05/09/2026
**झापा र कैलालीमा जापानीज ईन्सेफलाईटिस (JE) रोग विरुद्धको खोप अभियान**
JE संक्रमणका कारण बिरामी र मृत्यु बढेपछि सरकारले पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दैछ।
JE संक्रमित ३ जनामध्ये;
* १ जनाको मृत्यु हुन सक्छ।
* १ जनामा दीर्घकालीन अपाङ्गता हुन सक्छ।
३० वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि
* ३० वर्ष वा माथिको उमेर समूहमा पर्नुहुन्छ भने JE खोप लगाउनुहोस्।
पहिलो चरण: झापा जिल्ला र कैलालीका ३ पालिका:
* झापा जिल्ला: झापा जिल्लाका सबै पालिका
* कैलालीका ३ पालिका:
* धनगढी उपमहानगरपालिका
* लम्किचुहा नगरपालिका
* घोडाघोडी नगरपालिका
➔ पछि अन्य JE प्रभावित जिल्लामा पनि अभियान सञ्चालन गरिनेछ।
खोप अभियानको मिति, समय र स्थानबारे जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्।
JE बाट बचौं—खोप लगाऔं, सुरक्षित रहौं।
थप जानकारीको लागि:
हेलो स्वास्थ्यको टोल फ्रि नं १११५ मा सम्पर्क गरौ।
(राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)