28/07/2026
गेटा अस्पताल परिवारको तर्फबाट
आदरणीय निर्देशक सह-प्रा. डा. प्रमोद कुमार यादवज्यू,
हजुर गेटा अस्पतालमा आउँदा अस्पतालको सेवा मुख्यतः इमर्जेन्सी सेवामा मात्र सीमित थियो। जनशक्ति पनि न्यून थियो। तर हजुरको दूरदर्शी नेतृत्व, अथक मेहनत र समर्पणका कारण आवश्यक जनशक्तिको व्यवस्थापन भयो र अस्पतालको सेवा दिनप्रतिदिन विस्तार हुँदै गुणस्तरीय र प्रभावकारी बन्दै गयो।
हजुरकै नेतृत्वमा ICU, NICU, Modular Operation Theatre (OT), Modular Laboratory, विभिन्न (Ward) वार्डहरू लगायतका अत्याधुनिक सेवाहरू सञ्चालनमा आए। यसबाट सुदूरपश्चिमका हजारौँ नागरिकले आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवसर प्राप्त गरे।
अब साउन महिनादेखि गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा हस्तान्तरण गरी नयाँ चरणतर्फ अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्दै हजुरले बिदाइ लिनुभएको छ। यो परिवर्तनको आधार निर्माणमा हजुरले पुर्याउनुभएको योगदान सधैं सम्मानका साथ स्मरण गरिनेछ।
सम्पूर्ण गेटा अस्पताल परिवारको तर्फबाट हजुरप्रति हार्दिक सम्मान, कृतज्ञता तथा सफल र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। हजुर जहाँ रहे पनि स्वास्थ्य क्षेत्रको विकास र सेवामा अझ उच्च योगदान दिनुहोस् भन्ने शुभकामना।
हजुरको नेतृत्व, समर्पण र सेवाभाव सधैं हाम्रो मनमा जीवित रहनेछ। फेरि भेटौँला, आदरणीय सर। 🙏🌹