डा. राजन भण्डारी Dr. Rajan Bhandari MD, Internal Medicine ,Physician

  • Home
  • Nepal
  • Butwal
  • डा. राजन भण्डारी Dr. Rajan Bhandari MD, Internal Medicine ,Physician

डा. राजन भण्डारी Dr. Rajan Bhandari MD, Internal Medicine ,Physician Internal medicine Physician ; MBBS/BPKIHS; MD/KU; USA (ECFMG) certified; Evidence-based practitioner

20/08/2026

मधुमेह (Diabetes) नियन्त्रणमा राख्न नियमित जाँच र सही उपचार अत्यन्त महत्वपूर्ण हुन्छ।

त्यसैले हरेक बिहीबार मेरो तर्फबाट निःशुल्क:
✅ रक्त सुगर जाँच
✅ मधुमेहसम्बन्धी उपचार परामर्श
✅ औषधि तथा खानपानसम्बन्धी आवश्यक सुझाव

मधुमेह भएका, सुगर बढेको शंका भएका वा नियमित सुगर जाँच गर्न चाहने सबैलाई हार्दिक निमन्त्रणा।

आउनुहोस्, आफ्नो सुगर जाँच गरौँ र मधुमेहलाई समयमै नियन्त्रणमा राखौँ।

हरेक बिहीबार भेटौँला।

05/08/2026

निःशुल्क मधुमेह (डायबिटिज) परामर्श क्लिनिक
-प्रत्येक बिहीबार
-५ वर्षदेखि निरन्तर सेवा, आगामी वर्षहरूमा पनि यही समर्पणका साथ।

मधुमेहलाई समयमै पहिचान, नियमित परीक्षण र सही उपचारद्वारा प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।

यस उद्देश्यका साथ हामीले पछिल्ला ५ वर्षदेखि प्रत्येक बिहीबार निःशुल्क मधुमेह परामर्श सेवा सञ्चालन गर्दै आएका छौं। सयौं बिरामीहरूले यस सेवाबाट लाभ लिनुभएको छ, र आगामी वर्षहरूमा पनि यही सेवालाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ।

यस क्लिनिकमा उपलब्ध सेवाहरू:
-निःशुल्क विशेषज्ञ परामर्श
-मधुमेह नियन्त्रणको मूल्याङ्कन
-औषधि तथा इन्सुलिन सम्बन्धी आवश्यक परामर्श
-आहार, व्यायाम र जीवनशैली व्यवस्थापन सम्बन्धी सुझाव
-मधुमेहका सम्भावित जटिलताबारे जानकारी र रोकथाम

यदि तपाईंलाई मधुमेह छ, रगतमा चिनी बढेको शंका छ, वा परिवारमा मधुमेहको इतिहास छ भने, ढिला नगरी आउनुहोस्।

📍 स्थान: चौराहा हस्पिटल, कालिकानगर, बुटवल
https://maps.app.goo.gl/UWxiWUMCCDTi1mew8?g_st=ic

📅 प्रत्येक बिहीबार
🕘 निःशुल्क परामर्श

स्वस्थ जीवनतर्फको पहिलो कदम—समयमै जाँच, सही उपचार र नियमित फलोअप।

कृपया यो जानकारी आफ्ना परिवार, साथीभाइ तथा मधुमेह भएका वा जोखिममा रहेका व्यक्तिहरूसम्म पुर्‍याइदिनुहोस्। तपाईंको एउटा शेयरले कसैको स्वास्थ्य जोगाउन मद्दत गर्न सक्छ।

15/06/2026

Chaired a scientific session this Saturday, graciously organized by my senior Dr. bhusal, in the presence of respected mentors, teachers, distinguished guests, and colleagues.

And yes, my wife was there too.
Some couples meet at cafés, some at movies, and some on vacations. We apparently keep meeting at hospitals,
conferences, and academic programs!

At this point, our relationship may qualify for CME credit points.

05/06/2026

हरेक बिहीबार सञ्चालन हुने हाम्रो निःशुल्क स्वास्थ्य शिविरमा यसपटक १५३ जनाले सुगर तथा कोलेस्ट्रोल जाँच गराउनुभयो।

-करिब १० जनामा नयाँ मधुमेह पहिचान
-५ जनामा कोलेस्ट्रोलको समस्या भेटियो
-धेरै बिरामीहरूको औषधि समायोजन गरियो
-एक जना बिरामीलाई मधुमेहको औषधि बन्द गर्नसमेत सल्लाह दिइयो
-४० भन्दा बढीले प्रत्यक्ष स्वास्थ्य परामर्श लिनुभयो

समयमै गरिएको एउटा साधारण जाँचले भविष्यका ठूला जटिलताहरू रोक्न सक्छ।

स्वस्थ समाज निर्माणको यात्रामा हाम्रो सानो प्रयास। ❤️

28/05/2026

धेरैजना बिरामीहरू “सामान्य कमजोरी होला”, “ग्यास होला”, “थकाइ मात्रै हो” भनेर बसिरहनुभएको रहेछ। तर जाँच गर्दा कसैमा सुगर uncontrolled, कसैमा thyroid समस्या, कसैको BP धेरै बढेको भेटियो।

आज:
Free OPD Consultation
Free Fasting & PP Sugar Test
Free Thyroid Test

करिब ३० जना बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुनुभयो। साँचो कुरा भन्नुपर्दा, धेरै रोग सुरुमा ठूलो लक्षण लिएर आउँदैनन्। शरीरले सानो संकेत दिइरहेको हुन्छ, हामीले बेवास्ता गरिरहेका हुन्छौं। त्यही भएर हामी हरेक बिहिबार यस्तो camp गर्दै आएका छौँ। समयमै जाँच गरौँ, रोगलाई ढिलो हुन नदिऔँ।

27/05/2026

भोलि जेष्ठ १४ गते, बिहीबार, चौराह अस्पताल प्रा.लि., कालिकानगर, बुटवलमा
-निःशुल्क सुगर परीक्षण,
-थाइराइड परीक्षण तथा
-मसंग निसुल्क परामर्श सेवा सञ्चालन हुने जानकारी सम्पूर्ण महानुभावहरूमा हार्दिक रूपमा गराइन्छ। आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै समयमै परीक्षण गराई यस अवसरको लाभ लिनुहुन अनुरोध छ।

समयमै जाँच, स्वस्थ जीवनको आधार। 🏥
चौराह अस्पताल प्रा. लि.

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when डा. राजन भण्डारी Dr. Rajan Bhandari MD, Internal Medicine ,Physician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category