Madhyabindu Provincial Hospital

Madhyabindu Provincial Hospital A government hospital determined to provide effective health services that with a well commited team

मध्यविन्दु प्रादेशिक अस्पतालमा Laparoscopy (दुर्बिन)मार्फत शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ।आधुनिक प्रविधिसहित गुणस्तरी...
02/09/2026

मध्यविन्दु प्रादेशिक अस्पतालमा Laparoscopy (दुर्बिन)मार्फत शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ।
आधुनिक प्रविधिसहित गुणस्तरीय शल्यक्रिया सेवा, सुरक्षित उपचार र छिटो स्वास्थ्यलाभका लागि।

#मध्यविन्दु_प्रादेशिक_अस्पताल #दुर्बिन_शल्यक्रिया

नवजात शिशुको विशेष हेरचाह र उपचारका लागि NICU तथा SNCU सेवा।मध्यविन्दु प्रादेशिक अस्पतालमा उपलब्ध NICU तथा SNCU सेवामार्...
02/09/2026

नवजात शिशुको विशेष हेरचाह र उपचारका लागि NICU तथा SNCU सेवा।
मध्यविन्दु प्रादेशिक अस्पतालमा उपलब्ध NICU तथा SNCU सेवामार्फत नवजात शिशुको सुरक्षित र गुणस्तरीय उपचारमा निरन्तर सेवा प्रदान गर्दै।

#मध्यविन्दु_प्रादेशिक_अस्पताल

सूचनाविषय: विपद् व्यवस्थापन सम्बन्धी फोकल पर्सन तोकिएको सम्बन्धमा। #मध्यविन्दु_प्रादेशिक_अस्पताल  #विपद्_व्यवस्थापन     ...
01/09/2026

सूचना
विषय: विपद् व्यवस्थापन सम्बन्धी फोकल पर्सन तोकिएको सम्बन्धमा।

#मध्यविन्दु_प्रादेशिक_अस्पताल #विपद्_व्यवस्थापन

31/08/2026

शव गाड्नु भनेको शव नष्ट गर्नु होइन।
शव व्यवस्थापन कसरी गरिदैंछ ?मध्यबिन्दु प्रादेशिक अस्पतालबाट स्थलगत जानकारी दिदैं हुनुहुन्छ डा. सृजना कुवरः
हाम्रो उद्देश्य: शव नष्ट गर्नु होइन, पहिचान सुरक्षित राख्नु र परिवारलाई सम्मानजनक अन्तिम संस्कारको अवसर दिनु।
कृपया अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री शेयर नगरौं।

कर्तव्यभन्दा माथि मानवता। 🙏संवेदनशील र कठिन परिस्थितिका बीच पनि मध्यविन्दु प्रादेशिक अस्पतालका कर्मचारीहरू निरन्तर सेवाम...
30/08/2026

कर्तव्यभन्दा माथि मानवता। 🙏

संवेदनशील र कठिन परिस्थितिका बीच पनि मध्यविन्दु प्रादेशिक अस्पतालका कर्मचारीहरू निरन्तर सेवामा समर्पित छन्।

हेल्पडेस्कमा सूचना तथा समन्वयदेखि (DNA) डीएनए नमुना संकलनसम्म, हरेक जिम्मेवारीमा हाम्रो टोली धैर्य, संवेदनशीलता र कर्तव्यनिष्ठाका साथ खटिरहेको छ।

यस कठिन समयमा निःस्वार्थ रूपमा खटिनुहुने सम्पूर्ण कर्मचारीप्रति हार्दिक सम्मान तथा आभार। ❤️🙏

- मध्यविन्दु प्रादेशिक अस्पताल
नवलपरासी (ब. सु. पू.), गण्डकी प्रदेश, नेपाल

#मध्यविन्दुप्रादेशिकअस्पताल #कर्तव्यभन्दा_माथि_मानवता #मानवीयसेवा ुनासंकलन #सेवामासमर्पण #नवलपरासी

30/08/2026

पहिचान नभएका शवबारे फैलिएका भ्रम र तथ्यबारे जानौँ।

पहिचान नभएका शवसम्बन्धी फैलिएका विभिन्न भ्रम, जिज्ञासा तथा वास्तविक तथ्यहरूबारे फरेन्सिक विशेषज्ञ डा. सृजना कुँवरबाट जानौँ।

विश्वसनीय जानकारीका लागि भिडियो पूरा हेर्नुहोस् र आवश्यक व्यक्तिसम्म साझा गर्नुहोस्।

#मध्यविन्दुप्रादेशिकअस्पताल #पहिचाननभएकाशव #भ्रमरतथ्य #सहीसूचना #जनचेतना #मानवीयसेवा

फरेन्सिक टोलीको नेतृत्वमा पोस्टमार्टम तथा डीएनए (DNA) नमुना संकलन सेवा निरन्तरआज दोस्रो दिन मध्यविन्दु प्रादेशिक अस्पताल...
30/08/2026

फरेन्सिक टोलीको नेतृत्वमा पोस्टमार्टम तथा डीएनए (DNA) नमुना संकलन सेवा निरन्तर

आज दोस्रो दिन मध्यविन्दु प्रादेशिक अस्पतालमा फरेन्सिक टोलीको उपस्थितिमा पोस्टमार्टम तथा डीएनए नमुना संकलन सेवा निरन्तर सञ्चालन भइरहेको छ।

डा. सृजना कुँवर, डा. शर्मिला गुरुङ तथा डा. विशाल शाहानीको नेतृत्वमा आएको फरेन्सिक टोलीसँगै अस्पतालका मेडिकल अफिसर चिकित्सकहरू, डेन्टल अफिसरहरू, नर्सिङ टोली, नेपाल प्रहरी, कार्यालय सहयोगी तथा अन्य सहयोगी कर्मचारीहरू समन्वय र सहकार्य सेवामा खटिनुभएको छ।

यस संवेदनशील कार्यमा संलग्न सम्पूर्ण फरेन्सिक टोली र सहयोगी हातहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

- मध्यविन्दु प्रादेशिक अस्पताल
नवलपरासी (ब. सु. पू.), गण्डकी प्रदेश, नेपाल

#मध्यविन्दुप्रादेशिकअस्पताल #फरेन्सिकसेवा #पोस्टमार्टम #डीएनएनमुनासंकलन #स्वास्थ्यसेवा #समन्वय #मानवीयसेवा

तपाईंको एक सेयरले कसैलाई आफ्ना आफन्तसम्म पुग्न सहयोग गर्न सक्छ। 🙏दिवंगत व्यक्तिहरूको पहिचानका लागि राखिएका तस्बिरहरू साइ...
30/08/2026

तपाईंको एक सेयरले कसैलाई आफ्ना आफन्तसम्म पुग्न सहयोग गर्न सक्छ। 🙏
दिवंगत व्यक्तिहरूको पहिचानका लागि राखिएका तस्बिरहरू साइटमा ( https://sites.google.com/view/mbph-disaster-information/home )निरन्तर अद्यावधिक/update भइरहेका छन्।
🔹 QR कोड स्क्यान गरी updated तस्बिरहरू हेर्नुहोस्।
🔹 आफन्तको खोजीमा रहेका तथा आवश्यक पर्न सक्ने व्यक्तिहरूसम्म यो सूचना तथा QR कोड अवश्य साझा गरिदिनुहोस्।

- मध्यविन्दु प्रादेशिक अस्पताल
नवलपरासी (ब. सु. पू.), गण्डकी प्रदेश, नेपाल

#मध्यविन्दुप्रादेशिकअस्पताल #आफन्तकोखोजी #पहिचान #सूचनासाझेदारी #मानवीयसेवा #नवलपरासी

आफन्तको खोजीमा सहयोगी बनौँ। 🙏QR कोड स्क्यान गरी पहिचान चिन्ह हेर्नुहोस् र आफ्ना आफन्तको खोजी गर्नुहोस्।- मध्यविन्दु प्रा...
30/08/2026

आफन्तको खोजीमा सहयोगी बनौँ। 🙏
QR कोड स्क्यान गरी पहिचान चिन्ह हेर्नुहोस् र आफ्ना आफन्तको खोजी गर्नुहोस्।
- मध्यविन्दु प्रादेशिक अस्पताल
नवलपरासी (ब. सु. पू.), गण्डकी प्रदेश, नेपाल

#मध्यविन्दुप्रादेशिकअस्पताल #आफन्तकोखोजी #पहिचान #नवलपरासी #मानवीयसेवा

Address

Kawasoti Municipal Ward No. 16
Nawalpur

Telephone

078418046

Website

Alerts

Be the first to know and let us send you an email when Madhyabindu Provincial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Madhyabindu Provincial Hospital:

Shortcuts

Share

Category