21/08/2026
मदिरा र लागूपदार्थ केवल इच्छाशक्ति र आफ्नै बलमा छोड्न किन धेरै गाह्रो हुन्छ?
लतले मस्तिष्कमा परिवर्तन ल्याउँछ: लामो समयसम्म मदिरा वा लागूपदार्थ सेवन गर्दा मस्तिष्कको पुरस्कार र प्रेरणासँग सम्बन्धित प्रणालीमा परिवर्तन आउँछ। त्यसैले हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि पदार्थ सेवन गर्ने तीव्र इच्छा हुन सक्छ।
तीव्र लालसा (Craving) हुन्छ: लागूपदार्थ वा मदिरा सेवन गर्ने इच्छा यति बलियो हुन सक्छ कि केवल इच्छाशक्तिले नियन्त्रण गर्न गाह्रो हुन्छ।
छोड्दा Withdrawal का लक्षण देखिन्छन्: अचानक छोड्दा बेचैनी, चिडचिडापन, पसिना आउने, हात काम्ने, निद्रा नलाग्ने, वाकवाकी हुने जस्ता समस्या आउन सक्छन्। गम्भीर मदिराको लत भएका व्यक्तिमा छारे रोग (Seizure) वा Delirium समेत हुन सक्छ।
पदार्थ मस्तिष्कको प्राथमिकता बन्न पुग्छ: बिस्तारै मस्तिष्कले मदिरा वा लागूपदार्थलाई सामान्य रोजाइभन्दा पनि आवश्यक वस्तुजस्तो ठान्न थाल्छ।
विभिन्न Triggers ले फेरि सेवन गर्ने इच्छा जगाउन सक्छन्: तनाव, केही व्यक्ति, ठाउँ, भावना वा विशेष परिस्थितिले फेरि मदिरा वा लागूपदार्थ सेवन गर्ने इच्छा बढाउन सक्छ।
इच्छाशक्ति मात्र पर्याप्त हुँदैन: लत केवल चरित्रको कमजोरी वा अनुशासनको कमी होइन। यो उपचार आवश्यक पर्ने एक चिकित्सकीय समस्या हो।
पुनः सेवन (Relapse) हुन सक्छ: केही महिना सेवन नगरेपछि पनि कहिलेकाहीँ लालसा र Triggers फेरि आउन सक्छन्। यसको अर्थ व्यक्ति असफल भयो भन्ने होइन। उपचारको योजना फेरि मिलाउनुपर्ने हुन सक्छ।
उपचारले निको हुने सम्भावना बढाउँछ: आवश्यक औषधि, परामर्श, पुनर्स्थापना कार्यक्रम, परिवारको सहयोग र नियमित Follow-up ले मदिरा वा लागूपदार्थबाट टाढा रहन धेरै सहयोग गर्छ।.
मद्दत माग्नु कमजोरी होइन: अन्य रोगका लागि चिकित्सकको सहयोग लिएजस्तै, लत भएको अवस्थामा पनि विशेषज्ञबाट उपचार लिनु साहस र जिम्मेवारीको कुरा हो।
Addiction Psychiatry को दृष्टिकोणबाट:
डा. सतीश रसाइली
Co-Chairperson, Addiction Psychiatry Specialty
East Zone Indian Psychiatric Society