13/12/2024
फत्तेबालमा 5 वटा अत्याधुनिक Modular Operation Theater निर्माण
अस्पतालद्वारा प्रदान गरिने आंखा उपचार सेवाको निरन्तर गुणस्तर सुधार गर्ने क्रममा फत्तेबाल आंखा अस्पताल, फुल्टेक्रा, नेपालगंजले 5 वटा अत्याधुनिक मॉड्यूलर ओटी निर्माण गरेको छ I
Turkish Cooperation & Coordination Agency (TIKA) को आर्थिक सहभागितामा निर्मित उक्त 5 वटा मोडुलर शल्यक्रिया कक्ष बुधवार एक समारोहका बीच TIKA का Deputy Coordinator Mr Muhammad Ali Armagan ले अस्पताललाई हस्तान्तरण गर्नु भयो।
करीब रू. ३ करोडको लागतमा अस्पतालमा उक्त ५ वटा मोडुलर शल्यक्रिया कक्षको निर्माण संगै अब कुनै किसिमको संक्रमण बिना अस्पातलले विशिष्टीकृत शल्यकृया सेवाहरु Retina, Cornea, Oculoplasty, phaco, Pediatric Surgery गर्न सजिलो भएको छ I यस किसिमको अत्याधुनिक Modular OT नेपाल नेत्रज्योति संघ अन्तर्गतका अस्पतालहरूमा भरतपुर पछि फत्तेबाल दोस्रो र पश्चिम नेपालको पहिलो भएको छ I