24/08/2025
डोटीको के.आई. सिंह गाउँपालिकामा पखाला रोगको आकस्मिक प्रकोप, १२ जना उपचारपछि सुधार
के.आई. सिंह गाउँपालिकाको गोगनखोला क्षेत्रमा हालै १२ जना बासिन्दा अचानक पानीजस्तो पखाला, उच्च ज्वरो र पेट दुखाइका लक्षणसहित स्वास्थ्य चौकी पुगेका थिए। बिरामीहरूले केही दिनअघि बाख्राको मासु सेवन गरेको बताएका छन्।
स्टुल परीक्षणमा धेरै pus cell देखिएको र केही बिरामीमा Cholera RDT faint positive आएको हुँदा कोलेरा समेत शंका गरिएको छ। Typhi Dot परीक्षण भने नकारात्मक आएको छ।
स्वास्थ्य चौकीको व्यवस्थापन
सबै बिरामीलाई सुरुमा DNS र RL बाट तरल पदार्थ दिइयो।
त्यसपछि ORS, हल्का खाना र सामान्य आहार सुरु गरियो।
एन्टिबायोटिकका रूपमा सेफ्ट्रियाक्सोन र डोक्सिसाइक्लिन प्रयोग गरियो।
पेट दुखाइ र थकान कम गर्न अन्य symptomatic औषधिहरू दिइयो।
एक बिरामीमा हेपाटाइटिस B (HBsAg positive) भेटिएको र सुधार ढिलो भए पनि स्थिर अवस्थामा पुगेका छन्।
स्वास्थ्यकर्मीको २४ घण्टा सेवा
दुर्गमाण्डौं स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्यकर्मीहरू, जसमा डाक्टर, अनमी, अहेब, ल्याब प्राविधिक र स्वास्थ्य सहायक दिन–रात निरन्तर खटिए।
सुधारको अवस्था
चार दिनभित्र सबै बिरामीको ज्वरो कम भयो, पखाला रोकिन थाल्यो र खानपान सामान्यतर्फ फर्किएको छ। हाल सबै बिरामी घर फर्किएका छन् र दैनिक अनुगमन भइरहेको छ।
स्वास्थ्य चौकीको अपिल
१. सफा खानेपानी पिउनु,
२. मासु राम्ररी पकाएर मात्र सेवन गर्नु,
३. सरसफाइमा ध्यान दिनु र पखाला देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न चौकीले आग्रह गरेको छ।