08/05/2026
चितवन, भरतपुर ।
२०८३बैशाख २५ गते,
चितवन मुटु अस्पताल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, चितवन र सेफ हर्ट फाउन्डेसन प्राविधिक सहयोगमा श्री माध्यमिक विद्यालय, रत्नगर -८ चित्रसारीमा अभिभावक, विद्यार्थीहरू तथा शिक्षकशिक्षिका हरुको मुटु तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बिद्यार्थी बालबालिका, शिक्षकशिक्षिका र अभिभावक समेतको सुगर र दन्त तथा मुटु गरि ४२७ जनाको परिक्षण गरिएको थियो । मुटु परिक्षणमा शंकास्पद मुटुरोगीको २१ जनाको ECO गरिएको र १ जना विद्यार्थीको मुटुमा प्वाल परेको समस्या पहिचान भएको बरिस्ठ मुटुरोग बिशेषज्ञ डा. शंकर लौडारी जानकारी दिनु भयो ।
चितवन मुटु अस्पतालका कार्यकारी निर्देशक प्रभात शर्माले संयोजन गर्नु भएको मुटु परिक्षण कार्यक्रममा वरिष्ट मुटुरोग विशेष डा शंकर लौडारीको नेतृत्वमा डा. रचित यादव , राजेश मिश्र, लगायतको स्वास्थ्यकर्मी टोलीबाट परिक्षण गरिएको थियो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका के स तथा बागमती प्रदेश संयोजक ई भोज राज कौडेल , सभापति लिलाराज खरेल,उपसभापति माधव पौडेल को सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन विद्यालयका प्रधानध्यापक तथा कक्षा शिक्षकशिक्षिकाहरुले गर्नु भएको थियो ।