03/09/2026
Proud to be the Living Family Member 🇳🇵 🇳🇵
भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले Healthy Living Nepal Pvt. Ltd. कम्पनीको तर्फबाट रु. २० लाख सहयोग गरिएको छ।
आज उद्योग मन्त्रालयमा पुगी माननीय उद्योग मन्त्री गौरी यादवज्यूलाई रु. २० लाख को चेक हस्तान्तरण गरेका छौँ।
हाम्रो यो सानो सहयोगले विपद्मा परेका परिवारहरूको जीवनमा थोरै भए पनि राहत, आशा र हौसला थप्न सकोस् भन्ने अपेक्षा राखेको छु।
विपद्मा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको कामना गर्दछु। 🙏
— Tempa Sherpa
Managing Director
Healthy Living Nepal Pvt. Ltd.
🇳🇵