06/08/2026
आदरणीय गुरुजन, सम्माननीय वरिष्ठ चिकित्सकज्यूहरू, प्रिय साथीहरू तथा सम्पूर्ण चिकित्सक महानुभावहरू,
सादर नमस्कार।
म डा. जितेन्द्र कुमार सिंह, NMA काउन्सिल सदस्य निर्वाचन २०८३ मा उम्मेदवार नं. ४५ का रूपमा उम्मेदवारी दिएको छु।
तपाईंहरूको माया, विश्वास, साथ र सहयोगप्रति हार्दिक आभारी छु। आउँदो साउन २३ गते, २०८३ हुने निर्वाचनमा उपस्थित भई उम्मेदवार नं. ४५ मा आफ्नो अमूल्य मत प्रदान गरी मलाई विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु।
हजुरहरूको उपस्थिति नै मेरो लागि जितको आधार हुनेछ, र हजुरहरूको अमूल्य मत मेरो लागि सबैभन्दा ठूलो प्रेरणा र विश्वास हुनेछ।
आउनुहोस्, हामी सबै मिलेर सक्षम, जिम्मेवार, पारदर्शी र सशक्त NMA निर्माणको अभियानलाई सफल बनाऔँ।
हार्दिक धन्यवाद।
डा. जितेन्द्र कुमार सिंह
उम्मेदवार नं. ४५
NMA काउन्सिल सदस्य निर्वाचन २०८३