27/08/2026
A Humble Request 🙏
रसुवामा भएको विनाशकारी बाढी/पहिरोले धेरै परिवारलाई अपूरणीय पीडा र शोकमा पुर्याएको छ। यस्तो दुःखद अवस्थामा मृतकका हात, खुट्टा वा शरीरका अंगहरू देखिने फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट वा शेयर नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
यस्ता दृश्यहरू हेर्दा पीडित परिवार, आफन्त तथा आम सर्वसाधारणमा गहिरो मानसिक आघात (trauma), डर, तनाव र दीर्घकालीन मानसिक असर पर्न सक्छ। विशेषगरी आफ्ना प्रियजनको खोजीमा रहेका परिवारका लागि यस्ता तस्बिरहरू झनै पीडादायी हुन सक्छन्।
📌 समाचार तथा सूचना शेयर गर्दा मानवीय संवेदना र गोपनीयताको सम्मान गरौँ।
📌 ग्राफिक फोटो/भिडियोको सट्टा आवश्यक सूचना, उद्धार तथा राहतसम्बन्धी जानकारी शेयर गरौँ।
📌 पीडित परिवारको दुःखलाई थप पीडामा नबदलौँ।
मानवीयता भनेको दुःख देखाउनु मात्र होइन, दुःखमा परेकाको पीडाको सम्मान गर्नु पनि हो। 🙏