17/07/2026
Fragile X Syndrome (फ्रेजाइल एक्स सिन्ड्रोम) भनेको के हो ?
परिचय (Definition):-
Fragile X Syndrome (FXS) एक आनुवंशिक (Genetic) न्यूरोविकास सम्बन्धी अवस्था हो,जुन FMR1 (Fragile X Messenger Ribonucleoprotein 1) नामक जीनमा भएको परिवर्तन (Mutation) का कारण ले गर्दा हुन्छ। यसले मस्तिष्कको विकासलाई असर गर्ने भएकाले बालबालिकाहरुको सिकाइ,भाषा,व्यवहार,सामाजिक अन्तरक्रिया र बौद्धिक क्षमतामा प्रभाव (असर) पर्न सक्छ। यो बौद्धिक अपाङ्गताको सबैभन्दा सामान्य वंशाणुगत कारण र Autism Spectrum Disorder (ASD) सँग सम्बन्धित प्रमुख आनुवंशिक अवस्थामध्ये एक हो।
कारण:-
FMR1 जीनमा हुने परिवर्तनका कारण यो अवस्था देखिन्छ।
- यो वंशाणुगत (Inherited) भएकाले परिवारका अन्य सदस्यमा पनि हुन सक्ने सम्भावना हुन्छ।
- पुरुष (छोरा) मा यसको प्रभाव सामान्यतया बढी देखिन्छ भने महिलामा केही हल्का हुन सक्छ।
प्रमुख लक्षणहरू:-
- बोल्न तथा भाषा विकासमा ढिलाई
- सिकाइमा कठिनाई
- बौद्धिक क्षमता कम हुनु
- ध्यान केन्द्रित गर्न गाह्रो हुनु
- धेरैसक्रियता (Hyperactivity)
- आँखा जुधाउन कठिनाई
- सामाजिक अन्तरक्रियामा समस्या
- दोहोरिने व्यवहार (Repetitive Behavior)
- चिन्ता (Anxiety) वा भावनात्मक अस्थिरता
- यसले केही बालबालिकाहरुमा Autism को लक्षण पनि देखिन सक्छन्।
उदाहरण:-
५ वर्षका एक बालकले अझै स्पष्ट रूपमा बोल्न सक्नुहुदैन्। विद्यालयमा साथीहरूसँग खेल्न रुचाउँनु हुदैन्,आँखा जुधाएर कुरा गर्नु हुर्दैन्,एउटै खेलौना बारम्बार खेल्नुहुन्छ र नयाँ कुरा सिक्न धेरै समय लाग्न सक्छ। चिकित्सकले आनुवंशिक परीक्षण गर्दा खेरी यो Fragile X Syndrome पुष्टि हुन्छ। त्यसपछि Speech Therapy,Occupational Therapy, Behaviour Therapy र Special Education सुरु गर्न सकिन्छ । नियमित अभ्यास र परिवारको सहयोगले बालकको भाषा,सामाजिक व्यवहार र दैनिक जीवनका सीपहरूमा क्रमशः सुधार ल्याउन सकिन्छ ।
मूल्याङ्कन (Diagnosis):-
- उमेर अनुसारको विकास सम्बन्धी मूल्याङ्कन (Developmental Assessment)
- मनोवैज्ञानिक मूल्याङ्कन
- Speech and Language Assessment
- Genetic Test (FMR1 Gene Testing) द्वारा
व्यवस्थापन तथा समाधान:-
यद्यपि Fragile X Syndrome को पूर्ण उपचार छैन,तर सही समयमा हस्तक्षेप (Early Intervention) गरेमा धेरै राम्रो सुधार सम्भव हुन्छ।
- Speech Therapy: भाषा र सञ्चार क्षमता विकास गर्न।
- Occupational Therapy: दैनिक जीवनका सीप,लेखाइ, समात्ने क्षमता र Sensory समस्याहरु मा सहयोग गर्न।
- Behaviour Therapy (ABA आदि): व्यवहार सुधार,ध्यान बढाउन र सामाजिक सीप विकास गर्न।
- Special Education: बालबालिकाको क्षमता अनुसार शिक्षण।
- Parent Training: अभिभावकलाई घरमै अभ्यास गराउने तरिका सिकाउने।
- आवश्यक परे औषधि: Hyperactivity,Anxiety वा अन्य सम्बन्धित समस्याको व्यवस्थापनका लागि चिकित्सकको सल्लाहअनुसार।
निष्कर्षमा
Fragile X Syndrome जीवनभर रहने आनुवंशिक अवस्था भए पनि समयमै पहिचान,नियमित थेरापी,विशेष शिक्षा,परिवारको सक्रिय सहयोग र उपयुक्त चिकित्सकीय व्यवस्थापनबाट बालबालिकाको सञ्चार,सिकाइ,सामाजिक व्यवहार र आत्मनिर्भरता उल्लेखनीय रूपमा विकास गर्न सकिन्छ। त्यसैले प्रारम्भिक पहिचान र निरन्तर सहयोग नै सफल व्यवस्थापनको मुख्य आधार हो।