Rajneesh Teertha Ashram

Rajneesh Teertha Ashram "Rajaneesh Teertha Dhyan Kendra is a spiritual center dedicated to meditation, inner transformation, and the teachings of Osho.

A sacred space for seekers of peace, awareness, and freedom."

12/09/2026

With Suraj Pratap Khand – I just got recognized as one of their top fans!

2083/05/26 B.S.🕉️ संकिर्तन • साधना • चेतना 🌿श्री लक्ष्मी माध्यमिक विद्यालय, बोदिभन्ज्याङ, वालिङ–१३ मा सम्पन्नसंकिर्तन तथ...
12/09/2026

2083/05/26 B.S.

🕉️ संकिर्तन • साधना • चेतना 🌿

श्री लक्ष्मी माध्यमिक विद्यालय, बोदिभन्ज्याङ, वालिङ–१३ मा सम्पन्न
संकिर्तन तथा ओशो साहित्य पुस्तक हस्तान्तरण कार्यक्रमका केही सुन्दर झलकहरू। 📚🙏

विद्यार्थी, शिक्षक तथा साधकहरूको आत्मीय सहभागितासँगै
शिक्षामा चेतना र जीवनमा साधनाको एउटा सुन्दर पाइला। ❤️

🕉️ ओशो सन्यासी परिवार

2083/05/27 B.S.🌿 फेरि एकपटक प्रकृतिको काखमा… 🍃मौनतामा शान्ति,प्रकृतिमा आनन्द,र यात्रामा आफ्नै खोज। 🧘‍♂️🙏बाहिरको यात्रा प...
12/09/2026

2083/05/27 B.S.
🌿 फेरि एकपटक प्रकृतिको काखमा… 🍃

मौनतामा शान्ति,
प्रकृतिमा आनन्द,
र यात्रामा आफ्नै खोज। 🧘‍♂️🙏

बाहिरको यात्रा प्रकृतितर्फ,
भित्रको यात्रा आफूतर्फ। ❤️

🕉️ ओशो सन्यासी परिवार
📍 स्वर्ग आश्रम

एक दीप दिवंगत आत्माहरूको नाममा, एक प्रार्थना शोकसन्तप्त परिवारको साथमा। 🕯️🙏ॐ शान्तिः शान्तिः शान्तिः।”
06/09/2026

एक दीप दिवंगत आत्माहरूको नाममा, एक प्रार्थना शोकसन्तप्त परिवारको साथमा। 🕯️🙏
ॐ शान्तिः शान्तिः शान्तिः।”

🌿 मौन यात्रा… सुन्दर कर्म… 🌿आज हामी ओशो सन्यासी परिवार स्वर्ग आश्रमको सुन्दर यात्रामा निस्कियौँ । 🍃प्रकृतिको काखमा केही ...
05/09/2026

🌿 मौन यात्रा… सुन्दर कर्म… 🌿

आज हामी ओशो सन्यासी परिवार स्वर्ग आश्रमको सुन्दर यात्रामा निस्कियौँ । 🍃
प्रकृतिको काखमा केही समय बिताउँदै, हाँसो–खुसी साट्दै र मौनताको अनुभूति गर्दै बितेको आजको दिन निकै विशेष रह्यो । 🧘‍♂️🙏

हाम्रो यात्रा केवल घुम्नका लागि मात्र होइन—
प्रकृतिलाई माया गर्ने, आफ्नो वरिपरि सफा राख्ने र चेतनापूर्ण जीवन जिउने एउटा सानो प्रयास पनि हो । 🌱

📝नोट:
अबदेखि हरेक शनिबार घुम्ने तथा सरसफाइ गर्ने कार्यक्रमलाई नियमित रूपमा अघि बढाउने योजना रहेको छ।
घुमौँ, रमाऔँ, सफा राखौँ र प्रकृतिसँग जोडिऔँ । 🌿❤️

🕉️ओशो सन्यासी परिवार
📍 स्वर्ग आश्रम यात्रा
*बाहिरको यात्रा प्रकृतितर्फ, भित्रको यात्रा आफूतर्फ ।”🙏

03/09/2026

🌸🙏 हार्दिक निमन्त्रणा तथा विशेष जानकारी 🙏🌸

मा प्रेम भगवतीको १३ औँ दिनको पुण्यतिथि तथा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भोलि मिति २०८३-०५-१९ गते दिउँसो ३:०० बजेदेखि ओशो तीर्थ आश्रम, ध्यान केन्द्रमा विशेष कार्यक्रम आयोजना हुँदैछ। 🦚💙

कार्यक्रममा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम तथा प्रसाद ग्रहण समेत हुने भएकाले सम्पूर्ण साधक, भक्तजन तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏🏻❤️

थप जानकारीः आगामी २२ गते भोटेकोशीमा आएको बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्ण आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न दीप प्रज्वलन तथा प्रार्थना कार्यक्रम समेत गरिने जानकारी गराउँदछौँ। 🕯️🙏

दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏🏻

🌺 सम्पूर्णमा हार्दिक निमन्त्रणा। 🌺

#श्रीकृष्णजन्माष्टमी #ओशोतीर्थआश्रम #श्रद्धाञ्जली #दीपप्रज्वलन #प्रार्थना

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️आज शब्दहरू मौन छन्...मन निःशब्द छ...आँखाहरूमा सम्झना मात्र बाँकी छ।मा प्रेम भगवतीआज शरीरबाट हा...
23/08/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

आज शब्दहरू मौन छन्...
मन निःशब्द छ...
आँखाहरूमा सम्झना मात्र बाँकी छ।

मा प्रेम भगवती
आज शरीरबाट हामीमाझ हुनुहुन्न।
तर उहाँले छोडेर जानुभएको प्रेम,
मौन मुस्कान र आत्मीय स्पर्श
हाम्रो स्मृतिमा सधैँ जीवित रहनेछ।

मृत्युका अगाडि शब्दहरू साना हुन्छन्,
मौन नै सबैभन्दा गहिरो प्रार्थना बन्छ।

उहाँको चेतनाको यात्रा
शान्त होस्...
प्रकाशमय होस्...
मौनमा विलीन होस्... 🕊️

मा प्रेम भगवतीप्रति
ओशो तीर्थ ध्यान केन्द्र, वालिङ परिवारको
भावपूर्ण श्रद्धासुमन।

ॐ शान्ति। 🙏🕯️

गुरु पूर्णिमाको पावन अवसरमा १ दिवसीय ध्यान तथा साधना शिविर 🧘‍♂️ध्यान • प्रेम • आनन्दआदरणीय ध्यानप्रेमीहरू,गुरु पूर्णिमाक...
26/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा १ दिवसीय ध्यान तथा साधना शिविर 🧘‍♂️

ध्यान • प्रेम • आनन्द

आदरणीय ध्यानप्रेमीहरू,

गुरु पूर्णिमाको शुभ अवसरमा ओशो तीर्थ ध्यान केन्द्र, वालिङ द्वारा आयोजित विशेष १ दिवसीय ध्यान तथा साधना शिविर मा हार्दिक निमन्त्रणा।

📅 मिति: २०८३ साउन १३ गते, बुधबार
🕕 समय: बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म
📍 स्थान: ओशो तीर्थ ध्यान केन्द्र, वालिङ–०९, सुर्कौदी, स्याङ्जा

✨ कार्यक्रममा:

सक्रिय ध्यान
मौन साधना
गुरु पूर्णिमा विशेष उत्सव
प्रेम, शान्ति र आत्म-जागरणको अनुभूति

सञ्चालन: स्वामी प्रेम चेतन एवं स्वामी आत्म रोशन

📞 सम्पर्क:
9846148948 | 9841406816

🙏 आउनुहोस्, गुरुको ऊर्जा, ध्यानको गहिराइ र आनन्दको अनुभूति सँगै गरौं।

Address

Waling-9, Surkaudi, Syangja
Waling
33803

Website

Alerts

Be the first to know and let us send you an email when Rajneesh Teertha Ashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby clinics