Dr Toshima Karki -Health for All

Dr Toshima Karki -Health for All A General Surgeon, a Doctor
Objectives: The objective of this page is to publish informative content related to health and wellness.

This includes topics like healthcare reform and awareness, social impact areas such as youth and women's health.

“एक पटक जाँच गराएँ, अब फेरि किन जानुपर्‍यो?” गर्भावस्थामा आमा र शिशुको स्वास्थ्य अवस्था हरेक महिनासँगै परिवर्तन हुँदै जा...
09/08/2026

“एक पटक जाँच गराएँ, अब फेरि किन जानुपर्‍यो?”
गर्भावस्थामा आमा र शिशुको स्वास्थ्य अवस्था हरेक महिनासँगै परिवर्तन हुँदै जान्छ। सुरुमा सामान्य देखिएको गर्भावस्थामा पनि पछि नयाँ जोखिम वा जटिलता देखिन सक्छ। त्यसैले एक पटकको जाँच मात्र पर्याप्त हुँदैन।

नेपालको राष्ट्रिय प्रोटोकलअनुसार गर्भवती महिलाले गर्भावस्थामा ८ पटक गर्वको जाँच/ANC स्वास्थ्य सम्पर्क गर्नुपर्छ।

८ पटकको ANC, कहिले - कहिले जाने?
१. पहिलो सम्पर्क: गर्भावस्था पुष्टि भएपछि सकेसम्म चाँडै, १२ हप्ताभित्र
गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक योजना बनाउने समय।
२. दोस्रो सम्पर्क: १६ हप्तामा
३. तेस्रो सम्पर्क: २०–२४ हप्तामा
४. चौथो सम्पर्क: २८ हप्तामा
५. पाँचौँ सम्पर्क: ३२ हप्तामा
६. छैटौँ सम्पर्क: ३४ हप्तामा
७. सातौँ सम्पर्क: ३६ हप्तामा
८. आठौँ सम्पर्क: ३८–४० हप्तामा

प्रत्येक ANC भेटमा के हुन्छ?
हरेक पटक सबै जाँच एउटै नहुन सक्छ। आमा र शिशुको अवस्था तथा गर्भावस्थाको चरणअनुसार स्वास्थ्यकर्मीले आवश्यक सेवा दिनुहुन्छ।
यसमा सामान्यतया:
🩺 रक्तचाप र तौल जाँच
🩸 आवश्यकताअनुसार रगत तथा पिसाब परीक्षण
👶 शिशुको वृद्धि र मुटुको धड्कनको निगरानी
💊 Iron–Folic Acid, Calcium लगायत आवश्यक सेवा तथा परामर्श
💉 आवश्यक खोप तथा अन्य प्रतिरक्षण सेवा
🥗 पोषण, सरसफाइ र स्वस्थ जीवनशैली सम्बन्धी परामर्श
🏥 सुरक्षित प्रसूति तथा आपतकालीन अवस्थाको तयारी

तर…......
ANC को मिति पर्खेर मात्र बस्नु हुँदैन।
यदि रक्तस्राव, अत्यधिक टाउको दुखाइ, आँखा धमिलो देखिने, पेटमा धेरै दुखाइ, पानी बग्ने वा बच्चाको चाल कम हुने जस्ता समस्या देखिएमा अर्को निर्धारित ANC भेट नकुर्नुहोस्, तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

#गर्भावस्थास्वास्थ्य #सुरक्षितमातृत्व

गर्भावस्थामा स्वास्थ्य (ANC) जाँच कति महत्वपूर्ण छ?“ गर्व रहेको भर्खर पहिलो/दोस्रो महिना त भयो अहिले किन जाँच गर्नु पर्य...
08/08/2026

गर्भावस्थामा स्वास्थ्य (ANC) जाँच कति महत्वपूर्ण छ?
“ गर्व रहेको भर्खर पहिलो/दोस्रो महिना त भयो अहिले किन जाँच गर्नु पर्यो। मलाई केही समस्या त छैन। "
गर्भावस्थामा धेरैले सोच्ने यही हुन् सक्छ।
तर वास्तविकता के हो भने, सबै स्वास्थ्य समस्या लक्षण देखाएर मात्र आउँदैनन्। केही जोखिमहरू समयमै जाँच नगरेसम्म थाहा नहुन सक्छन् र वास्तवमा गर्व रहेको पुष्टी गर्न अत्यन्तै महतत्वपूर्ण हुन्छ।
त्यसैले नियमित ANC (Antenatal Care) जाँच भनेको समस्या भएपछि उपचार गर्ने मात्र होइन, समस्या आउनुअघि नै जोखिम पहिचान गर्ने सुरक्षा कवच हो।
🇳🇵 नेपालको राष्ट्रिय प्रोटोकलअनुसार गर्भवती महिलाले गर्भावस्थामा ८ पटक ANC स्वास्थ्य सम्पर्क/जाँच गर्नुपर्छ।

🩺 ANC जाँचमा के–के हेरिन्छ?
👩‍🍼 आमाको स्वास्थ्य
रक्तचाप, तौल, रक्तअल्पता लगायतका स्वास्थ्य समस्या।
👶 शिशुको अवस्था
शिशुको वृद्धि, विकास तथा मुटुको धड्कनको निगरानी।
🔍 सम्भावित जोखिम
गर्भावस्थामा हुन सक्ने जटिलता समयमै पहिचान।
💊 पोषण र आवश्यक औषधि
Iron–Folic Acid, Calcium लगायत आवश्यक सेवाबारे परामर्श।
💉 खोप तथा परीक्षण
गर्भावस्थामा आवश्यक प्रतिरक्षण र screening सम्बन्धी सेवा।
🏥 सुरक्षित प्रसूतिको तयारी
कहाँ र कहिले स्वास्थ्य संस्थामा जाने तथा सम्भावित आपतकालीन अवस्थाका लागि तयारी।

⏰ पहिलो ANC कहिले?
गर्भावस्था पुष्टि भएपछि सकेसम्म चाँडै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
समयमै पहिलो ANC ले आवश्यक परीक्षण, पोषण, औषधि तथा आगामी स्वास्थ्य सम्पर्कहरूको योजना बनाउन मद्दत गर्छ।

📊 नेपालको अवस्था
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार:
➡️ ८१% ले कम्तीमा ४ पटक ANC जाँच गराएका थिए।
➡️ ७३% ले पहिलो त्रैमासिकमै ANC सुरु गरेका थिए।

* यस पृष्ठसँग सम्बन्धित बाँकीको जानकारी भोलि प्रस्तुत गरिनेछ।
थप जानकारीका लागि प्रतिक्षा गर्नुहोला।

07/08/2026

*संसदीय समितीमा*
१) प्रत्येक अस्पतालमा विपन्न नागरीकका लागी १०% निःशुल्क शैय्या/उपचार गर्ने कार्यक्रम अन्तर्गत सरकारले Digital Portal बनाएर Real Time अपडेट राख्ने गरेको छ, जुन सकारात्मक विषय हो तर पनि नागरिकहरूले यो सेवा सहि तरिकाले उपयोग गर्न पाइरहेका छैनन्। यस विषयमा गर्नुपर्ने के हो, कसरी गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयलाई सुझाब सहित ध्यानाकर्षण गराएको छु।

२) देशैभरि डाइलाइसिस (Dialysis)गर्नुपर्ने बिरामीले भोग्नुपरेको कष्ट, सङ्घर्ष साथै निःशुल्क डाइलाइसिसको प्रावधान सरकार मार्फत हुँदा हुँदै पनि बिरामीहरूले निकै महँगो खर्च तिरेर डाइलाइसिस गर्नुपर्ने र कतिपय अवस्थामा त पैसा तिर्छु भन्दा पनि डाइलाइसिस सेवा उपलब्ध नभएको अन्यायपूर्ण र कष्टकर अवस्थामा यस विषयको समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई सुझाब सहित ध्यानाकर्षण गराएको छु।

शिशुलाई स्तनपान गराउँदा कति दूध खुवाइयो भन्दा पनि कसरी खुवाइयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।स्तनपान गराउँदा केवल दूध खु...
05/08/2026

शिशुलाई स्तनपान गराउँदा कति दूध खुवाइयो भन्दा पनि कसरी खुवाइयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
स्तनपान गराउँदा केवल दूध खुवाउनु मात्र होइन, सही अवस्था (Position) र सही तरिका (Latch) पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसले शिशुले पर्याप्त दूध पाउन, आमालाई सहज हुन र स्तनपान सफल बनाउन मद्दत गर्छ।

✅ स्तनपान गराउने सही अवस्था (Position)
✔️ शिशुको टाउको, घाँटी र शरीर एउटै सिधा लाइनमा हुनुपर्छ।
✔️ शिशुको पेट आमाको पेटतर्फ फर्किएको हुनुपर्छ।
✔️ शिशुलाई स्तनतर्फ ल्याउनुहोस्, स्तनलाई शिशुतर्फ नझुकाउनुहोस्।
✔️ आमा आरामदायी रूपमा बस्ने वा सुत्ने र ढाड तथा हातलाई राम्रोसँग सहारा दिने।

✅ स्तनपान गराउने सही तरिका (Latch)
🟢 शिशुको मुख ठूलो खुलाएर निप्पलसँगै वरिपरिको गाढा भाग (Aerolar) को धेरै भाग पनि मुख भित्र पर्ने गरी चुस्न लगाउनुहोस्।
🟢 शिशुको चिउँडो स्तनमा छोएको र नाक खुला रहने अवस्था राम्रो मानिन्छ।
🟢 चुसाइ गहिरो र बिस्तारै हुनुपर्छ, आमालाई धेरै दुखाइ हुनु हुँदैन।
💡 याद राख्नुहोस्:
• शिशुले मागेअनुसार दिन–रात स्तनपान गराउनुहोस्।
• एउटा स्तन राम्रोसँग खाली भएपछि मात्र अर्को स्तन दिनुहोस्।
• पहिलो ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनुहोस्।

स्तनपान: शिशु र आमा दुवैका लागि अमूल्य उपहारआमाको दूध शिशुको पहिलो र सबैभन्दा सुरक्षित आहार हो जसले रोगसँग लड्ने शक्ति र...
04/08/2026

स्तनपान: शिशु र आमा दुवैका लागि अमूल्य उपहार
आमाको दूध शिशुको पहिलो र सबैभन्दा सुरक्षित आहार हो जसले रोगसँग लड्ने शक्ति र स्वस्थ्य भविष्य सुनिश्चित गर्छ।

स्तनपान शिशु र आमाका लागि किन आवश्यक छ ?

👶 शिशुका लागि
* जन्मदेखि ६ महिनासम्म आवश्यक सबै पोषक तत्त्व आमाको दूधमै हुन्छ।
* रोग प्रतिरोधात्मक क्षमता बढाएर झाडापखाला, निमोनिया र अन्य संक्रमणबाट जोगाउन मद्दत गर्छ।
* मस्तिष्कको विकास र सिकाइ क्षमतालाई मजबुत बनाउँछ।
* स्वस्थ शारीरिक वृद्धि र विकासमा सहयोग गर्छ।
* भविष्यमा मोटोपना, मधुमेह र केही दीर्घरोगको जोखिम कम गर्न मद्दत गर्छ।

🤱 आमाका लागि
* बच्चा जन्मिएपछि पाठेघर छिट्टै सामान्य अवस्थामा फर्किन सहयोग गर्छ।
* प्रसूति पछिको रक्तस्राव कम गर्न मद्दत गर्छ।
* स्तन र डिम्बाशयको क्यान्सर हुने जोखिम घटाउन सहयोग पुर्‍याउँछ।
* गर्भावस्थामा बढेको तौल घटाउन सहयोगी हुन्छ।
* आमा र शिशुबीचको माया, विश्वास र आत्मीय सम्बन्ध अझ गहिरो बनाउँछ।

स्तनपान बारे समाज धेरै भ्रमहरु छन्। तिनलाई हामी चिर्ने कोशिस गर्दैछौँ।१)बच्चा जन्मिएपछि आउने पहेंलो बाक्लो दूध/बिगौती दू...
03/08/2026

स्तनपान बारे समाज धेरै भ्रमहरु छन्। तिनलाई हामी चिर्ने कोशिस गर्दैछौँ।

१)बच्चा जन्मिएपछि आउने पहेंलो बाक्लो दूध/बिगौती दूध/ colostrum लाई धेरैले फाल्ने गरेको पाईन्छ तर यो शिशुको पहिलो प्राकृतिक खोप हो। यसमा रोगसँग लड्ने शक्तिशाली प्रतिरक्षात्मक तत्व (Antibodies) हुन्छन्। यसलाई कहिल्यै फाल्नु हुँदैन।

२)सानो स्तन हुने आमाको दूध कम आउँछ भन्ने भ्रम छ तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, स्तनको आकारले दूध उत्पादन निर्धारण गर्दैन। बरु शिशुले बारम्बार चुस्दा शरीरले आवश्यकताअनुसार दूध उत्पादन गरिरहेको हुन्छ। त्यसैले शिशुलाई पर्याप्त मात्रामा कम्तिमा दुई दुई घण्टामा दूध चुसाउनुपर्छ।

३)स्तनपान गराउँदा आमालाई धेरै खानेकुराबाट बन्चित गर्न खोजिन्छ तर वास्तवमा स्तनपान गराईरहेकी आमाले झन् सन्तुलित, पोषिलो र पर्याप्त खाना तथा पानी सेवन गर्नुपर्छ। चिकित्सकले निषेध नगरेसम्म अधिकांश सामान्य खाना सबै खान सकिन्छ।

४)बच्चा बिरामी हुँदा स्तनपान रोक्नुपर्ने होकी भन्ने भ्रम छ तर बच्चा बिरामी हँदा पनि स्तनपान रोक्नुहुदैन, बरु स्तनपान जारी राख्नुपर्छ। आमाको दूधले बच्चालाई संक्रमणसँग लड्न मद्दत गर्छ। विशेष अवस्था भए चिकित्सकको सल्लाह लिनुहोस्।

स्तनपान सम्बन्धी केही महत्त्वपूर्ण जानकारी :
✔️ जन्मेको १ घण्टाभित्र स्तनपान सुरु गराउने।
✔️ ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाने।
✔️ ६ महिनापछि पोषिलो थप आहार सुरु गर्दै २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिने।

अटुट सत्य : आमाको दूध शिशुको पहिलो खोप, पहिलो पोषण र पहिलो सुरक्षा हो।

मर्यादित महिनावारी (Dignified Menstruation) भन्नाले हरेक किशोरी र महिलाले महिनावारीका बेला सुरक्षित, सम्मानजनक, भेदभावरह...
31/07/2026

मर्यादित महिनावारी (Dignified Menstruation) भन्नाले हरेक किशोरी र महिलाले महिनावारीका बेला सुरक्षित, सम्मानजनक, भेदभावरहित र आवश्यक स्वास्थ्य सामग्री, जानकारी तथा सुविधा सहित आफ्नो दैनिक जीवन सहज रूपमा बिताउन पाउने अवस्था हो। यसमा लाज, अपमान, विभेद वा कुनै प्रकारको अवरोध हुनु हुँदैन।
महिनावारीमा मर्यादा किन आवश्यक छ?
महिनावारी केवल स्वास्थ्यको विषय होइन, मानव अधिकार, समानता र सम्मानको विषय पनि हो। महिनावारीसँग जोडिएका विभेद, लाञ्छना र गलत मान्यताले महिलाको मर्यादा, स्वास्थ्य र अवसरमा असर पुर्‍याउँछ।
नेपालमा अझै धेरै महिलाले सुरक्षित महिनावारी सामग्री र WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) सुविधाको अभावका कारण कपडाको प्रयोग गर्न बाध्य छन्, जसले स्वास्थ्य जोखिम बढाउँछ।
नेपालका विभिन्न जातजाति र समुदायमा महिनावारीसम्बन्धी फरक–फरक विश्वास र अभ्यास छन्। त्यसैले मर्यादित महिनावारी सुनिश्चित गर्न सबैको अनुभवलाई सम्मान गर्दै समावेशी नीति, शिक्षा र सेवाको विकास आवश्यक छ।
मर्यादित महिनावारी भनेको हरेक किशोरी र महिलाले भेदभाव, लाज र अवरोधबिना सुरक्षित, सम्मानजनक र स्वस्थ रूपमा महिनावारी व्यवस्थापन गर्न पाउने अधिकार हो।

30/07/2026
🌸 महीनावारी सुक्नु/ Menopause अन्त्य होइन, नयाँ सुरुवात हो! करिब ४५–५५ वर्षको उमेरमा महिलाहरूमा महिनावारी स्थायी रूपमा ब...
28/07/2026

🌸 महीनावारी सुक्नु/ Menopause अन्त्य होइन, नयाँ सुरुवात हो!
करिब ४५–५५ वर्षको उमेरमा महिलाहरूमा महिनावारी स्थायी रूपमा बन्द हुने अवस्थालाई रजोनिवृत्ति (Menopause) भनिन्छ। यस समयमा शरीरमा हुने हर्मोनको परिवर्तनले तातो महसुस हुने (Hot flashes), राति पसिना आउने, निद्रा नलाग्ने, मुड परिवर्तन हुने, हड्डी कमजोर हुने जस्ता परिवर्तन देखिन सक्छन्। तर सही खानपान र जीवनशैली अपनाएमा यो चरणलाई सहज बनाउन सकिन्छ।

रजोनिवृत्तिको समयमा अपनाउनुपर्ने बानीहरू:
🥛 क्याल्सियम र भिटामिन D युक्त खाना खानुहोस्।
दूध, दही, पनिर, सागसब्जी, तिल, माछा तथा घाममा केही समय बस्ने बानीले हड्डी बलियो राख्न मद्दत गर्छ।
🥗 सन्तुलित आहार रोज्नुहोस्।
हरियो सागसब्जी, फलफूल, सम्पूर्ण अन्न, दाल, गेडागुडी र स्वस्थ बोसोयुक्त खानेकुरा नियमित खानुहोस्।
🚶‍♀️ हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक गतिविधि गर्नुहोस्।
हिँड्ने, योग, वा हल्का व्यायामले तौल नियन्त्रण, मुटुको स्वास्थ्य र मानसिक स्फूर्ति बढाउँछ।
💧 पर्याप्त पानी पिउनुहोस्।
शरीरमा पानीको मात्रा सन्तुलित राख्दा थकान र केही असहज लक्षण कम गर्न मद्दत हुन सक्छ।
😴 पर्याप्त निन्द्रा पुर्याउनुहोस्।
नियमित समयमा सुत्ने र उठ्ने बानीले राम्रो आराम र मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउँछ।
🚭 धूम्रपान र अत्यधिक मदिराबाट टाढा रहनुहोस्।
यी बानीहरूले हड्डी र मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन्।
🧘 तनाव व्यवस्थापन गर्नुहोस्।
ध्यान, योग, गहिरो सास फेर्ने अभ्यास वा आफूलाई मनपर्ने गतिविधिमा समय बिताउनुहोस्।
🩺 नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्।
रक्तचाप, मधुमेह, हड्डीको स्वास्थ्य, स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी आवश्यक जाँच समयमै गराउनुहोस्।
रजोनिवृत्ति कुनै रोग होइन, जीवनको स्वाभाविक चरण हो। सही जानकारी, स्वस्थ जीवनशैली र परिवारको साथले यो यात्रालाई सहज र स्वस्थ बनाउन सकिन्छ। हरेक आमा तथा दिदीबहिनीलाई यो यात्रामा साथ, सहयोग र हौसल प्रदान गरौँ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Dr Toshima Karki -Health for All posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share