12/06/2026
worthy 🎉🎉
रुघाखोकीले सतायो ? यसरी आफैँ निको हुनुहोस्
मौसमका कारण अहिले धेरै जनाले रुघाखोकीको समस्या झेलिरहनुभएको होला । संक्रमित हुनुभएका सबैलाई छिट्टै निको हुनुहोस् शुभकामना, प्रार्थना 🙏 ।
आयुर्वेदमा मौसमी रुघाखोकीलाई प्रतिश्याय (Pratishyaya) भनिएको छ । यसलाई शरीरमा कफ (Kapha) र वातको असन्तुलन भएर हुने सामान्य समस्या मानिन्छ, विशेषगरी मौसम परिवर्तन हुँदा, चिसो–धुलो–धुवाँ र कमजोर पाचन हुँदा ।
यस्तो किन हुन्छ ?
मौसम परिवर्तन (जाडो–गर्मी बदलिँदा),
चिसो पेय पदार्थ वा चिसो खानेकुरा धेरै खाँदा,
धुलो, धुवाँ, एलर्जीका कारणले,
कमजोर रोग प्रतिरोधात्मक क्षमता (weak immune system) भएको अवस्थामा,
अपच (अग्नि कमजोर) भएको अवस्थामा,
लक्षणहरू त प्राय सबैलाई थाहा नै होला ।
नाकबाट पानी बग्छ वा बन्द हुन्छ,
हाछ्युँ धेरै आउँछ,
हल्का ज्वरो आउँछ वा शरीर दुख्छ,
टाउको भारी हुन्छ,
घाँटी खसखसाउँछ,
आम रुघाखोकीबाट जोगिनलाई यी सजिला उपाय अपनाउन सकिन्छ :
तातो पानी पिउने गर्नुहोस्,
अदुवा, तुलसी, मरिच भएको चिया पिउनु राम्रो हुन्छ,
सुप, झोलिलो र हल्का खाना खाने गर्नुहोस्,
सन्तुलित मात्रामा सिजनल फलफूल खाने गर्नुहोस्,
तर चिसो पानी पिउने, आइसक्रिम, फ्रिजका पेय लिने, धेरै तेल–मसला वा भारी खाना खाने अनि राति ढिलो खाने बानी भए त्यागिहाल्नुहोस् ।
दैनिक बानी पनि सुधार्नुपर्ने हुन्छ ।
बिहान हल्का तातो पानीले नाक सफा गर्ने (जल नेति, यदि बानी छ भने),
चिसोबाट बच्ने (विशेषगरी बिहान–साँझ),
न्यानो कपडा लगाउने,
पर्याप्त निद्रा लिने,
रुघाखोकीका घरेलु उपाय यस्ता छन् :
तुलसी + अदुवा + मरिचको काढा बनाएर
मह मनतातो पानीसँग लिने,
घाँटी दुखेको अवस्थामा नुन पानीले कुल्ला गर्ने,
बाफ लिने ।
आयुर्वेदले भन्छ: प्रतिश्याय हुनुको कारण असन्तुलित कफ र कमजोर अग्नि हो ।
त्यसैले रोग लागेपछि मात्र होइन, शरीरलाई सन्तुलित राख्नु नै मुख्य उपाय हो ।
तर यो कुरालाई नजरअन्दाज नगर्नुहोस् है :
ज्वरो ३ दिनभन्दा बढी कायम रहेमा, सास फेर्न गाह्रो भएमा अनि लगातार खोकी धेरै दिनसम्म रहेमा अस्पताल गइहाल्नुपर्छ । रोग प्रतिरोधक क्षमता कमजोर भएकाहरूलाई रुघाखोकीले पनि साह्रो पार्न सक्छ, त्यसैले विशेष सावधानी अपनाउन आवश्यक छ ।
शुभरात्रि!