04/03/2026
आजको चिकित्सा केवल संक्रमण र मधुमेहमा सीमित छैन।
आज हामी प्रत्यारोपण, डायलाइसिस, बाइपास सर्जरी र उन्नत क्यान्सर उपचारको युगमा छौं।एउटा गम्भीर रोगकै उपचारमा लाखौँदेखि करोडौँ खर्च हुन सक्छ।
स्रोतभन्दा ठूलो वाचा गरियो भने गुणस्तर र पहुँच दुवै कमजोर हुन्छ जुन अहिले नेपाली जनता भोग्न बाध्य छन् l
बलिया सरकारी अस्पताल मात्रै पर्याप्त हुँदैनन्। नियन्त्रित तर सशक्त निजी स्वास्थ्य बिमा र अस्पताल दुवै आवस्यक छ l
२-४ लाख को उपचार नेपाल मा तर करोडौ पर्ने अत्याधुनिक उपचार गर्नु परे मर्नुपर्ने वा विदेश जानु पर्ने अवस्थाको अन्त्य भएन भने देशको स्वास्थ्य जनसक्ति र स्रोत प्राथमिक वा सामान्य उपचार मा मात्र सिमित रहनेछन् ....अनि बिदेश मा हुने हाम्रो देशमा चै किन नहुने भन्ने प्रस्न्न ले कहिल्लै बिस्राम पाउने छैन l
आधुनिक स्वास्थ्य प्रणालीलाई भावनात्मक होइन, यथार्थपरक नीति को खांचो छ l