17/05/2026
डाईवेटिक न्युरोप्याथी
डाईवेटिक अर्थात चिनी रोग भएका बिमारीहरुको रगतमा बगिरहेको चिनी स्नायुमा पस्यो भने त्यसबाट उत्पन्न हुने समस्यालाई डाईवेटिक न्युरोप्याथी भनिन्छ ।
रक्तनली जस्तो तरल पदार्थ बग्ने नशा स्नायु होईन । यो मस्तिष्कबाट आउने नशा हो, जसमा विद्युतीय तरंगहरु मात्र बग्ने गर्दछन् । यस भित्र रगतको माध्यमबाट पसेको रगत बगेर बाहिर निस्कन सक्दैन । र, क्रमश: स्नायुलाई कमजोर बनाउने वा त्यसको काममा बाधा पुऱ्याउने कार्य गर्न थाल्दछ ।
हाम्रो शरीरमा स्नायुले दुई प्रकारले कार्य गर्दछन्: Motor function र Sensory function। डाईवेटिक न्युरोप्याथीमा यी दुवै वा कुनै एक कार्यसँग सम्बन्धित समस्याहरु उत्पन्न हुन सक्दछन् । मोटर फङ्गसनमा समस्या उत्पन्न हुँदा माँशपेशी कमजोर हुने गर्दछ । सेन्सरी फङ्गसनमा समस्या आउँदा झमझमाउने, पोल्ने दुख्ने, लाटो हुने जस्ता समस्या देखिने गर्दछन् ।
डाईवेटिक निको नहुनसक्छ । तर, समयमै उपचार गरियो भने डाईभेटिक न्युरोप्याथी नियन्त्रण गर्न वा निको पार्न सकिन्छ । यसकालागि रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने र उपयुक्त फिजियोथेरापी उपचार गर्ने गर्नुपर्दछ ।
औषधिले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ भने फिजियोथेरापीले कमजोर मांशपेशीलाई बलीयो बनाउने, झमझमाउने, पोल्ने, दुख्ने, लाटो हुने जस्ता समस्याको निराकरण गर्न मद्दत गर्दछ ।
सम्पर्कका लागि 👇
📍 Kanti Marg, Maharajgunj, Kathmandu
🌐 www.saharahospital.com.np
📞 +977-9763697875 | 01-4510335 | 01-4510245
#डाईवेटिकन्युरोप्याथी #चिनीरोग #स्नायुरोग #फिजियोथेरापी