Karnali Academy of Health Sciences, Jumla

Karnali Academy of Health Sciences, Jumla गुणस्तरीय स्वास्थ्य सेवा, उच्चस्तरीय स्वास्थ्य शिक्षा र अनुसन्धान हाम्रो प्रतिबद्धता । There is high mountains land in north and mid hills.

Karnali Academy of Health Sciences (KAHS) has been established in October 20, 2011 (2068/07/03), by an Act of parliament of Nepal by upgrading existing Karnali Zonal Hospital at Jumla. The goal of KAHS is to enable an access in Quality healthcare services and education for the people of backward (Pichhadiyako) areas in affordable cost by establishing health institute at Jumla and KAHS working dist

rict to produce skilled health professionals to deliver quality health care services and conduct health researches. The backward areas (9 districts) mentioned in act of KAHS are Karnali Zone: Humla, Jumla, Kalikot, Dolpa, Mugu districts, Bheri Zone: Jajarkot district, Seti Zone: Bajura, Bajhang & Achham districts and remaining districts of Karnali Pradesh Includes Surkhet, Dailekh, Rukum and Salyan according to federal system of Nepal. The Nepal government owned Karnali Zonal hospital and started its services as Karnali Academy of Health Sciences, Teaching hospital from 17th Kartik, 2069. From the very beginning the teaching hospital has started outpatient, inpatients, diagnostic services (Lab, X-ray, USG, ECG etc) and operation theatre in existed facility. The services have been upgraded and expanded its scope of services in health care and academy each year. There are 10 districts (Jumla, Dolpa, Humla, Mugu, Kalikot, Rukum-west, Jajarkot, Salyan and Surkeht) in Karnali Province. Karnali is the largest province of Nepal with an area of 24,453 km2 (% of total area). The population of the province is 1,701,800, (% of total population) which is least in ranking of province. The province is surrounded by Gandaki province in east, Province No. 5 in south-east, and south, province No. 7 is in west and China in north. There is a Kubi Gangri, Changla and Kanjiroba Mountain in north. The Shey Phoksundo National Park with Phoksundo lake is the largest national park of Nepal and Rara lake is the largest lake of Nepal which are located in Karnali Pradesh. Karnali River is the biggest river of the province and longest river of Nepal.

दैनिक सेवा विवरण
10/08/2026

दैनिक सेवा विवरण

विश्व स्तनपान सप्ताह २०२६ (२०८३) को अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लाले स्तनपान प्रवर्द्धन तथा ...
07/08/2026

विश्व स्तनपान सप्ताह २०२६ (२०८३) को अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लाले स्तनपान प्रवर्द्धन तथा मातृ–शिशु स्वास्थ्य सुदृढीकरणका लागि विविध जनचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गर्यो। यसअन्तर्गत KAHS pediatric department द्वारा नेपाल र विश्वमा स्तनपानको अवस्था, स्तनपानसम्बन्धी कानुन तथा नेपाल सरकारका कार्यक्रमहरू विषयमा CME सञ्चालन गरियो। साथै, जनस्वास्थ्यका विद्यार्थीहरूले बालरोग वार्ड तथा NRC मा रहेका शिशुका आमाहरूलाई स्तनपान र पूरक आहार सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरे।
विश्व स्तनपान सप्ताहको समापन अवसरमा प्रसूति वार्डका सुत्केरी आमा तथा NICU मा उपचाररत नवजात शिशुका आमाहरूलाई पोषण प्याकेज वितरण गरिएको थियो। यस्ता कार्यक्रमहरूले स्तनपानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ आमा र स्वस्थ शिशु निर्माणप्रति प्रतिष्ठानको प्रतिबद्धतालाई थप सुदृढ बनाएका छन्।

बिदाइ तथा सम्मानकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का उपकुलपति महोदय तथा सम्पूर्ण प्रतिष्ठान परिवारको तर्फबाट ड...
07/08/2026

बिदाइ तथा सम्मान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का उपकुलपति महोदय तथा सम्पूर्ण प्रतिष्ठान परिवारको तर्फबाट डा. अरुण उप्रेती, डा. अनुराधा प्रधान, डा. प्रेरणा श्रेष्ठ, डा. सुबिका बनजाडे तथा डा. अभिषेक मिश्रलाई जुम्ला तथा समग्र कर्णाली क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पुर्‍याउनुभएको समर्पित, इमानदार तथा अनुकरणीय सेवाका लागि हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।
तपाईंहरूको निष्ठा, व्यावसायिकता र सेवाभावले असंख्य बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ र कर्णालीको स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको छ। तपाईंहरूको समर्पण, अथक परिश्रम र अमूल्य योगदानलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कर्णालीवासीले सदैव सम्मानपूर्वक स्मरण गर्नेछन्।
तपाईंहरूको आगामी व्यावसायिक यात्रा अझ सफल, सुखद तथा उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। तपाईंहरू सधैं KAHS परिवारको अभिन्न सदस्य रहनुहुनेछ, र भविष्यमा पुनः KAHS मा स्वागत गर्न पाउँदा हामीलाई अत्यन्त खुशी हुनेछ।
यस अवसरमा प्रतिष्ठानका नि. निर्देशक डा. बिनम्र बिष्टले उपकुलपति महोदय तथा सम्पूर्ण KAHS परिवारको तर्फबाट उहाँहरूको समर्पित सेवाप्रति कृतज्ञता व्यक्त गर्दै मायाको चिनो तथा प्रशंसापत्र प्रदान गर्नुभयो।

विद्युतीय स्वास्थ्य अभिलेख (EMR) प्रणालीको प्रभावकारी सञ्चालन तथा स्वास्थ्य बीमा दाबी (Insurance Claim) मा हुने अस्वीकृत...
06/08/2026

विद्युतीय स्वास्थ्य अभिलेख (EMR) प्रणालीको प्रभावकारी सञ्चालन तथा स्वास्थ्य बीमा दाबी (Insurance Claim) मा हुने अस्वीकृति (Rejection Rate) न्यूनिकरण गर्ने उद्देश्यले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्सिङ कर्मचारी तथा सम्बन्धित अन्य कर्मचारीहरूका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सूचना प्रविधि (IT) विभागका प्रमुख श्री उमेश रोकायाज्यू तथा स्वास्थ्य बीमा शाखाका प्रमुख श्री दीपेन्द्र मगरज्यूले EMR प्रणालीको प्रभावकारी प्रयोग, सही तथा पूर्ण अभिलेखीकरण, र स्वास्थ्य बीमा दाबी प्रक्रियालाई गुणस्तरीय एवं त्रुटिरहित बनाउने विषयमा सहजीकरण गर्नुभयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डिजिटल स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।

🇳🇵 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) को प्रथम इन्टर्न ब्याचको स्वागत तथा अभिमुखीकरण कार्यक्रमकर्णाली स्वास्थ्य...
05/08/2026

🇳🇵 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) को प्रथम इन्टर्न ब्याचको स्वागत तथा अभिमुखीकरण कार्यक्रम
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) को शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा प्रथम चिकित्सा इन्टर्न ब्याचको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमले प्रतिष्ठानमा गुणस्तरीय चिकित्सा शिक्षा तथा क्लिनिकल तालिमको नयाँ अध्यायको सुरुवात गरेको छ।
कार्यक्रमको अध्यक्षता उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बो ले गर्नुभएको थियो नि. निर्देशक तथा सह–प्राध्यापक डा. बिनम्र बिष्ट ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा निवर्तमान उपकुलपति सह–प्राध्यापक डा. पूजन रोकाया, प्रा. डा. कमलराज शर्मा, प्रा. डा. नारद थपलिया, सह–प्राध्यापक डा. रोबेन खापुङ, सह–प्राध्यापक डा. सन्दीप श्रेष्ठ, ओटी इन्चार्ज, आईसीयू इन्चार्ज लगायत प्रतिष्ठानका सह–प्राध्यापक, लेक्चरर, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सक तथा संकाय सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा चिकित्सा नैतिकता र व्यावसायिकता, नैतिक मूल्य तथा आचरण, प्रभावकारी सञ्चार सीप, बिरामीको सुरक्षा, आकस्मिक चिकित्सा तथा ट्रायाज, अपरेशन थिएटरको आचारसंहिता, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, टोलीगत कार्य, अभिलेखीकरण, मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन, बिरामी–केन्द्रित सेवा तथा इन्टर्न चिकित्सकको जिम्मेवारी र अपेक्षा सम्बन्धी विषयहरूमा विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो। साथै, करुणा, इमानदारी, उत्तरदायित्व र निरन्तर सिकाइलाई एक सफल चिकित्सकका आधारभूत मूल्यका रूपमा विशेष जोड दिइएको थियो।
KAHS का प्रथम इन्टर्न चिकित्सकहरूको रूपमा यहाँबाट सुरु भएको तपाईंहरूको यात्रा ज्ञान, सीप, अनुशासन र सेवाभावले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। कर्णाली र समग्र राष्ट्रको स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पुर्‍याउँदै प्रतिष्ठानको गरिमालाई अझ उँचो बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।
प्रथम इन्टर्न ब्याचका सम्पूर्ण इन्टर्न चिकित्सकहरूलाई हार्दिक बधाई तथा सफल, सेवामुखी र उज्ज्वल भविष्यको हार्दिक शुभकामना

नेपाल सरकारको वन तथा वातावरण सम्बन्धी नीतिअनुरूप प्रकृति संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालित ‘स...
31/07/2026

नेपाल सरकारको वन तथा वातावरण सम्बन्धी नीतिअनुरूप प्रकृति संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालित ‘सगरमाथा वृक्षारोपण महाअभियान’ अन्तर्गत आज मिति २०८३ साल श्रावण १५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. श्री सूर्यमान मेन्याङ्बोज्यू, प्रतिष्ठानका निमित्त निर्देशक सहप्राध्यापक डा. श्री बिनम्र बिष्टज्यू, स्कूल अफ पब्लिक हेल्थका सहायक डीन श्री शेषानन्द सञ्जेलज्यू, नर्सिङ स्कूलकी सहायक डीन श्रीमती प्रज्ञा श्रेष्ठज्यू, साथै प्रतिष्ठानका अन्य शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको हो।
यस अभियानले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र दिगो वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Address

CHANDANNATH/2
Jumla
21200

Alerts

Be the first to know and let us send you an email when Karnali Academy of Health Sciences, Jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Karnali Academy of Health Sciences, Jumla:

Shortcuts

Share

Category