Dr. Binay Kumar Rauniyar

Call Website Contact the practice

Dr. Binay Kumar Rauniyar Interventional Cardiologist
Shahid Gangalal National Heart Center Bansbari, Kathmandu, Nepal

Dr. Binay Kumar Rauniyar is an interventional cardiologist who specializes in diagnosing and treating heart conditions using minimally invasive procedures. He works at the Shahid Gangalal National Heart Center in Kathmandu, where he runs non-invasive services and performs cardiac catheterization procedures. With a degree in medicine from China and further training in interventional cardiology from Denmark and India, Dr. Binay has a strong background. He has an extensive history in research and has dedicated himself to providing his patients the finest care possible.

के तपाईंलाई यीमध्ये कुनै लक्षण देखिएको छ?   मुटुसँग सम्बन्धित समस्या सधैं स्पष्ट लक्षणसहित नदेखिन सक्छ। केही संकेतहरूलाई...
21/08/2026

के तपाईंलाई यीमध्ये कुनै लक्षण देखिएको छ?

मुटुसँग सम्बन्धित समस्या सधैं स्पष्ट लक्षणसहित नदेखिन सक्छ। केही संकेतहरूलाई समयमै पहिचान गरी चिकित्सकीय परामर्श लिनु महत्त्वपूर्ण हुन्छ।

✔️ छाती दुख्ने वा भारी हुने
✔️ धड्कनसँगै सास फेर्न गाह्रो हुने
✔️ बारम्बार चक्कर लाग्ने वा बेहोस हुने
✔️ अनियमित मुटुको धड्कन
✔️ लगातार उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा उच्च रक्तशर्करा

यस्ता लक्षण वा जोखिम देखिएमा कार्डियोलोजिस्टसँग परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

18/08/2026

आफ्नो मुटुको स्वास्थ्यलाई प्राथमिकता दिऔँ, समयमै परामर्श गरौँ।

मुटु रोगसम्बन्धी सेवा तथा परामर्शका लागि म नियमित रूपमा आफ्नो गृहजिल्ला पर्सा र हेटौंडामा सेवा दिँदै आएको छु।

📍 हेटौंडा: तनु फार्मेसी, हेटौंडा
📅 भदौ ६ गते, शनिबार

📍 वीरगंज: ताज मेडिकल, छपकैया, वीरगन्ज
📅 भदौ ७ गते, आइतबार

मुटुसम्बन्धी कुनै समस्या वा परामर्श आवश्यक भए समयमै परामर्श लिनुहोस्।

17/08/2026

महिलालाई मुटुरोग कम हुन्छ भन्ने कुरा कति सही हो?

महिलालाई मुटुरोग हुँदैन भन्ने सोच गलत हो। ❤️

महिनावारी भइरहेका महिलामा हार्मोनका कारण केही protective effect हुन सक्छ, तर जोखिम शून्य हुँदैन।

मेनोपजपछि भने मुटुरोगको जोखिम पुरुषसरह बढ्न सक्छ।

त्यसैले BP, सुगर, कोलेस्ट्रोल र छाती दुखाइ जस्ता संकेतलाई बेवास्ता नगरी समयमै जाँच गराउनुहोस्।

मेनोपजपछि मुटु स्वास्थ्य जाँचका लागि appointment book गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

CPR जान्नुहोस्, आपत्कालमा तपाईंको सीपले जीवन बचाउन सक्छ। ❤️अचानक कोही बेहोस भएर सास फेर्न छोडेमा, समयमै गरिएको CPR (Card...
14/08/2026

CPR जान्नुहोस्, आपत्कालमा तपाईंको सीपले जीवन बचाउन सक्छ। ❤️

अचानक कोही बेहोस भएर सास फेर्न छोडेमा, समयमै गरिएको CPR (Cardiopulmonary Resuscitation) अत्यन्त महत्वपूर्ण हुन सक्छ।

✔️ बिरामी बेहोस छ कि छैन जाँच गर्नुहोस्
✔️ तुरुन्त आपत्कालीन सहयोग बोलाउनुहोस्
✔️ छातीको बीच भागमा प्रति मिनेट 100–120 पटक compression दिनुहोस्
✔️ विशेष सहयोग नआएसम्म CPR जारी राख्नुहोस्

CPR सिक्नुहोस् आपत्कालमा सही समयमा सही कदम चाल्न तयार रहनुहोस्।

📞 थप जानकारी वा CPR सम्बन्धी प्रशिक्षणका लागि सम्पर्क गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

11/08/2026

घरमा BP नर्मल, अस्पतालमा हाई? किन होला? 🤔

Blood Pressure २४ घण्टै एउटै हुँदैन। बिहान उठ्दा, तनावमा हुँदा वा आत्तिँदा BP बढ्न सक्छ भने सुत्ने बेला स्वाभाविक रूपमा घट्दै जान्छ।

अस्पतालमा डाक्टर वा नर्सले BP जाँच्दा मात्र बढ्ने तर घरमा सामान्य रहने अवस्थालाई White-Coat Hypertension भनिन्छ।

तर यस्तो अवस्थालाई पनि बेवास्ता गर्नु हुँदैन। BP को सही मूल्याङ्कन र आवश्यक उपचारका लागि परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

मेनोपजपछि महिलाको मुटु स्वास्थ्यमा के परिवर्तन आउँछ?मेनोपजपछि महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ, जसले मुटु स्वास्थ्य...
07/08/2026

मेनोपजपछि महिलाको मुटु स्वास्थ्यमा के परिवर्तन आउँछ?

मेनोपजपछि महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ, जसले मुटु स्वास्थ्यमा पनि असर पार्न सक्छ। ❤️

त्यसैले लक्षण देखिएपछि मात्र होइन, समयमै care सुरु गर्नु महत्वपूर्ण हुन्छ।

✅ वर्षमा कम्तीमा एक पटक BP, सुगर र लिपिड प्रोफाइल जाँच
✅ हप्तामा कम्तीमा १५० मिनेट मध्यम व्यायाम
✅ फाइबर र ओमेगा-३ भएको स्वस्थ खाना
✅ अत्यधिक चिल्लो, गुलियो र प्रशोधित खानामा कमी
✅ आवश्यक परेमा मुटुरोग विशेषज्ञसँग परामर्श

स्वस्थ हृदय, लामो र सक्रिय जीवनको आधार हो।

मेनोपजपछि मुटु स्वास्थ्य जाँचका लागि appointment book गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

03/08/2026

नुन कम गर्नु राम्रो हो, तर सही तरिकाले!

उच्च रक्तचाप वा स्वास्थ्यका लागि नुन कम गर्नु राम्रो हो। तर, यसको अर्थ एकैचोटि नुन पूर्ण रूपमा छोड्नु भने होइन।

✔️ पकाएको नुन बिस्तारै कम गर्नुहोस्।
✔️ सलाद वा फलफूलमा थपिने काँचो नुन सकेसम्म नखानुहोस्।
✔️ विशेषगरी वृद्ध व्यक्तिहरूले अचानक धेरै नुन घटाउँदा शरीरमा सोडियमको कमी हुन सक्छ।

स्वस्थ रहन सही तरिकाले नुनको सेवन नियन्त्रण गर्नुहोस्।

नुनको सही मात्रा र स्वस्थ जीवनशैलीबारे परामर्श लिन आजै सम्पर्क गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

जीवनमा सही बाटो देखाउने गुरुहरूलाई आज हृदयदेखि नमन। 🙏ज्ञान, संस्कार र सफलताको यात्रामा मार्गदर्शन गर्नुहुने मेरा सम्पूर्...
29/07/2026

जीवनमा सही बाटो देखाउने गुरुहरूलाई आज हृदयदेखि नमन। 🙏

ज्ञान, संस्कार र सफलताको यात्रामा मार्गदर्शन गर्नुहुने मेरा सम्पूर्ण आदरणीय गुरुवर्गप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
गुरु पूर्णिमाको पावन अवसरमा हार्दिक ढोग तथा मंगलमय शुभकामना।

21/07/2026

अब मुटुको सेवा वीरगन्ज र हेटौँडामै।

मुटुरोगको समयमै जाँच र उपचारले भविष्यमा हुने जटिलता कम गर्न मद्दत गर्छ।

वीरगन्ज (छपकैया मेन रोड) र हेटौँडा (तमू फार्मेसी, निको अस्पताल) मा पनि नियमित रूपमा सेवा दिइरहेको छु।

✔️ मुटुसम्बन्धी परामर्श
✔️ नियमित स्वास्थ्य जाँच
✔️ समयमै उपचार र आवश्यक सुझाव

आफ्नो मुटुको स्वास्थ्यप्रति सचेत रहनुहोस्। सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस्।

आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्।
📍 तमु फार्मेसी, हेटौडा – मकवानपुर
🗓️ साउन ९ गते, शनिबार
☎️ सम्पर्क: 057-520223

📍 ताज मेडिकल, छप्कैया – वीरगंज
🗓️ साउन १४ गते, आइतबार
📞 सम्पर्क: 9845037798

मुटुको लागि नुन बन्द होइन, सही मात्रामा सीमित गर्नु महत्वपूर्ण हो।मुटु स्वस्थ राख्न नुन पूरै बन्द गर्नुपर्छ भन्ने सोच गल...
19/07/2026

मुटुको लागि नुन बन्द होइन, सही मात्रामा सीमित गर्नु महत्वपूर्ण हो।

मुटु स्वस्थ राख्न नुन पूरै बन्द गर्नुपर्छ भन्ने सोच गलत हुन सक्छ।

नुन अचानक धेरै घटाउँदा शरीरमा Sodium कम भएर चक्कर, कमजोरी वा बेहोस हुने समस्या देखिन सक्छ। 🫀

त्यसैले नुन बन्द होइन, सही मात्रामा सीमित गर्नुहोस्।
सामान्यतया दैनिक करिब ५ ग्राम अर्थात् १ चिया चम्चाभित्र राख्नु राम्रो मानिन्छ।

BP, मुटु वा मिर्गौलाको समस्या भएमा डाक्टरको सल्लाहअनुसार मात्र नुनको मात्रा तय गर्नुहोस्।

मुटु, BP वा नुनको मात्रा सम्बन्धी सही सल्लाहका लागि परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

Address

Ghattekulo

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845583595

Alerts

Be the first to know and let us send you an email when Dr. Binay Kumar Rauniyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Binay Kumar Rauniyar:

Shortcuts

Share

Category