Appon Cares

Website

Appon Cares Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Appon Cares, Pharmaceuticals, kathmandu, Kathmandu.

31/08/2026

औषधि सही ठाउँमा राख्नु पनि सुरक्षित उपचारकै हिस्सा हो।

गलत तापक्रम, ओसिलो ठाउँ वा प्रत्यक्ष घामले औषधिको गुणस्तर बिगार्न सक्छ। त्यसैले औषधि सधैं सुक्खा, चिसो, बच्चाले नपुग्ने ठाउँमा र सम्भव भएसम्म आफ्नै प्याकेट वा ब्लिस्टरमै राख्नुहोस्।

रेफ्रिजरेटरमा राख्नुपर्ने औषधि पनि सही तरिकाले भण्डारण गर्नुहोस् र म्याद सकिएको वा बिग्रिएको औषधि प्रयोग नगर्नुहोस्।

📌 औषधि सही तरिकाले सुरक्षित गर्नु भनेको आफ्नै स्वास्थ्य सुरक्षित गर्नु हो।
यस्तै उपयोगी औषधि जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

#स्वास्थ्यसचेतना

31/08/2026

ग्यास्ट्रिक भन्दै जथाभावी औषधि खानु मात्रै समाधान होइन! ⚠️

बारम्बार ग्यास्ट्रिकको समस्या भइरहेको छ भने औषधिमा मात्र भर नपरी आफ्नो दैनिक बानीमा पनि ध्यान दिनु आवश्यक छ। खाली पेटमा चिया–कफी पिउने, लामो समय भोको बस्ने, ढिलो खाना खाने तथा अत्यधिक चिल्लो, पिरो र मसलादार खाना खाने बानी परिवर्तन गर्नुहोस्। 💚

डाक्टरको सल्लाहबिना painkiller वा अन्य औषधि प्रयोग नगर्नुहोस्।

▶️ ग्यास्ट्रिकबाट बच्न अपनाउनुपर्ने महत्वपूर्ण बानी जान्न पूरा भिडियो हेर्नुहोस्।

📌 यो जानकारी आवश्यक पर्ने व्यक्तिसँग Share गर्नुहोस् र थप स्वास्थ्य जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

#स्वास्थ्यसचेतना

31/08/2026

लामो समय औषधि खाँदै हुनुहुन्छ? डाक्टरको सल्लाह आवश्यक छ।

मुटुरोग विशेषज्ञ Prof. Dr. Prakash Raj Regmi का अनुसार, Vitamin, Calcium, gastric medicine वा Steroid जस्ता औषधि लामो समयसम्म आफूखुसी सेवन गर्दा हानिकारक हुन सक्छ।

त्यसैले नियमित परीक्षण र चिकित्सकको परामर्शअनुसार मात्रै औषधि जारी राख्नुहोस्।

▶️ थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।
📌 यस्तै स्वास्थ्य जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

31/08/2026

प्रेसर, सुगर वा कोलेस्ट्रोल कन्ट्रोल भयो भन्दैमा औषधि बीचमै नछोड्नुहोस्।

मुटुरोग विशेषज्ञ Prof. Dr. Prakash Raj Regmi का अनुसार, यी chronic conditions मा औषधि लामो समयसम्म आवश्यक पर्न सक्छ। त्यसैले डाक्टरको सल्लाहबिना औषधि बन्द गर्नु जोखिमपूर्ण हुन सक्छ।

▶️ किन औषधि बीचमै रोक्नु हुँदैन? पूरा भिडियो हेर्नुहोस्।

📌 थप स्वास्थ्य जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

30/08/2026

औषधि आवश्यक छ, तर सही प्रयोग अझ आवश्यक छ।

Senior Consultant Cardiologist Prof. Dr. Prakash Raj Regmi का अनुसार, उपचारका लागि औषधि सेवन गर्नुपर्ने भए पनि विशेषगरी लामो समयसम्म औषधि प्रयोग गर्दा आफूखुसी जारी राख्नु हुँदैन। चिकित्सकसँग समय–समयमा परामर्श गर्दै औषधिको प्रभाव र सम्भावित side effects बारे सचेत रहनु महत्त्वपूर्ण हुन्छ।

उहाँले औषधिको सही र जिम्मेवार प्रयोगबारे जनचेतना फैलाउने APPON Cares अभियानलाई सराहनीय पहलका रूपमा उल्लेख गर्नुभएको छ। 🙌

▶️ पूरा भिडियो हेर्नुहोस् र सुरक्षित औषधि प्रयोगबारे सचेत बनौँ।
📌 थप उपयोगी जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

30/08/2026

औषधि किन्दा यी साना कुरामा ध्यान दिनुहोस् 💊🔍

औषधि किन्दा Batch Number, MFG Date, Expiry Date, label र storage condition जाँच गर्नु महत्त्वपूर्ण हुन्छ। साथै, प्याकेटमा रातो धर्को छ कि छैन र औषधि कुन समूह (क/ख/ग) अन्तर्गत पर्छ भन्ने जानकारी पनि लिनुहोस्।

सही औषधि मात्र होइन, सही अवस्थामा भण्डारण गरिएको औषधि छनोट गर्नु पनि सुरक्षित प्रयोगको हिस्सा हो।

▶️ औषधि किन्दा अरू के–के ध्यान दिने? पूरा भिडियो हेर्नुहोस्।

📌 औषधिसम्बन्धी सही र उपयोगी जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

#स्वास्थ्यसचेतना

29/08/2026

सबै ट्याब्लेट भाँचेर खान मिल्दैन 💊

Pharmacist Phr. Chain Kumar Bajracharya का अनुसार, बीचमा score line भएको ट्याब्लेट आवश्यक अवस्थामा मात्र आधा वा भाग गरेर खान सकिन्छ। तर score नभएको ट्याब्लेट जबर्जस्ती फुटाउँदा dose बराबर नपर्न सक्छ र औषधिको सही मात्रा शरीरमा नपुग्न सक्छ।

▶️ कुन ट्याब्लेट भाँच्न मिल्छ र कुन मिल्दैन? पूरा भिडियो हेर्नुहोस्।
📌 यस्तै औषधिसम्बन्धी सही जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

29/08/2026

दुखाइ कम भयो भन्दैमा Antibiotic बीचमै रोक्नु सुरक्षित होइन

ENT तथा Thyroid Cancer Specialist Dr. Tulika Dubey का अनुसार, टन्सिलको उपचारमा डाक्टरले ५ वा ७ दिनको antibiotic course दिनुभएको छ भने लक्षण कम भए पनि course पूरा गर्नु आवश्यक हुन्छ।

बीचमै औषधि रोक्दा केही bacteria बाँकी रहन सक्छन्, जसले संक्रमण फेरि बल्झिन सक्छ र भविष्यमा त्यही antibiotic ले काम नगर्ने समस्या पनि निम्त्याउन सक्छ।

✅ डाक्टरले दिएको dose र duration पूरा गर्नुहोस्
✅ आफूखुसी antibiotic सुरु वा बन्द नगर्नुहोस्

▶️ Antibiotic किन पूरा course खानुपर्छ? पूरा भिडियो हेर्नुहोस्।
📌 यस्तै उपयोगी स्वास्थ्य जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

#स्वास्थ्यसचेतना

28/08/2026

Enteric-Coated ट्याब्लेट किन भाँचेर वा चपाएर खानु हुँदैन? 💊

Pharmacist Phr. Chain Kumar Bajracharya का अनुसार, Enteric-Coated औषधिमा विशेष coating हुन्छ, जसले औषधिलाई पेट पार गरेर small intestine मा पुगेपछि release हुन मद्दत गर्छ। त्यसैले यस्ता ट्याब्लेटलाई भाँचेर, पिसेर वा चपाएर होइन, सिङ्गै निल्नुपर्छ।

▶️ Enteric-Coated औषधिको सही प्रयोगबारे जान्न पूरा भिडियो हेर्नुहोस्।
📌 यस्तै उपयोगी औषधिसम्बन्धी जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

27/08/2026

SR लेखिएको औषधि किन भाँचेर वा चपाएर खानु हुँदैन? 💊

२४ वर्षको अनुभव भएका Pharmacist Phr. Chain Kumar Bajracharya का अनुसार, SR (Sustained Release) औषधि शरीरमा बिस्तारै औषधि release हुने गरी बनाइएको हुन्छ। त्यसैले यस्ता tablet भाँचेर वा चपाएर खाँदा यसको काम गर्ने समय र प्रभावमा असर पर्न सक्छ।

▶️ SR औषधिको सही प्रयोगबारे बुझ्न पूरा भिडियो हेर्नुहोस्।
📌 यस्तै औषधिसम्बन्धी उपयोगी जानकारीका लागि APPON Cares लाई Follow गर्नुहोस्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Appon Cares posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share