ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

  • Home
  • Nepal
  • Bharatpur
  • ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan आफ्नो भविष्यबारे जान्न चाहनुहुन्छ?
चिना हेराउने सेवा अब निशुल्क उपलब्ध। 📞 सम्पर्क: 9841505850

28/08/2026
26/08/2026

रसुवामा बा!ढीले यसरी बगायाे पुल

26/08/2026

Current situation of Devighat Bazar, Nuwakot after Heavy Flashflood in Rasuwa. सबैजना सुरक्षित बस्नुहोला!🙏🏼

यज्ञोपवीत निर्माणका प्राविधिक पक्षब्रह्मज्ञान तथा वेदप्रतिपादित विषयको सूचकका रूपमा रहेको पवित्र सूत्रलाई यज्ञोपवीत, ब्र...
25/08/2026

यज्ञोपवीत निर्माणका प्राविधिक पक्ष
ब्रह्मज्ञान तथा वेदप्रतिपादित विषयको सूचकका रूपमा रहेको पवित्र सूत्रलाई यज्ञोपवीत, ब्रह्मसूत्र तथा सावित्रीसूत्र भनिन्छ। यज्ञोपवीतको निर्माणमा संख्या, मन्त्र, तन्तु, ग्रन्थि तथा धारणविधिको विशेष महत्त्व रहेको पाइन्छ।
चतुर्वेदेषु गायत्री चतुर्विंशतिकाक्षरी।
तस्माच्चतुर्गुणं कृत्वा ब्रह्मतन्तुमुदीरयेत्।।
- शिष्टस्मृति
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद तथा चौबीस अक्षरयुक्त गायत्री मन्त्रलाई चार गुणा गर्दा प्राप्त हुने छयानब्बे (९६) संख्यात्मक समूहको समष्टिगत स्वरूपलाई ब्रह्मतन्तु अर्थात् यज्ञोपवीतका रूपमा व्याख्या गरिएको छ।
यसैलाई अर्को शास्त्रीय परम्परामा यसरी स्पष्ट गरिएको छ।
तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।।
- छान्दोग्यपरिशिष्ट
यसअनुसार ब्रह्मसूत्रमा निम्न छयानब्बे (९६) तत्त्वहरूको सांकेतिक समावेश रहेको मानिन्छ।
तिथि — १५
वार — ७
नक्षत्र — २७
तत्त्व — २५
वेद — ४
गुण — ३
काल — ३
मास — १२
जम्मा — ९६
यज्ञोपवीत निर्माणमा प्रयोग हुने सामग्री
यज्ञोपवीत निर्माणका लागि कपास, क्षौम (रेशमी वा सनसम्बन्धी तन्तु), गोवाल, शाण, वल्कल, तृण आदि शास्त्रसम्मत सामग्री प्रयोग गर्न सकिने उल्लेख पाइन्छ।
कार्पासक्षौमगोबालशाणवल्कतृणादिकम्।
यथासंभवतो धार्यमुपवीतं द्विजातिभिः।।
अर्थात् कार्पास, क्षौम, गोवाल, शाण, वल्कल, तृण आदिबाट यथासम्भव निर्माण गरिएको उपवीत द्विजहरूले धारण गर्नुपर्दछ।
यज्ञोपवीत निर्माणको विधि :-
यज्ञोपवीत निर्माणका सम्बन्धमा स्मृत्यर्थसार मा यस प्रकारको विधान उल्लेख गरिएको छ।
शुचौ देशे शुचिः सूत्रं संहताङ्गुलिमूलके।
आवेष्ट्य षण्णवत्या तत्त्रिगुणीकृत्य यत्नतः।।
अब्लिङ्गकैस्त्रिभिः सम्यक् प्रक्षाल्योर्ध्ववृतं तु तत्।
अप्रदक्षिणमावृतं सावित्र्या त्रिगुणीकृतम्।
अधः प्रदक्षिणमावृतं समं स्यान्नव सूत्रकम्।
त्रिरावेष्ट्य दृढं बद्ध्वा हरिब्रह्मेश्वरान्नमेत्।।
- स्मृत्यर्थसार
यसअनुसार शुद्ध स्थानमा शुद्ध सूत्रलाई संहत अर्थात् जोडिएका औँलाको मूलभागमा राखी गायत्री मन्त्रको जपसहित छयानब्बे पटक बेर्ने, त्यसलाई आवश्यकतानुसार त्रिगुणित गर्ने र आपोहिष्ठादि मन्त्रद्वारा विधिपूर्वक प्रक्षालन गर्ने विधान देखिन्छ। तत्पश्चात् सूत्रलाई उचित दिशामा आवर्तन गराउँदै त्रिगुणित गरी नवतन्तुयुक्त यज्ञोपवीत तयार गरिन्छ। ग्रन्थिमा त्रिदेव हरि , ब्रह्मा र रुद्रको अभिमन्त्रण गरिन्छ।
परम्परागत विधिमा तयार भएको यज्ञोपवीतमा ॐकार , अग्नि , सर्प , सोम , पितृ , प्रजापति , अनिल , यम र विश्वेदेवा आदिको न्यास र पूजन गरिन्छ। त्यसैगरी ग्रन्थिमा हरि, ब्रह्मा र रुद्र अर्थात् त्रिदेवको स्मरण गरिन्छ। यसरी मन्त्रको प्रयोगका साथ तन्तु र ग्रन्थि देवताको पूजनद्वारा संस्कारित गरिएको सूत्र नै यज्ञोपवीतका रूपमा धारण गरिन्छ।
यज्ञोपवीतको लम्बाइ :-
यज्ञोपवीतको लम्बाइ र धारणस्थानका सम्बन्धमा धर्मशास्त्रीय परम्परामा भनिएको छ।
पृष्ठवंशे च नाभ्यां च धृतं यद्विन्दते कटिम्।
तद्धार्यमुपवीतं स्यान्नातिलम्बं न चोच्छ्रितम्।।
- धर्मशास्त्र
अर्थात् बायाँ काँधबाट लगाइएको यज्ञोपवीत पृष्ठभाग हुँदै नाभि र कटिसम्म पुग्ने गरी उचित लम्बाइको हुनुपर्दछ। न अत्यधिक छोटो न अत्यधिक लामो हुने गरी यसको परिमाण निर्धारण गरिन्छ। परम्परागत व्याख्याअनुसार छोटो हुँदा स्तनभन्दा माथि र लामो हुँदा कटिभन्दा तल पुग्ने गरी धारण गर्नु उपयुक्त मानिँदैन।
यसरी हेर्दा यज्ञोपवीत केवल कपास वा अन्य तन्तुबाट बनेको सामान्य धागो मात्र नभई वेद , गायत्री , काल , तिथि , नक्षत्र , तत्त्व , गुण तथा संस्कारको सांकेतिक समन्वय भएको ब्रह्मसूत्र हो। शुद्ध सामग्री , शुद्ध स्थान , मन्त्रसंस्कार , निर्धारित संख्या , तन्तु-विन्यास , ग्रन्थि तथा विधिपूर्वक अभिमन्त्रण गरी निर्माण गरिएको यज्ञोपवीतलाई नै शास्त्रीय परम्परामा शुद्ध , संस्कारित र परिष्कृत यज्ञोपवीत मानिएको छ।
अतः प्रातःकालीन शुद्ध वातावरणमा उपयुक्त सामग्री र परम्परागत विधिको अनुसरण गर्दै मन्त्रसंस्कारपूर्वक निर्माण गरिएको यज्ञोपवीत वैदिक संस्कार र द्विजत्वको पवित्र प्रतीकका रूपमा धारण गरिनुपर्दछ। # #ॐ #सनातनसंस्कार ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan Krishna Aatreya

🔱 ॐ नमः शिवाय 🔱🌿 भोलि श्रावण पक्षको अन्तिम सोमबार 🌿महिना अनुसार भदौ भएता पनि, पक्ष अनुसार भोलि श्रावणको अन्तिम सोमबार पर...
23/08/2026

🔱 ॐ नमः शिवाय 🔱

🌿 भोलि श्रावण पक्षको अन्तिम सोमबार 🌿

महिना अनुसार भदौ भएता पनि, पक्ष अनुसार भोलि श्रावणको अन्तिम सोमबार परेको छ। भगवान् शिवको प्रिय श्रावण महिनाको यस पवित्र सोमबारमा श्रद्धापूर्वक शिवजीको पूजा–आराधना गरौँ। 🙏

🕉️ शिवालयमा गई जल, दूध, बेलपत्र, धतुरो तथा फूल अर्पण गर्नुहोस्।
🪔 ॐ नमः शिवाय मन्त्रको जप गर्नुहोस्।
🌺 मन, वचन र कर्मले शिवजीप्रति श्रद्धा राख्दै परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको प्रार्थना गर्नुहोस्।

भगवान् भोलेनाथको कृपा सबैको जीवनमा सधैँ रहिरहोस्।
हर दुःख–कष्ट हटून्, मनोकामना पूर्ण होऊन् र जीवनमा सुख–शान्ति छाओस्। 🌿

🔱 हर हर महादेव!
🕉️ ॐ नमः शिवाय!!

22/08/2026

पुत्रदा एकादशीको हार्दिक मंगलमय शुभकामना! 🙏
भगवान् श्रीहरिको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सन्तान सुख, स्वास्थ्य तथा दीर्घायु प्राप्त होस्।
🌺 पुत्रदा एकादशीको महत्त्व 🌺
यस एकादशीको व्रत तथा भगवान् विष्णुको आराधना गर्नाले सन्तान सुख, सन्तानको दीर्घायु, कल्याण तथा पारिवारिक सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास छ।
🌿 व्रत विधि
• दशमीको दिन सात्त्विक भोजन गर्नुहोस्।
• एकादशीका दिन स्नान गरी भगवान् विष्णुको पूजा–आराधना गर्नुहोस्।
• आफ्नो सामर्थ्यअनुसार निराहार वा फलाहार व्रत बस्नुहोस्।
• “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्नुहोस्।
• विष्णु सहस्रनाम वा श्रीमद्भगवद्गीता पाठ गर्नुहोस्।
• द्वादशीका दिन विधिपूर्वक व्रत पारण गर्नुहोस्।
ॐ नमो भगवते वासुदेवाय। 🙏
हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे।
हरे राम हरे राम, राम राम हरे हरे।
🌺 पुत्रदा एकादशीको पावन अवसरमा सबैमा हार्दिक शुभकामना! 🌺 #ॐ Krishna Aatreya ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

19/08/2026

📿 "ॐ गं गणपतये नमः"
तपाईंको दिन शुभ रहोस्।
ॐ श्री गणेशाय नमः। 🙏


#ॐ

Krishna Aatreya ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

16/08/2026

"अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः ।कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीर्तिताः ॥"
ॐ नवकुलाय विद्महे, विषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात।। सम्पूर्ण नागहरुमा कोटी कोटी प्रणाम।।
बैदिक सनातनीहरुको बिसेष पर्व नागपंचमीको हार्दिक शुभकामना !!
नागपंचमी बिसेष पूजा मन्त्र -
सर्वे नागाः प्रीयन्तां मे ये केचित् पृथ्वीतले.
ये च हेलिमरीचिस्था येऽन्तरे दिवि संस्थिताः॥
ये नदीषु महानागा ये सरस्वतिगामिनः.
ये च वापीतडगेषु तेषु सर्वेषु वै नमः॥
अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्.
शङ्ख पालं धृतराष्ट्रं तक्षकं कालियं तथा॥
एतानि नव नामानि नागानां च महात्मनाम्.
सायङ्काले पठेन्नित्यं प्रातःकाले विशेषतः.
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्॥
श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिनलाई नागपञ्चमी भनिन्छ, यस दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खिर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

#सनातनसंस्कार #ॐ
#नागपंचमी 🙏❣️ Krishna Aatreya ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

सातै बारको व्रत र लाभआइतबार (शक्ति र तेज):शक्ति र तेज प्राप्तिका लागि व्रत बस्ने गरिन्छ।सोमबार (असल जीवनसाथी):असल जीवनसा...
15/08/2026

सातै बारको व्रत र लाभ

आइतबार (शक्ति र तेज):
शक्ति र तेज प्राप्तिका लागि व्रत बस्ने गरिन्छ।

सोमबार (असल जीवनसाथी):
असल जीवनसाथी वा वर पाउनका लागि यो व्रत उपयुक्त मानिन्छ।

मंगलबार (धन र सम्पत्ति):
धन र सम्पत्ति प्राप्तिका लागि यो बारको व्रत लिइन्छ।

बुधबार (जग्गा, जमिन र व्यापारमा सफलता):
जग्गा, जमिन र व्यापारमा सफलता पाउनका लागि व्रत बस्ने चलन छ।

बिहीबार (विद्या र ज्ञान):
विद्या र ज्ञान आर्जन गर्नका लागि यो व्रत बस्ने गरिन्छ।

शुक्रबार (सुख, सौभाग्य र ऐश्वर्य):
सुख, सौभाग्य र ऐश्वर्य प्राप्तिका लागि यो व्रत बस्ने गरिन्छ।

शनिबार (विजय र सफलता):
जीवनमा विजय र सफलता पाउनका लागि यो बार व्रत बस्ने गरिन्छ। # #ॐ #ॐपार्वतीपतयेहरहरमहादेव Krishna Aatreya ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when ग्रह नक्षत्र दर्पण Graha Nakshatra Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share