Sikkim Sahajayoga Meditation Society

Sikkim Sahajayoga Meditation Society Sikkim Sahaja Yoga society has been active since 1987 and was officially registered in 2010.

Currently, Sahaja Yoga Meditation Centres practice in Gangtok, Soreng and Jorethang and other locations also, all functioning actively.

आज तारिक 26.07.2026 आईतबारको दिन जोरथाङ सहजयोग ध्यानकेन्द्रमा सहजयोग पद्धति अन्तर्गत  श्रद्धा र भक्तिपूर्वक गुरु पूजा का...
26/07/2026

आज तारिक 26.07.2026 आईतबारको दिन जोरथाङ सहजयोग ध्यानकेन्द्रमा सहजयोग पद्धति अन्तर्गत श्रद्धा र भक्तिपूर्वक गुरु पूजा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा सहज योगका साधक–साधिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। गुरु पूजाको अवसरमा आध्यात्मिक प्रवचनको , सामूहिक ध्यान, भजन–कीर्तन , दश गुरुको १०८ नामा सामूहक पुष्प अर्पण तथा आरती आदि आयोजना गरिएको थियो। सहभागीहरूले गुरुको महत्त्व, आत्मसाक्षात्कारको मार्ग तथा मानव जीवनमा आध्यात्मिक चेतनाको आवश्यकताबारे विचारो कामना गर्दै सामूहिक ध्यान सम्पन्न गरिएको थियो। उपस्थित साधकहरूले सहज योग पद्धतिले व्यक्तित्व विकास, मानसिक शान्ति र व्यक्त गरेका थिए।

आज जोरथाङ ध्यान केन्द्र सामुहिक्ता अन्तरगत सहाजी श्री शुर्यनारायण प्रधान एंव श्रीमती सुनिता प्रधानको छोरो सुपुत्र श्री र...
15/07/2026

आज जोरथाङ ध्यान केन्द्र सामुहिक्ता अन्तरगत सहाजी श्री शुर्यनारायण प्रधान एंव श्रीमती सुनिता प्रधानको छोरो सुपुत्र श्री रोशन प्रधान एंव बुहारी श्रीमती सुनीहाङमा लिम्बूको पहिलो सन्तानको सहजयोग पद्धतिअनुसार नवजातको नामकरण कार्यक्रम श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भयो। कार्यक्रममा परिवारका सदस्यहरू, आफन्तजन तथा सहजयोगका साधकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भ सामूहिक ध्यान तथा प्रार्थनाबाट गरिएको थियो। त्यसपछि सहज योग पद्धतिअनुसार नवजात शिशुको शुभ नामकरण गरियो। उपस्थित सबैले शिशुको सुस्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य तथा आध्यात्मिक उन्नतिको कामना गरे।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले सहज योगका मूल्य, संस्कार तथा आध्यात्मिक परम्परालाई आत्मसात् गर्दै यस्ता कार्यक्रमले पारिवारिक एकता, सद्भाव र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए। यसरी सहज योग पद्धतिअनुसार सम्पन्न नवजात शिशुको नामकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो र शिशु को नाम श्री माताजी इच्छा अनुरुप "सान्ता" राखियो।

जय श्री माताजी श्री के. एन. क्षेत्री तथा श्रीमती सुधा क्षेत्रीको नयाँ घरको शुभ उद्घाटन सहज विधिअनुसार भव्य रूपमा सम्पन्न...
04/07/2026

जय श्री माताजी
श्री के. एन. क्षेत्री तथा श्रीमती सुधा क्षेत्रीको नयाँ घरको शुभ उद्घाटन सहज विधिअनुसार भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा वैदिक परम्पराअनुसार अग्नि हवन सम्पन्न गरी नयाँ घरको शुभारम्भ गरिएको थियो। यो सम्पूर्ण कार्यक्रम जोरथाङ ध्यान केन्द्रको संयोजन तथा मार्गदर्शनमा सम्पन्न भएको हो। कार्यक्रममा परिवारका सदस्य तथा जोरथाङ ध्यान केन्द्रका सहजी उपस्थिति रहेको थियो। हवन तथा पूजापछि सहभागीहरूले नयाँ घरमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।

अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न:;सिक्किम सहज योग मेडिटेसन सोसाइटीको आयोजनामा २१ जुन, अन्तर्राष्ट्रिय योग दिव...
22/06/2026

अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न:;

सिक्किम सहज योग मेडिटेसन सोसाइटीको आयोजनामा २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस उत्साहपूर्वक तथा गरिमामय वातावरणमा मनाइयो। कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरूले योग तथा ध्यानको अभ्यास गर्दै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको महत्वबारे सचेतना प्राप्त गरे।

विश्वभर “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने सन्देश फैलाइरहेको यस दिवसले मानव स्वास्थ्य, सामाजिक सद्भाव र विश्वशान्तिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

सिक्किम सहज योग मेडिटेसन सोसाइटीले विगतदेखि नै ध्यान, योग तथा आत्मज्ञानसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।


24/03/2026

१०३ जन्मजयन्ती
श्रीमताजी निर्मला देवी
२१/०३/२०२६
जोरथाङ मुख्य ध्यान केन्द्र
सिक्किम सहजयोग ध्यान केन्द्र

१०३ जन्मजयन्ती श्रीमताजी निर्मला देवी२१/०३/२०२६जोरथाङ मुख्य ध्यान केन्द्र सिक्किम सहजयोग ध्यान केन्द्र
24/03/2026

१०३ जन्मजयन्ती
श्रीमताजी निर्मला देवी
२१/०३/२०२६
जोरथाङ मुख्य ध्यान केन्द्र
सिक्किम सहजयोग ध्यान केन्द्र

28/02/2026

जय श्री माताजी
जोरथाङ खेल मैदानमा आयोजित सप्त पुराण को अवसरमा सहजयोग ध्यान केन्द्र- जोरथाङ मुख्य ध्यान केन्द्र द्वारा भजन प्रस्तुति

जय श्री माताजी जोरथाङ सहजयोग ध्यान केन्द्र, होली को हवन - 28.02.2026
28/02/2026

जय श्री माताजी
जोरथाङ सहजयोग ध्यान केन्द्र,
होली को हवन - 28.02.2026

Address

West Mazi Goan, Near New Buds Accademy School , Jorthang, South
Gangtok
737121

Alerts

Be the first to know and let us send you an email when Sikkim Sahajayoga Meditation Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share