03/07/2026
व्यायाम् (एक्सर्साईज) को सन्दर्भमा "No Pain, No Gain" भन्ने कुरा झाँसा हो। आयुर्वेदको 'अर्धशक्ति' नियम अपनाउनु नै बुद्धिमानी हुन्छ।
आजभोलि जिम (Gym) गएर शरीर पूरै थाक्ने गरी पसिना बगाउने वा क्षमताभन्दा बढी तौल उठाउने चलन छ। तर आयुर्वेदले हजारौं वर्षअघि नै व्यायामको सही मात्रा र 'ओभरट्रेनिङ' (Overtraining) को गम्भीर खतराको बारेमा वैज्ञानिक नियम दिएको छ।
आयुर्वेदका प्रामाणिक श्लोक र आधुनिक विज्ञानको व्याख्या सहित यसलाई बुझौं:
"लाघवं कर्मसामर्थ्यं दीप्तोऽग्निः मेदसः क्षयः । विभक्तघनगात्रत्वं व्यायामात् उपजायते ॥" (अष्टाङ्ग हृदयम्, सूत्रस्थान, अध्याय २, श्लोक १०)
व्यायामले शरीरमा हलुकापन ल्याउँछ, काम गर्ने क्षमता बढाउँछ, पाचन अग्नि (Metabolism) बाल्छ, बोसो (Fat) लाई सन्तुलित राख्छ र शरीरलाई सुगठित (हेर्दा पनि मस्त देखिने) बनाउँछ।
आधुनिक विज्ञानले पनि मान्छ कि व्यायामले मेटाबोलिजम (Metabolism) बढाउँछ र फ्याट अक्सिडेसन (Fat oxidation) गरी शरीरलाई सन्तुलित राख्छ। यो कुरामा त कुनै दुईमत छैन यो एक्दम सत्य कुरा हो तर। कुरो आउँछ तर को।।
आयुर्वेदले जहिले पनि आफ्नो कुल क्षमताको आधा मात्र (५०%) व्यायाम गर्न सल्लाह दिन्छ। दैनिक आफ्नो कुल क्षमताको ५०% भन्दा बढी वेट लिफ्टिङ गर्यो, heavy weight training गर्यो भने मसल्स ब्रेक हुन्छ। मसल्स ब्रेक भएर heal हुने समयमा मासु त थपिन्छ तर,, फेरि कुरो आउँछ तर को।। यो तलको श्लोकले तर को जिज्ञासा मेटाउँछ।
"व्यायामजागराध्वस्त्रीहास्यभाष्यादि साहसम् । गजं सिंहं इवाकर्षन् भजन्नातिविनश्यति ॥" (अष्टाङ्ग हृदयम्, सूत्रस्थान, अध्याय २, श्लोक १४)
जसले दिनहुँ आफ्नो क्षमताभन्दा बढी कडा व्यायाम गर्छ, उ जसरी एउटा सिंहले हात्तीलाई तानेर मा'र्न खोज्दा आफैं म'र्छ, त्यसैगरी न'ष्ट हुन्छ।
आधुनिक विज्ञानले पनि चेतावनी दिएको छ कि अत्यधिक व्यायामले 'Overtraining Syndrome', कोर्टिसोल (Cortisol - Stress Hormone) को वृद्धि, र रोग प्रतिरोधात्मक क्षमता (Immunity) लाई कमजोर बनाउँछ। आराम बिनाको कडा कसरतले मुटुको समस्या समेत निम्त्याउन सक्छ।
एक्दम फेमस-फेमस जिम इन्फ्ल्युन्सर हरू मुटु प'ड्केर टप्किने समस्याको मुख्य कारण नै ओभर ट्रेनिङ हो।। होलान् अन्य कारण पनि। सप्लिमेन्ट, क्यामिकल, एस्टेरोईड गलत खानपान जस्ता कुराहरू पनि यो समस्याका कारण हुन् तरपनी एक कारण चाहिँ ओभरट्रेनिङ नै हो।
भनेपछी गर्ने के त??
आयुर्वेदले जहिले पनि आफ्नो कुल क्षमताको आधा मात्र (५०%) व्यायाम गर्न सल्लाह दिन्छ। तर यो 'आधा शक्ति' कसरी नाप्ने?
"किंवा ललाटे नासाया गात्र सन्धिषु कक्षयोः । यदा सञ्जायते स्वेदो बलार्द्धन्तु तदादिशन् ॥" (भावप्रकाश, पूर्वखण्ड, दिनचर्या प्रकरण, श्लोक १४०)
जब निधारमा, नाकमा, शरीरका जोर्नीहरूमा र काखीमा पसिना आउन थाल्छ (र मुखबाट सास फेर्नुपर्ने अवस्था आउँछ), तब आफ्नो आधा शक्ति (बलार्द्ध) खर्च भयो भनेर बुझ्नुपर्छ र व्यायाम रोक्नुपर्छ।
आधुनिक 'Sports Science' मा यसलाई 'Aerobic Threshold' भनिन्छ। शरीरमा ल्याक्टिक एसिड (Lactic Acid) जम्मा हुनुअघि नै व्यायाम रोक्दा मांसपेशीको उचित र सन्तुलित विकास हुन्छ र 'Muscle breakdown' (मांसपेशी च्यातिने समस्या) हुँदैन।
यसो गर्दा मसल्स ग्रोथ चाहिँ अलि ढिलो हुन्छ। तर मुख्य मुद्दाको कुरो के हो भन्दा तिमिहरू साँढे जस्तो देखिन चाहान्छौ कि बाघ जस्तो भन्ने कुरा हो। स्वस्थ र फुर्तिलो सिकारी शरीर र मस्तिस्क बनाउन खोजेकोहो भने र अर्धशक्तिको नियम मान्नै पर्छ।
होईन, साँढे नै बन्नु छ, ३०-३५ बर्ष शरीर देखाउँछु हेर्छु केटि पट्टाउँछु केटा हरूलाई ढेल देखाउछुँ ४०-५० तिर टप्किन्छु भन्छौ भने त आफ्नो इक्षा गर तर १०० बर्ष बाँच्नुछ, शरिरको हड्डि मांस, बोसो, रगत, विर्य सबैलाई सन्तुलित बनाउनुछ भने चाहिँ अर्धशक्तिको नियम नमानेर सुख नै छैन।
त्यसैले स्वस्थ रहन "No pain, no gain" को झाँसामा पर्नुभन्दा शरीरको सङ्केत सुनेर 'अर्धशक्ति' (Moderate Exercise) को नियम अपनाऔं।
व्यायामले ऊर्जा दिनुपर्छ, शरीरलाई थकाएर कमजोर बनाएर मसल्स ब्रेक गरेर साँढे बनेर, ढेल बढाएर काम छैन। शरीर भनेको तिम्रो प्राण बस्ने घर हो। प्राणकै पाद फुस्किने गरि शरिरमा मासु भरेर प्राण फुस्किने अवस्था नबनाउ।
प्राण बस्ने घरमा प्राण त बस्न पाउन पर्यो नि। ढेल पुठा र मासुलाई ठाउँ दिने प्राण लाई ठाउँ नदिनु त गलत होला नि?? कि के हो कुरो???
मेरो बुझाई त यहि हो कि स्वस्थ शरीर चाहनेले आवस्यकता भन्दा बढि पाखुरा र छाती बढाउँदैन, बुद्धि हुनेले ढेल/पुठा बढाउँदैन।