुनै एक यस्तो दुर्व्यसनी को आवाज सुन्न सक्दछौ जो स्वच्छ रहने प्रयास गरिरहेका छन। तर अन्तिम उपाय यही हो कि हामी कार्यक्रम को पाइला हरुमा हिडौ र उच्च शक्ति को शक्ति को उर्जा लाई ग्रहण गरौ। यसले हामीलाई त्यो कुरा हरु बाट टाढा लैजाने गर्दछ जब हाम्रो रोग हामी माथि हावी हुने गर्दछ।
~~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र - म आफ्नो दुर्व्यसन को "आवाज" लाई उपेक्षा गरिदिने छु। अब म आफ्नो सुधार कार्यक्रम र म भन्दा ठुलो उच्च शक्ति को आवाज लाई सुन्ने छु।

Address

Bhaktapur
Bhaktapur

Telephone

+9779708575659

Website

Alerts

Be the first to know and let us send you an email when Pasa Recovery Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share