Mdbook

Website

Mdbook We are creating global content that enhances your daily social and human experiences, promoting relax

28/09/2025

Gen Z आन्दोलनमा वीरगति प्राप्त प्रहरी परिवारलाई पाँच लाख सहयोग

२०८२ भदौ २३ र २४ गतेको Gen Z आन्दोलनका क्रममा कर्तव्य पालनादरम्यान वीरगति प्राप्त तीन जना अमर प्रहरीका आश्रित परिवारलाई IGI Prudential Insurance Ltd ले आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले प्रत्येक परिवारलाई जनही रू.१,५०,००० का दरले जम्मा रू.४,५०,००० र घाइते एक प्रहरीको उपचारका लागि रू.५०,००० सहित कुल रू.५,००,००० रकम नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।

यो सहयोग रकम नेपाल प्रहरीमार्फत वीरगति प्राप्त प्रहरीका परिवार र घाइते प्रहरीको उपचारमा खर्च गरिने बताइएको छ।
Update

28/09/2025

काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्य बन्ने भइन् नयाँ कुमारी, पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरेर आजै नयाँ कुमारीलाई आसन ग्रहण गराइने !
update

28/09/2025
28/09/2025

भारतीय अभिनेता विजय थलापतीले आफ्नो र्‍याली दु'र्घटनामा मृ'त्यु भएकाको परिवारलाई २० लाख र घा'इतेहरूलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
Update Thalapati

28/09/2025

Rabindra Mishra Writes: के सङ्कटको घडीमा तपाईँले
सेनापतिको अभिभावकत्व खोजेको हो? होइन भने...

अराजकताको अवस्था आउँदा नेपालको हकमा अभिभावकत्व ग्रहण गर्न राष्ट्रपतिमा नैतिक साहस नहुने रहेछ भन्ने प्रष्ट भयो।

सेनापतिले भदौ २४ गते राति त्यो अभिभावकत्वको जिम्मेवारी नलिएको भए, देश कयौँ अफ्रिकी राष्ट्रहरूमा जस्तै असुरक्षा, लुटपाट र अराजकतामा जाने पूर्ण संभावना थियो।

सङ्कटको घडीमा के तपाईँले सेनापतिको अभिभावकत्व खोजेको हो? संकट त नेपालको भूराजनीतिक र आन्तरिक परिवेशका कारण भविष्यमा पनि आउँछ, आउँछ।

कि तपाईँलाई अझै पनि प्रणाली सुध्रिन्छ र राष्ट्रपतिले त्यो काम गर्न सक्छन् भन्ने विश्वास छ। कि तपाईँ हरेक राष्ट्रिय संकटमा सेनाले नै अभिभावकत्व लिइदेओस् भन्ने चाहनु हुन्छ? त्यस्तो त पक्कै होइन होला।

देश 'अराजकताको डिलमा पुगेको' तपाईँले नै अति सम्मान गर्नु हुने प्राज्ञ/पत्रकारहरूले भनि आएकै छन्। कि त्यस्तो टिप्पणीमा अझै विश्वास छैन?

देशको र भावी पुस्ताको भविष्य कुरा छ। त्यसैले, कृपया, राष्ट्रहितभन्दा माथि विचारलाई नराखिदिनोस्। अति भइसक्यो, अब मिलौँ। #नवीनसमझदारी मा जाऊँ।

२०४७ सालको संविधानमा टेकेर, २०७२ सालको संविधानका राम्रा पक्ष समेटेर, सुशासनका विविध पाटोलाई सुनिश्चित गर्दै अर्थात #संरचनागत_पुनरावलोकन गरौँ।

नेपालको परिप्रेक्षमा संकट आइपर्दा राजसंस्थाबाहेक अरू कोही सिङ्गो देशको अभिभावक बन्न सक्दैन भन्ने प्रष्ट भएको छ। यो ले पनि बुझ्न जरुरी छ।

२०४६ सालको ५० दिने पहिलो जनआन्दोलनमा राजा वीरेन्द्रले करिब ५० जनाकै ज्यान गएपछि ३० वर्ष लामो पञ्चायती व्यवस्था त्यागिदिए र शान्तसँग बसे।

२०६/६३ सालको २१ दिने जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजा ज्ञानेन्द्रले हजारौं वर्षदेखि नेपाल क्षेत्रमा रहि आएको राजसंस्थाको परम्परालाई त्यागिदिए र शान्तसँग बसे।

२०८२ सालको २ दिने 'जेनजी विद्रोह'मा ७५ जनाको ज्यान जाँदा समेत त्यो अवस्था आउनमा जिम्मेवारहरूमा कुनै पीडाबोध र पश्चताप सम्म छैन। राजा र नेतामा फरक यही हो।

देश दिनप्रतिदिन #अस्तित्वकोसंकट ( ) उन्मुख छ तर पनि हामी विगतका सबै कमजोरीहरूका लागि एकले आर्कोलाई क्षमा गरेर #नवीनसमझदारी मा जान तयार छैनौँ भने, बुझे हुन्छ: 'विनासकाले विपरीत बुद्धि भनेको यही हो।

समय घर्किँदै छ! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
Update

28/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।
update

28/09/2025

दक्षिण भारतका चर्चित अभिनेता तथा राजनीतिज्ञ विजय थलापतीको र्‍यालीमा भागदौड मच्चिँदा ३१ जनाको मृ'त्यु र ५० भन्दा बढी घा'इते भएका छन्। विजयले घ'टनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना जनाएका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई दुर्भाग्यपूर्ण र अत्यन्त दुःखद बताएका छन्।

Address

Kathmandu
Kathmandu
44617

Alerts

Be the first to know and let us send you an email when Mdbook posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share