बयालपाटा प्रादेशिक अस्पताल

  • Home
  • Nepal
  • Achham
  • बयालपाटा प्रादेशिक अस्पताल

बयालपाटा प्रादेशिक अस्पताल Bayalpata Provincial Hospital, Achham
providing quality, compassionate, and affordable healthcare to the people of Far-Western Nepal.

27/08/2026
आ.व. २०८३/०८४ साउन महिनामा यस अस्पतालबाट प्रदान गरिएका मुख्य सेवाहरुको विवरण
25/08/2026

आ.व. २०८३/०८४ साउन महिनामा यस अस्पतालबाट प्रदान गरिएका मुख्य सेवाहरुको विवरण

बयालपाटा प्रदेशिक अस्पतालमा कार्यरत Dr. एन्जिला कुँवर  जर्मनीको प्रतिष्ठित पेट तथा कलेजो सम्बन्धी रोग विज्ञान र संक्रामक...
25/08/2026

बयालपाटा प्रदेशिक अस्पतालमा कार्यरत Dr. एन्जिला कुँवर जर्मनीको प्रतिष्ठित पेट तथा कलेजो सम्बन्धी रोग विज्ञान र संक्रामक रोग सम्बन्धी उपचार गर्ने विश्वविद्यालय Universitätsklinik für Gastroenterologie und Infektiologie एक महिने observership मा जानु भएकाेमा धेरै धेरै बधाई तथा शुभकामना।
यस अवसरमा सहयाेग गर्नुहुने Nepalmed ev, तथा
Prof .Andreas Hosltein लाई धेरै धन्यावाद।
अछाममा जन्मेकी र अछामलाई नै कर्यभुमी बनाउनु भएकी
Dr. एन्जिलालाई मिलेको यो अवसरले ,यस अस्पतालमा आउने बिरामीलाई थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुग्नेछ ।

डा. एन्जिला कुँवरलाई उज्ज्वल भविष्य र निरन्तर सफलताको हार्दिक शुभकामना!

🏥 बयालपाटा अस्पतालमा जटिल शल्यक्रिया सफल 👶🩸अछाम, मेल्लेख-८ की २८ वर्षीया गर्भवती महिला (३५+ हप्ता) 'कमप्लीट प्लेसेन्टा प...
24/08/2026

🏥 बयालपाटा अस्पतालमा जटिल शल्यक्रिया सफल 👶🩸
अछाम, मेल्लेख-८ की २८ वर्षीया गर्भवती महिला (३५+ हप्ता) 'कमप्लीट प्लेसेन्टा प्रिभिया - साल बच्चा भन्दा अगाडि रहेको‘ र अत्यधिक रगत बग्ने समस्या (APH) का साथ अस्पताल आउनुभएकोमा टोलीले सफलतापूर्वक इमर्जेन्सि सिजरियन (C-Section) सम्पन्न गरेको छ।
स्त्री रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, ASBA तथा शल्यक्रिया टोलीको उत्कृष्ट सहकार्य र सशस्त्र प्रहरी बल (APF) एवं अस्पतालकै कर्मचारीबाट समयमै रगत व्यवस्थापन भएकाले आमा र १,९७५ ग्रामको शिशु दुवै सुरक्षित र स्वस्थ हुनुहुन्छ।
दुर्गम क्षेत्रमा आपतकालीन जीवनरक्षक सेवा र प्रभावकारी अन्तर-निकाय समन्वयप्रति बयालपाटा अस्पताल सदैव कटिबद्ध छ।

🏥 Saving Lives at Bayalpata Hospital 👶🩸
Our clinical team successfully performed a high-risk emergency C-section on a 28-year-old mother (35+ weeks pregnant) from Mellekh-8, Achham, who presented with Antepartum Hemorrhage due to Complete Placenta Previa.
Thanks to swift coordination among our Gynecologist, Anesthesiologist, Pediatrician, ASBA, and Surgical team—along with urgent blood donations from the Armed Police Force and hospital staff—both mother and her healthy 1,975g baby boy are safe and sound!
This case reflects our ongoing commitment to delivering life-saving emergency care and strong inter-agency collaboration right where it’s needed most.

बयालपाटा प्रादेशिक अस्पताल, अछाममा विशेषज्ञ सेवा उपलब्ध। स्त्रीरोग, बालरोग, हाडजोर्नी, जनरल सर्जरी, आन्तरिक चिकित्सा तथा...
20/08/2026

बयालपाटा प्रादेशिक अस्पताल, अछाममा विशेषज्ञ सेवा उपलब्ध।

स्त्रीरोग, बालरोग, हाडजोर्नी, जनरल सर्जरी, आन्तरिक चिकित्सा तथा एनेस्थेसियोलोजी सेवासहित गुणस्तरीय स्वास्थ्य सेवा अब आफ्नै ठाउँमा।

स्वस्थ नागरिक, समृद्ध समाज।

🎉 जन्मोत्सवको शुभकामना तथा हार्दिक धन्यवाद 🙏श्री **कृष्ण कुँवरज्यू**, सञ्चालक **एन्जिला पुस्तक पसल**, ले आफ्ना सुपुत्र *...
14/08/2026

🎉 जन्मोत्सवको शुभकामना तथा हार्दिक धन्यवाद 🙏

श्री **कृष्ण कुँवरज्यू**, सञ्चालक **एन्जिला पुस्तक पसल**, ले आफ्ना सुपुत्र **एन्जल कुँवर**को जन्मदिनको शुभ अवसरमा **बयालपाटा प्रादेशिक अस्पताल, अछाम**लाई अस्पतालको बाह्य वातावरण **सुन्दर, स्वच्छ तथा सफा राख्न अत्यावश्यक रहेको घाँस काट्ने मेसिन** सहयोग गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।

यस पुण्य तथा सामाजिक कार्यका लागि **बयालपाटा प्रादेशिक अस्पताल परिवारको तर्फबाट श्री कृष्ण कुँवरज्यूलाई हार्दिक धन्यवाद** व्यक्त गर्दछौँ।

साथै, सुपुत्र **एन्जल कुँवरलाई जन्मदिनको धेरै–धेरै शुभकामना** व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🎂🎉

**बयालपाटा प्रादेशिक अस्पताल परिवार** 🙏

बयलपाटा प्रादेशिक अस्पताल, अछाम — आकाशबाट देखिएको एक सुन्दर दृश्ययो दृश्य केवल अस्पतालको भवनको तस्वीर होइन, हजारौँ बिराम...
13/08/2026

बयलपाटा प्रादेशिक अस्पताल, अछाम — आकाशबाट देखिएको एक सुन्दर दृश्य

यो दृश्य केवल अस्पतालको भवनको तस्वीर होइन, हजारौँ बिरामीको आशा, स्वास्थ्यकर्मीको समर्पण र समुदायको भरोसाको कथा हो।

दुर्गम समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्दै बयलपाटा प्रादेशिक अस्पताल आज पनि सेवाको यात्रामा निरन्तर अघि बढिरहेको छ।

माथिबाट हेर्दा देखिन्छ—अस्पतालका भवनहरू, वरिपरिका पहाडहरू र सुन्दर प्रकृति। तर यी भवनभित्र हरेक दिन उपचार, सेवा, आशा र जीवन बचाउने प्रयासहरू भइरहेका छन्।

बयलपाटा प्रादेशिक अस्पताल, अछाम, सुदूरपश्चिम प्रदेश

स्वास्थ्य सेवामा समर्पण, समुदायप्रति जिम्मेवारी।

विश्व स्तनपान सप्ताह (१-७ अगस्ट) १६ देखि २२यस बयालपाट प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ले आमा हरु लाई स्तनपान ...
06/08/2026

विश्व स्तनपान सप्ताह (१-७ अगस्ट) १६ देखि २२
यस बयालपाट प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ले आमा हरु लाई स्तनपान भनेको के हो, यो स्तनपान कहिले देखि कहिले सम्म गराउने, कति पटक स्तनपान गराउने, यसको फाइदा के छ, यसको सहि आसन र सहि तरिका को बारेमा जानकारी दिएर मनाइयो.

30/07/2026

बयालपाटा प्रादेशिक अस्पतालमा सफलतापूर्वक गरिएको आपतकालीन शल्यक्रिया
३६ वर्षीया महिला बिरामीलाई बाजुरा अस्पतालबाट तल्लो पेटमा ५ दिनदेखि लगातार दुखाइ तथा योनीबाट रक्तस्राव हुने समस्या लिएर बयालपाटा प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो।
बिरामीको अन्तिम महिनावारी (LMP) २०८३/०३/०१ रहेको थियो। अस्पतालमा प्रारम्भिक मूल्याङ्कन गर्दा पेटभित्र रगत जमेको (हेमोपेरिटोनियम) शंका लाग्यो र गर्भ परीक्षण (UPT) पोजिटिभ देखियो।
क्लिनिकल मूल्याङ्कनका आधारमा रप्चर्ड एक्टोपिक प्रेग्नेन्सी (Ruptured Ectopic Pregnancy) को निदान गरी तत्काल शल्यक्रिया गर्ने निर्णय गरियो।
स्पाइनल एनेस्थेसिया (SAB) अन्तर्गत एक्सप्लोरेटरी ल्यापारोटोमी, दायाँ साल्पिन्जेक्टोमी (Right Salpingectomy) तथा ट्युबल लिगेशन सफलतापूर्वक सम्पन्न गरियो।

बयालपाटा प्रादेशिक अस्पताल बरिष्ट OBS and Gynaecologist डा. जयनाथ तथा उहाँको शल्यचिकित्सा टोली, डा. धर्म(MBBS,ASBA), एनेस्थेसिया टोलीका महेन्द्र, साथै स्क्रब र फ्लोर टिमप्रति हार्दिक आभार व्यक्त गर्दछ।

शल्यक्रियापछि बिरामीको अवस्था सन्तोषजनक रहेको छ।
बयालपाटा प्रादेशिक अस्पतालमा सीमित स्रोत–साधनका बाबजुद पनि यस्ता जटिल तथा आपतकालीन शल्यक्रियाहरू समयमै सफलतापूर्वक प्रदान गर्दै दुर्गम क्षेत्रका बिरामीलाई गुणस्तरीय शल्यचिकित्सा सेवा उपलब्ध गराइँदै आएको छ।

Address

Achham
10701

Alerts

Be the first to know and let us send you an email when बयालपाटा प्रादेशिक अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category