Lamki Manavsewa Ashram/लम्की मानवसेवा आश्रम

  • Home
  • Lamki Manavsewa Ashram/लम्की मानवसेवा आश्रम

Lamki Manavsewa Ashram/लम्की मानवसेवा आश्रम One of the leading Social Organizations of Nepal based on the rescue of Needy people and Humanitarian sector. Contact No: 9746549095
Landline:091-591978

05/09/2026

स्वर्गीय आमाको १५औँ पुण्यतिथिमा मानवसेवा आश्रममा खाद्यान्न तथा फलफूल सहयोग🙏

🎂❤️ जन्मदिनको अवसरमा मानवसेवाको सुन्दर उपहार ❤️🎂बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका–२ निवासी बुवा श्री प्रकाश चपाईज्यू र...
27/08/2026

🎂❤️ जन्मदिनको अवसरमा मानवसेवाको सुन्दर उपहार ❤️🎂

बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका–२ निवासी बुवा श्री प्रकाश चपाईज्यू र आमा श्रीमती हरिकला कडेलज्यूका सुपुत्र प्रसोब चपाईको जन्मदिनको शुभ अवसरमा लम्की मानवसेवा आश्रममा दिवा खाजा एवं मिठाई वितरण गरी जन्मदिनलाई सेवामय र अर्थपूर्ण बनाउनु भएको छ। 🙏❤️

आफ्नो खुशीलाई मात्र सीमित नराखी, आश्रयको खोजीमा रहेका असहाय, बेसहारा तथा दुःखी मनहरूसँग बाँड्नु भएको यो प्रेम र सद्भाव वास्तवमै जन्मदिन मनाउने एउटा सुन्दर उदाहरण हो।

एउटा मिठाईको टुक्राभन्दा ठूलो कुरा त्यसमा मिसिएको माया हो, अनि एउटा खाजाभन्दा ठूलो कुरा कसैको अनुहारमा ल्याइएको मुस्कान हो। 🥹❤️

प्रसोब बाबुको जन्मदिनको हार्दिक शुभकामना। 🎂🎉
उहाँको जीवन सधैँ सुख, शान्ति, सफलता, समृद्धि र मानवसेवाको उज्यालो यात्राले भरिपूर्ण रहोस्। 🙏🌸

लम्की मानवसेवा आश्रम परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा शुभकामना। ❤️🙏

#मानवसेवा #लम्कीमानवसेवाआश्रम #सेवामयजन्मदिन

सम्झनामा रोपिने जीवन 🌱💐मिति २०८३/०५/१० गते, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–६ निवासी स्व. जैसरा कामीको पवित्र स्मरणमा ...
27/08/2026

सम्झनामा रोपिने जीवन 🌱💐

मिति २०८३/०५/१० गते, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–६ निवासी स्व. जैसरा कामीको पवित्र स्मरणमा उहाँको परिवारले यस लम्की मानवसेवा आश्रम, मुख्य सेवा केन्द्रमा खाद्यान्न सामग्री सहयोग गर्नुका साथै उहाँको सम्झनामा एकआपको बिरुवा समेत उपलब्ध गराउनुभएको छ।

मानिस यो संसारबाट विदा हुन्छ, तर उहाँले छोडेर गएको माया, सम्झना र सत्कर्म कहिल्यै मर्दैन। 🙏
उहाँको सम्झनामा प्रदान गरिएको यो आँपको बिरुवा केही दिनमै आश्रम परिसरमा रोपिनेछ। आज रोपिएको त्यो सानो बिरुवा भोलि ठूलो वृक्ष बनेर छायाँ दिनेछ—र हरेक पटक त्यसको छहारीमा बस्दा स्व. जैसरा कामीको सम्झना जीवित रहनेछ। 🌳💔

स्वर्गीय आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
यस पुण्य कार्यका लागि सम्पूर्ण परिवारप्रति लम्की मानवसेवा आश्रमको हृदयदेखि नै हार्दिक आभार एवं नमन। 🙏❤️

“मानिस जान्छन्, तर प्रेम र सम्झनाका वृक्षहरू सधैँ बाँचिरहन्छन्।” 🌱

27/08/2026

लम्कीचुहा नगरपालिका–५, चौरी निवासी आदरणीय हाम्रो अभिभावक श्री राज बिष्टज्यूले लम्की मानवसेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गर्नुभएकोमा हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।��

यहाँका असहाय मुहारमा आशा र खुसी ल्याउने हजुरको सहयोग हाम्रो लागि केवल सामग्री होइन, मानवताको न्यानो माया हो। ��

25/08/2026

दुःख र पीडालाई स्वीकार्न नसक्ने व्यक्ति सुखका लागि योग्य हुन सक्दैन।

❤️❤️

सौगात बनोस् हरेक जन्मदिन, उत्सव बनोस् कसैको ओठमा मुस्कान ल्याउने क्षण! 🌸🌟    आज मिति २०८३ साल भदौ ८ गते, यस लम्की मानवसे...
25/08/2026

सौगात बनोस् हरेक जन्मदिन, उत्सव बनोस् कसैको ओठमा मुस्कान ल्याउने क्षण! 🌸🌟

आज मिति २०८३ साल भदौ ८ गते, यस लम्की मानवसेवा आश्रम मुख्य सेवा केन्द्रमा एक सुखद, पवित्र र निकै भावुक माहोल बन्यो।

कैलाली जिल्ला धनगढी उप-महानगरपालिका घर भई हाल लम्किचुहा नगरपालिकामा बस्नुहुने, लम्की पायनियर्स एकेडेमीका आदरणीय HOD, प्रबुद्ध सामाजिक व्यक्तित्त्व एवं हाम्रा अभिभावक श्री हर्केश धामी ज्यु र आदरणीय आमा श्रीमती इन्द्रा महता धामी ज्युले आफ्नो ममताको खानी, ज्येष्ठ सुपुत्र सुबोध धामीको शुभ जन्मदिनको पावन अवसरमा आश्रममा पधारेर एउटा उदाहरणीय कार्य गर्नुभएको छ।❤️


आफ्नो सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गरिरहँदा, सडकआश्रित र बेसहारा आमाबुबा तथा दाजुभाइ दिदीबहिनीहरूको भोक र आँसुलाई सम्झिएर धामी परिवारले देखाउनुभएको यो आत्मीयता शब्दमा बयान गर्न सकिँदैन। आफ्नो छोराको जन्मदिनको खुसीयालीलाई आश्रमका बेसहारा परिवारसँग साट्दै उहाँहरूले आजको दिन भोजनसेवा अर्पण गर्नुका साथै दराज सहयोग समेत प्रदान गर्नुभएको छ। 🙏🍲

घरको जग जति बलियो हुन्छ, सन्तानको संस्कार पनि त्यति नै सुन्दर हुन्छ। हर्केश सर र इन्द्रा म्यामले आफ्नो सुपुत्र सुबोधलाई दिनुभएको यो परोपकारको संस्कार साँच्चै नै प्रशंसनीय र अनुकरणीय छ। आज सुबोधको जन्मदिन मात्र होइन, आश्रमका कैयौँ भोका पेटहरूले तृप्त हुने अवसर पाएको उत्सव पनि हो।

प्रिय सुबोध धामी,
तपाइको जीवनको यो विशेष दिनमा लम्की मानवसेवा आश्रम परिवार र यहाँ आश्रित सम्पूर्ण बुबा, दाजुभाइहरूको तर्फबाट जन्मदिनको लाखौँ-लाख मङ्गलमय शुभकामना! 🎂✨
माता लक्ष्मी र भगवानले तपाइको जीवनमा सधैँ खुसी, सुस्वास्थ्य, र प्रगतिको मार्ग प्रशस्त गरून्। बुबाआमाको शीर सधैँ उच्च राख्न सक्ने एउटा असल र महान् नागरिक बन्नू।

दुःख र अभावमा परेकाहरूका लागि अभिभावक बनेर भोजन र नगद सहयोग प्रदान गर्नुहुने आदरणीय श्री हर्केश धामी ज्युको सम्पूर्ण परिवारप्रति आश्रम परिवार हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ। यहाँहरूको यो निःस्वार्थ सेवाभाव सधैँ अमर रहनेछ। 💐🙌
#जन्मदिनको_शुभकामना #मानवसेवा_आश्रम #लम्की #परोपकार_नै_धर्म_हो #सेवा_नै_धर्म_हो
------------------------------

सेवा नै धर्म हो, मानवता नै सर्वोपरी हो! 🌸🙏आज आश्रम परिवारको मन खुसीले गदगद र आँखाहरू कृतज्ञताले रसाएका छन्। लम्कीचुहा नग...
22/08/2026

सेवा नै धर्म हो, मानवता नै सर्वोपरी हो! 🌸🙏

आज आश्रम परिवारको मन खुसीले गदगद र आँखाहरू कृतज्ञताले रसाएका छन्। लम्कीचुहा नगरपालिका वडा नं. ३, चिसापानी निवासी आदरणीय रमेश सुनार दाजुले आफ्नो जन्मदिनको पावन अवसरमा तडकभडक र फजुल खर्च नगरी, आश्रममा आश्रित बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।

धेरै मानिसहरू आफ्नो जन्मदिन महँगा होटल र भोजभतेरमा मनाउने गर्छन्। तर रमेश दाजुले सडकपेटी र सार्वजनिक स्थलहरूबाट उद्धार गरिएका, साहाराविहीन र समाजले बिर्सिएका ती आत्माहरूको पेट भर्ने पवित्र सोच राख्नुभयो। हजुरले दिएको यो खाद्यान्न केवल सामग्री मात्र होइन, आश्रमका असहाय बुवाआमाहरूका लागि स्नेह, भरोसा र बाँच्ने आधार हो।हजुरजस्ता मनकारी र मनमा करुणा भएका व्यक्तित्वहरूको साथ र सहयोगले नै आज यो आश्रम चलिरहेको छ।

नि:स्वार्थ भावले गरिएको यो सहयोगले हामीलाई मानवसेवाको मार्गमा निरन्तर लागिरहन थप ऊर्जा र प्रेरणा मिलेको छ।जन्मदिनको यस पवित्र घडीमा आदरणीय रमेश सुनार दाजुलाई मानवसेवा आश्रम परिवार तथा सम्पूर्ण आश्रित बुवाआमाहरूको तर्फबाट जन्मदिनको लाखौँ-लाख शुभकामना! भगवानले हजुरलाई सधैं सुस्वास्थ्य, दीर्घायु, मानसिक शान्ति र प्रगतिको मार्गमा अगाडि बढाऊन्। हजुरको यो सहयोगी हात र पवित्र मन सधैं यसैगरी दुःखी-गरीबको सेवामा लागिरहोस्।जय मानवता! 🙏❤️ #

मानवसेवा_आश्रम #जन्मदिनको_शुभकामना #मानवताको_सेवा #लम्कीचुहा #चिसापानी

19/08/2026

🙏 चार बहिनीको संयुक्त माया, आश्रममा खाजाको अर्पण ❤️

कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका–१ निवासी आदरणीय श्री जानकी बडुवालज्यू तथा उहाँका चार बहिनीहरूको संयुक्त पहलमा लम्की मानवसेवा आश्रममा आश्रित असहाय मानवहरूका लागि खाजा अर्पण गर्नुभएकोमा हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏❤️

आफ्नो परिवारको खुशीलाई मात्र नभई, सहारा र ममताको खोजीमा रहेका मानवहरूसँग बाँड्नुभएको यो माया साँच्चिकै अमूल्य छ। यहाँ अर्पण गरिएको खाजा केवल भोजन होइन, आश्रममा आश्रित मनहरूका लागि प्रेम, अपनत्व र मानवताको मिठो अनुभूति हो। ❤️

चार बहिनीको एउटै मन, एउटै भावना र एउटै सेवाभावले आज धेरै अनुहारमा मुस्कान ल्याएको छ। यस्ता निस्वार्थ हातहरू नै मानवताको वास्तविक पहिचान हुन्। 🌸

जानकी बडुवालज्यू तथा उहाँका चारै बहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। आश्रमप्रतिको यो माया र साथ सधैँ निरन्तर रहिरहोस्। ❤️🙏

लम्की मानवसेवा आश्रम परिवारको तर्फबाट हार्दिक नमन तथा कृतज्ञता। 🙏❤️

🙏 पास्नीको पावन अवसरमा मानवसेवा 🙏कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका–१ निवासी आदरणीय बुवा रमेश शाहीज्यू तथा आमा प्रिया हम...
19/08/2026

🙏 पास्नीको पावन अवसरमा मानवसेवा 🙏

कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका–१ निवासी आदरणीय बुवा रमेश शाहीज्यू तथा आमा प्रिया हमाल शाहीज्यूका सुपुत्र रियान्स शाहीको शुभ पास्नी (अन्नप्राशन) को पावन अवसरमा लम्की मानवसेवा आश्रममा आश्रित असहाय मानवहरूका लागि भोजन सेवा प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ। ❤️🙏

आफ्नो सन्तानको जीवनको विशेष संस्कारलाई केवल उत्सवमा सीमित नराखी, असहायहरूको पेटमा अन्न र मनमा खुशी बाँडेर मनाउनु भएको यो पुण्य कार्य साँच्चिकै अनुकरणीय छ।

रियान्स बाबुको जीवन सधैँ सुख, शान्ति, दीर्घायु र उज्यालो भविष्यले भरिपूर्ण रहोस्। उहाँको प्रत्येक पाइला मानवता, प्रेम र सेवाको बाटोमा अघि बढोस् भन्ने हार्दिक शुभकामना। ❤️

एउटा सानो संस्कार, एउटा ठूलो पुण्य।
एउटा भोजन, धेरै आशिष्। 🙏❤️

लम्की मानवसेवा आश्रम परिवारको तर्फबाट शाही परिवारप्रति हार्दिक धन्यवाद तथा मंगलमय शुभकामना। 🌸🙏

सेवाको १०औँ वर्षमा मानवताको सुन्दर साथ ❤️🙏IME Life Insurance Company Limited, लम्की शाखाको आयोजनामा कम्पनीको १०औँ वर्ष प...
19/08/2026

सेवाको १०औँ वर्षमा मानवताको सुन्दर साथ ❤️🙏

IME Life Insurance Company Limited, लम्की शाखाको आयोजनामा कम्पनीको १०औँ वर्ष प्रवेशको सुखद अवसरमा लम्की मानवसेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

आफ्नो विशेष दिनलाई केवल उत्सवमा सीमित नराखी असहाय, बेसहारा तथा आश्रित मानवहरूको सेवामा समर्पित गर्नु भएको यो मानवीय कार्य साँच्चिकै प्रशंसनीय र अनुकरणीय छ। ❤️

आश्रममा आश्रित हाम्रा आमाबुवा तथा भाइबहिनीहरूका लागि यहाँहरूले प्रदान गर्नुभएको खाद्यान्न केवल सामग्री मात्र होइन, मायाको अनुभूति, अपनत्वको आभास र बाँच्ने आशाको एउटा सुन्दर आधार हो।

सेवाको यात्राको १०औँ वर्षमा प्रवेश गर्दै गर्दा अझै धेरै वर्षसम्म यस्तै सामाजिक उत्तरदायित्व, मानवता र सेवाभावका साथ अघि बढिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

हजुरहरूको सहयोगले आश्रमका भान्सामा चुलो मात्र बल्दैन, धेरै निराश आँखामा आशाको ज्योति पनि बल्छ। ❤️

IME Life Insurance Company Limited, लम्की शाखा परिवारप्रति
लम्की मानवसेवा आश्रमको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता। 🙏❤️

#१०औँवर्ष #मानवसेवा #लम्कीमानवसेवाआश्रम #सेवामानवता #कृतज्ञता

Address

Lamkichuha Municipality Kailali

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779746549095

Website

Alerts

Be the first to know and let us send you an email when Lamki Manavsewa Ashram/लम्की मानवसेवा आश्रम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lamki Manavsewa Ashram/लम्की मानवसेवा आश्रम:

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share