20/03/2026
अस्पताल निर्माणका लागि आएको ८८ करोड रकम फ्रिज हुन दिनुहुन्न।
सम्पुर्ण दङ्गली जनताहरू तथा सरकारवालाहरू सबै मिलेरे दबाब दियौँ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय सैया अस्पतालको ठेक्का समयमै लगाउन नसक्दा अस्पताल भवनको लागि आएको ८८ करोड रकम फ्रिज हुने जोखिम बढेको छ। स्वास्थ्य र शिक्षाको प्रमुख केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा भवनको अभावमा नयाँ सेवा बिस्तार गर्न समस्या भइरहेको छ।
अर्थमन्त्री रामेश्वर खनालले प्रतिष्ठानको ठेक्का लगाउन नसकिएको कुरा प्रसंगमा आफै खुलाउदै कार्यकाल समाप्ती प्रतिबेदनमा सम्पन्न गर्न नसकिएका कामको सूचीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चालु वर्षमा विनियोजित रकमभन्दा धेरै बढीको ठेक्का लगाउनु पर्ने तर बहुवर्षीय स्रोतको समहमति नभएकोले ठेक्का लगाउन नसकिएको उल्लेख गरेका छन्।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले भबनको लागि आबश्यक पर्ने सम्पुर्ण तयारी प्रतिष्ठानले पुरा गरि सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी दिएकाछन् त्यस्तै नयाँ सरकारले यस बारेमा गम्भिरतापुर्बक सोच बिचार गरेर निकास निकाल्ने कुरामा पुर्ण बिस्वास रहेको बताएकाछन्।।