30/01/2026
🦠 Nipah Virus (निपाह भाइरस) बारे जानकारी 🦠
निपाह भाइरस एकदमै खतरनाक र ज्यानसम्म लिन सक्ने भाइरस हो, जसले मुख्य रूपमा दिमाग (Brain) र श्वासप्रश्वास प्रणाली (Lungs) मा गम्भीर असर गर्छ। यो जनावरबाट मानिसमा सर्ने (Zoonotic Virus) भाइरस हो।
🔴 निपाह भाइरस कसरी सर्छ ?
▪️ फल खाने चमेरा (Fruit Bat) बाट
▪️ चमेराले खाएको फल वा जुठो फल खाँदा
▪️ कच्चा खजुर (ताडी) को रस पिउँदा
▪️ संक्रमित सुँगुरबाट
▪️ संक्रमित मानिससँग नजिकको सम्पर्क हुँदा (मानिस–मानिसमा पनि सर्न सक्छ)
🤒 निपाह भाइरसका लक्षणहरू
🔹 ज्वरो
🔹 टाउको दुख्ने
🔹 बान्ता, वाकवाकी
🔹 शरीर दुख्ने
⚠️ गम्भीर अवस्थामा
▪️ सास फेर्न गाह्रो
▪️ अलमलिनु / बेहोस हुनु
▪️ दिमाग सुन्निने (Encephalitis)
▪️ कोमा र मृत्यु समेत हुन सक्छ
💊 उपचार र खोप
❌ अहिलेसम्म निपाह भाइरसको खास औषधि वा खोप उपलब्ध छैन
✅ उपचार भनेको ICU care, Oxygen, र supportive treatment मात्र हो
👉 समयमै अस्पताल पुगे ज्यान बच्ने सम्भावना बढ्छ
🛡️ निपाह भाइरसबाट बच्ने उपायहरू
✔️ चमेराले खाएको फल नखाने
✔️ कच्चा खजुरको रस नपिउने
✔️ फल राम्रोसँग धोएर मात्र खाने
✔️ बिरामी मानिससँग नजिक सम्पर्क नगर्ने
✔️ हात साबुन पानीले बारम्बार धुने
✔️ शंकास्पद लक्षण देखिए तुरुन्त अस्पताल जाने
📍 निपाह भाइरस देखिएका देशहरू
भारत 🇮🇳
बंगलादेश 🇧🇩
दक्षिण–पूर्वी एसियाका केही देशहरू
⚠️ सावधानी नै सुरक्षा हो
जानकारी शेयर गरौं, आफू पनि बचौं अरूलाई पनि बचाऔं 🙏