30/10/2026
📢 अत्यन्त जरुरी सूचना!
आदरणीय अभिभावकज्यूहरू,
यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम दसैँ बिदाका कारण पूर्वनिर्धारित मिति परिवर्तन भई कार्तिक १७ र १८ गते सञ्चालन हुने भएकोले आफ्ना बालबालिकालाई नजिकैको महिला स्वास्थ्य स्वयमंसेविका कहाँ लगेर औषधि खुवाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बालबालिकाको स्वस्थ वृद्धि विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा कुपोषण र रक्तअल्पताको जोखिम न्यूनीकरणका लागि यस अभियानमा सबै अभिभावकको सक्रिय सहभागिता अपेक्षा गर्दछौँ।
#भिटामिनए #जुकाकोऔषधि #बालस्वास्थ्य #बाटुलासेनस्वास्थ्यचौकी