23/02/2026
छिमेकी देश चिनमा नागरिकको सुरक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा पर्दछ । हाम्रो देशमा राजनीतिक दल र तिनका नेताहरुले पार्न त के यी ऐजेन्डा सोंच्न समेत सक्दैनन् । आज त्रिशुलीमा बस खस्यो, फेरि केही निर्दोषहरुको ज्यान गयो ।
यो दुर्घटना होइन, यो राज्यको लापरवाहीको परिणाम हो, सडक असुरक्षित, सवारी अनुगमन कमजोर, उद्धार र उपचार प्रणाली कमजोर, चालकको शारिरिक, मानसिक र सामाजिक स्वास्थ्यको अबस्था नहेरिनु, चालकलाई यो सम्बन्धमा सु-सूचित नगर्ने परिपाटी हो ।
नेपालमा स्वास्थ्य र सुरक्षा कहिले प्राथमिकता बन्छ? जबसम्म जनताको ज्यानभन्दा कुर्सी ठूलो मानिन्छ, तबसम्म यस्तै खबर दोहोरिन्छन् ।
आम नेपाली जनताले भोग्ने जोखिम नेताहरुको परिवारले भोग्दैन, त्यसैले उनीहरूलाई हतार हुँदैन ।
अब प्रश्न सिधा छ हामी चुप लागेर कति ज्यान गुमाउने? स्वास्थ्य र सुरक्षा नहुने राजनीति, विकास होइन, धोका हो ।
घाईतेको सिघ्रस्वास्थ्य लाभको कामना तथा मृतकहरु प्रति हार्दिक श्रद्धान्जली ।