27/08/2026
यस विपद्को घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, प्रभावित परिवारहरूको पीडा र कठिनाइप्रति हामी सबै संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ।
आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरौँ र बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा हातेमालो गरौँ।
सानो सहयोग कसैका लागि ठूलो आशा बन्न सक्छ।
आउनुहोस्, हामी सबै मिलेर विपद्बाट प्रभावित नेपाललाई पुनः सुरक्षित, सक्षम र समृद्ध अवस्थामा फर्काउन योगदान गरौँ।
नेपाल हाम्रो हो—दुःखमा पनि हामी सँगै छौँ। 🇳🇵
#नेपाल
#सहयोगगरौं
#प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष