Society of Mental Health Professionals in Nepal

Society of Mental Health Professionals in Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Society of Mental Health Professionals in Nepal, Mental Health Service, New Baneshwor, Kathmandu.

अध्यक्ष: Umesh Shiwakoti
उपाध्यक्ष: Pammi Thakur
सचिव: Kapil Sharma
सहसचिव: Basu Acharya
कोषाध्यक्ष: Monu Khadka
सदस्य: Prabhaa Thapa
सदस्य: Pratikshya Kafle
सदस्य: Pranav Regmi
सदस्य: रोमन प्रजापती
सदस्य: सुस्मिता न्यौपाने
सदस्य: Deepa Acharya

"मानसिक स्वास्थ्य पेशाकर्मी समाज नेपाल"Society of Mental Health Professionals in Nepal  को आज जिप्रका काठमाडौं दर्ता सम्...
08/06/2026

"मानसिक स्वास्थ्य पेशाकर्मी समाज नेपाल"
Society of Mental Health Professionals in Nepal
को आज जिप्रका काठमाडौं दर्ता सम्पन्न गरियो।

संस्थापक कार्यसमिति:
अध्यक्ष: उमेश शिवाकोटी
उपाध्यक्ष: पम्मी ठाकुर
सचिव: कपिल शर्मा
सहसचिव: वासु आचार्य
कोषाध्यक्ष: मोनिका खड्का
सदस्य: प्रभा थापा
सदस्य: प्रतिक्षा काफ्ले
सदस्य: प्रणव राज रेग्मी
सदस्य: रोमन प्रजापती
सदस्य: सुस्मिता न्यौपाने
सदस्य: दिपा आचार्य

#सम्पूर्ण मानसिक स्वास्थ्य पेशाकर्मी ज्यूहरु यस संस्थामा जोडिनुहुन बिनम्र अनुरोध छ।

सूचना तथा सहभागिताका लागि अनुरोधमानसिक स्वास्थ्य पेशाकर्मी भेला २०२६(Mental Health Professionals Meet 2026)Theme: Shapin...
06/06/2026

सूचना तथा सहभागिताका लागि अनुरोध

मानसिक स्वास्थ्य पेशाकर्मी भेला २०२६
(Mental Health Professionals Meet 2026)

Theme: Shaping the Future of Mental Health in Nepal

मानसिक स्वास्थ्य क्षेत्रको विगत, वर्तमान अवस्था तथा भावी दिशा सम्बन्धी साझा छलफल, अनुभव आदानप्रदान, नेटवर्किङ तथा पेशागत एकताका लागि आयोजना हुन गइरहेको "Mental Health Professionals Meet 2026" कार्यक्रममा सहभागिताका लागि तल दिइएको लिंकमा गई आफ्नो विवरण भर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

यस महत्वपूर्ण कार्यक्रममा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत मनोविद्, मनोपरामर्शदाता, मनोचिकित्सक, सामाजिक कार्यकर्ता, शिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूलाई तलको लिंकमार्फत आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ।

🔗 Registration Link:

https://forms.gle/kM2bq6fvpxPByibJ8

"आउनुहोस्, नेपालमा मानसिक स्वास्थ्यको भविष्य निर्माणका लागि एकजुट बनौं।"

Society of Mental Health Professionals in Nepal (SOMHPIN)

"स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री ज्यू सँग विशेष छलफल"Society of Mental Health Professionals in Nepal  का अध्यक्ष श्...
02/06/2026

"स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री ज्यू सँग विशेष छलफल"

Society of Mental Health Professionals in Nepal का अध्यक्ष श्री उमेश शिवाकोटी सहितको प्रतिनिधि टोलिले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननिय निशा मेहता ज्यू सँग नेपालको मानसिक स्वास्थ्य क्षेत्रका समसामयिक पक्ष, अवसर, चुनौती तथा सुधारका आवश्यक कदमहरूबारे प्रतिनिधिमण्डलको सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न भयो।

भेटका क्रममा मानसिक स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, व्यावसायिक व्यवस्थापन तथा दीर्घकालीन विकासका लागि निम्न ४ बुँदे मागहरू प्रस्तुत गरिएको छ :

१ मानसिक स्वास्थ्य क्षेत्रको नियमन, मान्यता, दर्ता, गुणस्तर सुनिश्चितता तथा पेशागत विकासका लागि "Mental Health Council Nepal (मानसिक स्वास्थ्य परिषद् नेपाल)" को तत्काल स्थापना गरियोस् ।

२. मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवासम्बन्धी नीति, निर्देशिका तथा तालिम मान्यता प्रणालीमा आवश्यक सुधार, संशोधन र एकीकरण गरियोस् ।

३. हरेक स्थानीय तहमा अनिवार्य रूपमा नियमित मानसिक स्वास्थ्य सचेतना (Psychoeducation), परामर्श सेवा तथा Mental Health Camp सञ्चालन गर्ने व्यवस्था गरियोस्।

४. नेपालले SAARC Mental Health Conference आयोजना गरी मानसिक स्वास्थ्य क्षेत्रमा क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान तथा नेतृत्वदायी भूमिका निर्वाह गरियोस् ।

मानसिक स्वास्थ्यलाई नेपालको सार्वजनिक स्वास्थ्य प्राथमिकताका रूपमा स्थापित गर्दै गुणस्तरीय, पहुँच योग्य र व्यवस्थित मानसिक स्वास्थ्य सेवा विस्तारका लागि सरकार, पेशागत संस्था तथा सरोकारवाला बीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखिएको छ।

माननीय मन्त्रीज्यूले प्रदान गर्नुभएको समय, चासो तथा मानसिक स्वास्थ्य प्रवर्द्धनप्रतिको प्रतिबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। नेपालका सम्पूर्ण नागरिकहरूका लागि गुणस्तरीय, पहुँचयोग्य तथा दिगो मानसिक स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार, पेशागत संस्था तथा सरोकारवालाबीच थप प्रभावकारी सहकार्य हुने विश्वास लिएका छौँ।

मानसिक स्वास्थ्यमा लगानी, समृद्ध नेपालको आधार।


Society of Mental Health Professionals in Nepal को नियमित मासिक बैठक आज अध्यक्ष Umesh Shiwakoti ज्यूको अध्यक्षतामा सम्पन...
26/03/2026

Society of Mental Health Professionals in Nepal को नियमित मासिक बैठक आज अध्यक्ष Umesh Shiwakoti ज्यूको अध्यक्षतामा सम्पन्न भयो।

Mental Health Professionals Association Nepal  को नियमित बैठक अध्यक्ष Umesh Shiwakoti  ज्यूको अध्यक्षतामा आज विभिन्न निर...
19/01/2026

Mental Health Professionals Association Nepal को नियमित बैठक अध्यक्ष Umesh Shiwakoti ज्यूको अध्यक्षतामा आज विभिन्न निर्णय गरि काठमाडौंमा सम्पन्न भयो।

Mental Health Professionals Association Nepal  का अध्यक्ष Umesh Shiwakoti ज्यू , कोषाध्यक्षMonu Khadka  ज्यू तथा आदरणीय ...
31/12/2025

Mental Health Professionals Association Nepal का अध्यक्ष Umesh Shiwakoti ज्यू , कोषाध्यक्ष
Monu Khadka ज्यू तथा आदरणीय गुरु मनोविद विनोद पौडेल ज्यूको स्वास्थ्य मन्त्रि ज्यू संग विषेश अन्तरकृया ...

पोखरामा "मनोविमर्शकर्ताहरूको प्रथम राष्ट्रिय भेला" सफलताका साथ सम्पन्न
14/12/2025

पोखरामा "मनोविमर्शकर्ताहरूको प्रथम राष्ट्रिय भेला" सफलताका साथ सम्पन्न

“पोखरामा भोलि हुँदै गरेको मनोविमर्शकर्ताहरूको प्रथम राष्ट्रिय भेलाको सफलताको लागि  हार्दिक शुभकामना व्यक्त गर्दछौँ।”
12/12/2025

“पोखरामा भोलि हुँदै गरेको मनोविमर्शकर्ताहरूको प्रथम राष्ट्रिय भेलाको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।”

आज Mental Health Professionals Association Nepal को बैठक अध्यक्ष Umesh Shiwakoti को अध्यक्षतामा बिभिन्न निर्णय पारित गरि...
01/11/2025

आज Mental Health Professionals Association Nepal को बैठक अध्यक्ष Umesh Shiwakoti को अध्यक्षतामा बिभिन्न निर्णय पारित गरि सम्पन्न गरियो।

Address

New Baneshwor
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Society of Mental Health Professionals in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share