Dr. Santosh Adhikari

Call

Dr. Santosh Adhikari बाल रोग विशेषज्ञ।
Dr. Santosh Adhikari is a dedicated pediatrician with public health Expertise.

He had been involved in different researchs focused on vaccines and infectious diseases, with key studies on vaccine acceptance. बाल रोग विशेषज्ञ
काठमाडौं आधार रहेर बाल बालिका को उपचार गर्ने गरेको छु।
महाराजगन्ज र जोरपाटी क्षत्रमा कार्यरत ।।।

Attention.... Need prevention and promotion
08/09/2026

Attention.... Need prevention and promotion

26/08/2026

विश्व स्वास्थ्य संगठन (WHO) को Infant and Young Child Feeding (IYCF) दिशा-निर्देशन अनुसार ६ महिनादेखि माथिका बच्चाहरूका लागि उमेरअनुसारको पोषण तथा खानाको तालिका तल दिइएको छ:

#६ देखि ९ महिना (पूरक खानाको सुरुवात)
स्तनपान: निरन्तर जारी राख्ने (बच्चाले मागेअनुसार)।
खानाको प्रकार: राम्ररी पिसिएको/मिचिएको नरम लिटो, जाउलो, पाकेको मेवा वा केराको गुदी, र दालको बाक्लो रस।
मात्रा र पटक: दिनको २ देखि ३ पटक (प्रत्येक पटक २-३ ठूलो चम्चाबाट सुरु गरी आधा कचौरासम्म)।
*विशेष ध्यान: सुरुमा एक पटकमा एउटा मात्र नयाँ खाना दिने र ३-४ दिनसम्म एलर्जी छ कि छैन हेर्ने।

# ९ देखि १२ महिना (थप बाक्लो र अलि खस्रो खाना)
स्तनपान: निरन्तर जारी राख्ने।
खानाको प्रकार: साना-साना टुक्रा पारिएको वा हातले मिचिएको खाना।
मसिना पारिएका सागसब्जी, अण्डाको पहेंलो भाग (बाफिएको/उसीनेको), मसिना पारिएको कुखुराको मासु वा माछा।
मसिना पारेर काटिएका नरम फलफूल र नरम रोटीका साना टुक्राहरू।
मात्रा र पटक: दिनको ३ देखि ४ पटक मुख्य खाना + १ पटक पोषिलो खाजा (जस्तै: दही वा फलफूल)। प्रत्येक पटक आधा कचौरा (१२५ मिली)।

#१२ देखि २४ महिना (पारिवारिक खानाको सुरुवात)
स्तनपान: २ वर्ष वा सोभन्दा बढी समयसम्म जारी राख्ने।
खानाको प्रकार: परिवारका अन्य सदस्यले खाने प्रायः सबै प्रकारका सन्तुलित खाना।
पूरै अण्डा, माछा, कम बोसो भएको मासु, दाल, गेडागुडी, पनिर, दही र दूध।
ओट्स, ब्राउन राइस, गहुँको रोटी, हरियो सागसब्जी र मौसमी फलफूल।
बदाम तथा बीउहरू (पिसेर/धूलो बनाएर मात्र दिने)।
मात्रा र पटक: दिनको ३ देखि ४ पटक मुख्य खाना + २ पटक पोषिलो खाजा। प्रत्येक पटक पौने देखि १ कचौरा (२५० मिली)।

# २ वर्षभन्दा माथि (पूर्ण पारिवारिक आहार)
खानाको प्रकार: घरमा पाक्ने सम्पूर्ण पोषिलो खाना।
दाल, भात, रोटी, गेडागुडी, सोयाबिन, हरियो सागसब्जी, दूध, दही, माछा, मासु र अण्डा।
साबुत अन्न तथा सबै प्रकारका मौसमी फलफूल।
मात्रा र पटक: दिनको ३ पटक मुख्य खाना र २ पटक स्वस्थकर खाजा।

विशेष ध्यान दिनु पर्ने: सिङ्गै बदाम, केराउ वा ठूला गेडागुडी नदिने (घाँटीमा अड्किने जोखिम हुने भएकाले मसिनो पारेर वा पिसेर मात्र दिने)।NRC

विश्व स्तनपान सप्ताह।स्तनपान अमृत समानदिगो जिन्दगीको सुरुवात प्रभावकारी स्तनपान।।
01/08/2026

विश्व स्तनपान सप्ताह।
स्तनपान अमृत समान
दिगो जिन्दगीको सुरुवात प्रभावकारी स्तनपान।।

हर हर महादेव। भगवान सधैं दाइना रहुन्।।
15/02/2026

हर हर महादेव।
भगवान सधैं दाइना रहुन्।।

ट्रेडिङ
09/02/2026

ट्रेडिङ

हाम्रा देशको बालबालिका को लागि। बाल बालिका को अधिकार सुनिश्चित गर्न हाम्रो पैरवी।।चुनावी घोषणा पत्र मा समावेश हुनु पर्ने...
09/02/2026

हाम्रा देशको बालबालिका को लागि।
बाल बालिका को अधिकार सुनिश्चित गर्न हाम्रो पैरवी।।

चुनावी घोषणा पत्र मा समावेश हुनु पर्ने

https://www.facebook.com/share/p/1DtUd5yjs3/

HPV भ्याक्सिन लगाऊन सम्पूर्ण मा अपील।।।।।
05/02/2026

HPV भ्याक्सिन लगाऊन सम्पूर्ण मा अपील।।।।।

Victoria museum in Kolkata
31/01/2026

Victoria museum in Kolkata

15/01/2026

स्वास्थ्य बीमा को विभिन्न अस्पताल मा बन्द भएको भन्ने सूचना को मेरो विचार।
1. "स्वास्थ्य बीमा" केवल बीमा को नाम मात्र देखिएको थियो, अहिले उदाङ्गो मात्र हुन खोजेको हो।
2. बीमालाई फोकटको सुविधाको रुपमा सबैलाई बुझाइयो, यो अफ्ठ्यारोको साथी भनेर बुझाउने कोसिस गरिएन।
3. स्वास्थ्य लाई स्टन्ट को रूपमा मात्र राखियो, तसर्थ बीमा त्यसको शिकार भयो।
4. यो बीमा, बीमा नभएर अनुदान हो जसको सीमा हुन्छ अनि श्रोतको जोखिम पनि हुन्छ।
5. बीमा लाई राज्यको कर नीति ले निर्धारण गर्नु पर्ने हुन्छ। यहाँ न्यूनतम ज्याला, वा कुनै मासिक कमाई नहुने देखि देशको ठूलो हिस्सा राजस्व तिर्ने सम्मलाई एउटै प्रीमियम हुनु यसको कमजोरी हो।
6. विभिन्न कर, जोखिम कर तथा कोष लाइब्य व्यवस्थापन गर्न नसक्ने प्रवृत्ति यसको पाटन को कारण हो।
7. बेलामा सेटलमेन्ट गर्न नसक्ने, यसलाई अनुगमन गर्ने यन्त्र कमजोर बनाइनु यसको पतन को कडी हो।
8. अन्य पछि..........

यस्ता फाटले मन सार्है रमाइलो बनाउँछ। यी फाँट मात्र फूलेका होइनन, यी देश सुगन्ध पार्ने तरिका हुन। राज्य फुल्न पर्छ, सबको ...
10/01/2026

यस्ता फाटले मन सार्है रमाइलो बनाउँछ। यी फाँट मात्र फूलेका होइनन, यी देश सुगन्ध पार्ने तरिका हुन।
राज्य फुल्न पर्छ, सबको मन रम्न पर्दछ।।
३०० किमी दूरी पनि यी मनमोहक दृष्यावलोकन पश्चात प्रफुल्लित हुन्छन् क्या... रमाइलो त आखिर यस्तै पल ले गर्ने त हुन....
मन मुटाव होइन, शान्त, सौम्य हौ है....

Address

Jotpati Sankhu Street
Kathmandu
46400

Opening Hours

09:00 - 17:00

Telephone

+9779869398751

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Santosh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category