Dr. Ananta Aryal

Call Contact the practice

Dr. Ananta Aryal Dr. Ananta Aryal, MD
MD Geriatric Medicine, AIIMS New Delhi
Consultant Geriatrician
NAMS, Bir Hospital, Kathmandu

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ | सेन्ट लरेन्स कलेजअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ को अवसरमा सेन्ट लरे...
01/10/2026

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ | सेन्ट लरेन्स कलेज

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ को अवसरमा सेन्ट लरेन्स कलेजमा आयोजित कार्यक्रममा सहभागी भई यस वर्षको विषयवस्तु तथा ज्येष्ठ नागरिकको स्वस्थ र सम्मानजनक जीवनका विषयमा आफ्ना विचार राख्न पाउँदा खुशी लाग्यो।

मैले यस वर्षको संयुक्त राष्ट्रसंघको नारा (theme) -“The Age of Longevity: Rethinking Systems for Longer Lives” अर्थात “दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार” माथि आफ्नो विचार राख्ने अवसर पाएँ ।

बुढ्यौली जीवनको एउटा स्वाभाविक चरण हो। यस चरणमा पनि प्रत्येक व्यक्तिले स्वस्थ जीवन, सक्रिय सहभागिता, आत्मनिर्भरता, सम्मान र गुणस्तरीय जीवन पाउन सक्नुपर्छ।

यसका लागि हामीले ज्येष्ठ नागरिकप्रतिको आफ्नो सोच र हाम्रा वर्तमान प्रणाली तथा संरचनाहरूलाई पुनर्विचार गर्न आवश्यक छ।

ज्येष्ठ नागरिकले:
• स्वस्थ र सक्रिय जीवन बिताउन
• आफ्नो स्वतन्त्रता र सम्मान कायम राख्न
• परिवार र समाजमा अर्थपूर्ण रूपमा सहभागी हुन
• सुरक्षित र ज्येष्ठ नागरिकमैत्री वातावरणमा बस्न
• वृद्धावस्थामा पनि गुणस्तरीय जीवन जिउन सक्नुहोस ।

यसका लागि स्वास्थ्य क्षेत्र मात्र पर्याप्त छैन। शिक्षा, सामाजिक सुरक्षा, शहरी योजना, यातायात, आवास, समुदाय, परिवार, गैरसरकारी संस्था तथा स्वयं ज्येष्ठ नागरिकहरू समेत सबै सरोकारवालाको सहकार्य आवश्यक छ।

हामीले ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र समुदाय निर्माण गर्दै सबैका लागि स्वस्थ र सम्मानजनक बुढ्यौली सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा सेन्ट लरेन्स कलेज तथा सम्पूर्ण आयोजक टिमप्रति हार्दिक धन्यवाद।



24/09/2026

डिमेन्सियाको सुरुवाती अवस्थामा देखिन सक्ने लक्षणहरु
सुरुवाती लक्षणमा सामान्य बिर्सनेभन्दा फरक गरी निम्न समस्याहरु देखिन सक्छन् :

• भर्खरै भएका कुरा बारम्बार बिर्सने
• एउटै कुरा पटक–पटक सोध्ने
• परिचित काम गर्न वा दैनिक काम व्यवस्थापन गर्न कठिनाइ हुने
• पैसा, औषधि व्यवस्थापनमा समस्या देखिनु
• परिचित ठाउँमा बाटो भुल्नु
• सही शब्द खोज्न वा कुराकानी गर्न कठिनाइ हुनु
• स्वभाव वा व्यवहारमा नयाँ परिवर्तन देखिनु
यस्ता लक्षण देखिँदैमा अल्जाइमर्स वा डिमेन्सिया नै हो भन्ने हुँदैन। अन्य उपचार / परिवर्तन गर्न मिल्ने कारणहरू पनि हुन सक्छन् । त्यसैले लक्षणहरू दोहोरिन थाले वा दैनिक जीवनमा असर गर्न थालेमा स्वास्थ्यकर्मी (विशेषज्ञ) बाट मूल्याङ्कन गराउनु महत्त्वपूर्ण हुन्छ ।


21/09/2026

World Alzheimers Day 2026

“The Earlier You Know, The More You Can Do: A Dementia Diagnosis Matters”

अल्जाइमर्स रोग भनेको केवल कुरा बिर्सने समस्या मात्र होइन। यसले व्यक्तिको स्मरणशक्ति, सोचाइ, व्यवहार, आत्मनिर्भरता र सम्बन्धहरूमा असर पार्न सक्छ।

समयमै निदान हुँदा उपचार, हेरचाह र भविष्यको योजना बनाउन, आवश्यक सहयोग जुटाउन तथा व्यक्तिको इच्छा र निर्णयलाई सम्मान गर्न अझ धेरै अवसर प्राप्त हुन्छन्।

डिमेन्सियासँग बाँचिरहेका व्यक्तिहरूका लागि अर्थपूर्ण, सम्मानजनक, सुरक्षित र समावेशी जीवन सुनिश्चित गरौँ। उहॅंाहरूको इच्छा, क्षमता, पहिचान र निर्णयको सम्मान गर्दै परिवार, समुदाय र स्वास्थ्य सेवाबाट निरन्तर सहयोग प्रदान गरौँ।


बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा र सहारागत शनिबार द आर्ट अफ लिभिङ नेपाल, जेरियाट्रिक सोसाइटी अफ नेपाल ...
08/09/2026

बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा र सहारा

गत शनिबार द आर्ट अफ लिभिङ नेपाल, जेरियाट्रिक सोसाइटी अफ नेपाल र बिम्ब नेपालको संयुक्त आयोजनामा विदुर नगरपालिका–३, नुवाकोटमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।

यस स्वास्थ्य शिविरमा १०० भन्दा बढी ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिनुभयो। बाढीका कारण बाटोघाटो अवरुद्ध हुनुका साथै उहाँहरूले नियमित रूपमा सेवन गर्दै आउनुभएका औषधिहरूको समेत अभाव भइरहेको अवस्थामा, यस शिविरमार्फत उहाँहरूलाई आवश्यक नियमित औषधि निःशुल्क रूपमा उपलब्ध गराउन सफल भयौँ। यसबाट धेरै ज्येष्ठ नागरिक आमाबुबाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनुभयो।

त्यसैगरी, ६० भन्दा बढी ज्येष्ठ नागरिकहरूलाई द आर्ट अफ लिभिङ नेपालका स्वयंसेवकहरूद्वारा Trauma Relief तथा तनाव व्यवस्थापनसम्बन्धी अभ्यास गराइएको थियो। विपद्को समयमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य र भावनात्मक सहारा पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले यो कार्यक्रम विशेष उपयोगी रह्यो।

🩺 विशेषज्ञ स्वास्थ्य सेवामा सहयोग

यस शिविरमा जेरियाट्रिसियनको रूपमा मैले तथा विभिन्न विशेषज्ञता भएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले आ–आफ्नो विशेषज्ञताका आधारमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभयो।

यस कार्यमा सहभागी भई सेवा प्रदान गर्नुहुने:

* डा. सिद्धार्थ खनाल - अर्थोपेडिक विशेषज्ञ
* डा. सुमन्ता बन्जाडे - मुटुरोग विशेषज्ञ
* डा. आस्था पुडासैनी - अस्टियोप्याथी
* डा. रिपु सिंह - दन्त चिकित्सक
* डा. स्वेता केडिया - दन्त चिकित्सक
* APF का डा. चन्दन यादव तथा उहाँको टिम
* फार्मासिस्ट शैलेन्द्र हमाल
* अमृत थापा तथा उहाँको टिम प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

यस स्वास्थ्य शिविरलाई सफल बनाउन औषधि सहयोग गर्नुहुने Yetichem , Quest Pharmaceutical, Cipla, Magnus Pharma , Blue cross, Pharma Manakamana med Concern , Koras Medicin Suppliers, Arrow Pharmaceuticals लगायत सम्पूर्ण फार्मास्युटिकल कम्पनीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु। साथै, औषधि तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण सहयोगी संस्थाहरूलाई पनि हार्दिक आभार। 🙏

यस शिविरलाई सफल बनाउन अहोरात्र खटिनुहुने तीनवटै संस्थाका पदाधिकारी, संयोजक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको समर्पण, सहकार्य र समन्वयबिना यस्तो कार्यक्रम सम्भव हुने थिएन।

विपद्को समयमा ज्येष्ठ नागरिकहरू अझ बढी जोखिममा पर्नुहुन्छ। त्यसैले उहाँहरूको स्वास्थ्य, औषधिको निरन्तरता, मानसिक स्वास्थ्य, सुरक्षा र सम्मानजनक हेरचाह सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

ज्येष्ठ नागरिकको स्वास्थ्य र स्वस्थ तथा सम्मानजनक बुढ्यौलीका लागि हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।

,


बाढीले घर मात्र होइन, धेरै ज्येष्ठ नागरिक आमाबुबाको सुरक्षित आश्रय पनि खोसिदिएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभ...
01/09/2026

बाढीले घर मात्र होइन, धेरै ज्येष्ठ नागरिक आमाबुबाको सुरक्षित आश्रय पनि खोसिदिएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित ज्येष्ठ नागरिक आमाबुबाहरूलाई उद्धार गरी काठमाडौंस्थित सिनियर केयर होममा सुरक्षित आश्रय प्रदान गरिएको छ।

आज डा. उमेश बोगटी र मैले उहाँहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि, स्वास्थ्य परामर्श तथा थप उपचारका लागि आवश्यक सुझावहरू प्रदान गर्‍यौँ।

विपद्को समयमा ज्येष्ठ नागरिकहरू अझ बढी जोखिममा पर्नुहुन्छ। त्यसैले उहाँहरूको स्वास्थ्य, सुरक्षा, सम्मान र निरन्तर हेरचाह हाम्रो साझा जिम्मेवारी हो।

यस मानवीय कार्यमा निजी केयर होमहरूको संस्था “राष्ट्रिय ज्येष्ठ नागरिक सेवा समाज नेपाल - NECHSON " ले समन्वय गरी बाढीपीडित ज्येष्ठ नागरिकहरूलाई निःशुल्क आश्रय तथा हेरचाह प्रदान गरिरहनुभएको छ।

बाढीपीडित ज्येष्ठ नागरिकहरूलाई निःशुल्क आश्रय प्रदान गरिरहनुभएका केयर होमहरू, स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा तथा यस कार्यमा निरन्तर समन्वय गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏

उहाँहरूको स्वास्थ्य र सम्मानका लागि हामी सधैँ साथमा छौँ।

18/08/2026

आजको भिडियोमार्फत नेपाल सरकारले ज्येष्ठ नागरिकहरूका लागि उपलब्ध गराएको निःशुल्क स्वास्थ्य बीमा सुविधाबारे छोटो जानकारी प्रस्तुत गरेको छु।

नेपाल सरकारले ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क आबद्ध हुने व्यवस्था गरेको छ। यो सुविधा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा पहुँच सहज बनाउन र उपचारका क्रममा पर्ने आर्थिक भार कम गर्न महत्वपूर्ण पहल हो।

उमेर बढ्दै जाँदा नियमित स्वास्थ्य परीक्षण, समयमै रोगको पहिचान र आवश्यक उपचार अझ महत्वपूर्ण हुन्छ। त्यसैले आफू वा आफ्नो परिवारका ज्येष्ठ नागरिकले पाउन सक्ने सरकारी स्वास्थ्य बीमा सुविधाबारे जानकारी राखौं र यसको सही उपयोग गरौं।

स्वस्थ ज्येष्ठ नागरिक, सम्मानित जीवन।

15/08/2026

Senior Citizens special Geriatric Health Camp

मैले हेर्ने धेरै ज्येष्ठ नागरिकहरूमा दमको समस्या भएको देख्छु। उहाँहरूमध्ये कतिपयले पहिलेदेखि नै दमको औषधि प्रयोग गर्दै आ...
07/08/2026

मैले हेर्ने धेरै ज्येष्ठ नागरिकहरूमा दमको समस्या भएको देख्छु। उहाँहरूमध्ये कतिपयले पहिलेदेखि नै दमको औषधि प्रयोग गर्दै आउनुभएको हुन्छ। तर दमको औषधि प्रयोग गर्दा रोटाहेलर तान्ने तरिका सही नभएमा औषधिले अपेक्षित रूपमा काम गर्दैन।

त्यही भएर मैले यहाँ एउटा युट्युब भिडियोको लिङ्क सेयर गरेको छु, जसमा दमका बिरामीले रोटाहेलर कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने सिकाइएको छ। यो हाम्रो जेरियाट्रिक फार्मासीस्ट (औषधि विज्ञ) डा. रमेश शर्मा पौडेलले औषधि व्यवस्था विभाग (डिडिए) सँगको सहकार्यमा तयार पार्नुभएको अत्यन्तै उपयोगी भिडियो हो।

कृपया भिडियो हेरेर औषधि सही तरिकाले प्रयोग गर्ने विधि सिक्नुहोस्। र दमको बिरामीसम्म यो भिडियो पुर्‍याउन यसलाई सेयर गर्नुहोस्।

धन्यवाद।

How to Use a Rotahaler Properly | रोटाहेलर सही तरिकाले कसरी प्रयोग ...

30/07/2026

ओपिडीका कथा ..
डाक्टरलाई भेट्न जादा औषधी लिएर जाने कि नजाने ?

Address

Kathmandu

Telephone

+9779804357270

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ananta Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ananta Aryal:

Shortcuts

Share

Category