धरमपानी स्वास्थ्य चौकी

धरमपानी स्वास्थ्य चौकी Governmental organization

स्वास्थ्य बीमा दर्ता, सेवा क्रियाशील तथा नवीकरण सम्बन्धी जानकारी ।
21/04/2026

स्वास्थ्य बीमा दर्ता, सेवा क्रियाशील तथा नवीकरण सम्बन्धी जानकारी ।

यस बर्षको बिश्व स्वास्थ्य दिवस : World Health Day 2026: “Together for health. Stand with science”"मानव,पशुपंक्षी र पर्या...
07/04/2026

यस बर्षको बिश्व स्वास्थ्य दिवस : World Health Day 2026: “Together for health. Stand with science”
"मानव,पशुपंक्षी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जीत" भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवस-२०८२ भव्यताका साथ मनाऔं।

क्षयरोग समयमै पहिचान भए उपचार सहज हुन्छ।   ✅ लक्षणहरूबारे जानौं   ✅ परीक्षण गराऔं  ✅ सिफारिस गरिएको औषधी उपचार पूरा गरौँ...
24/03/2026

क्षयरोग समयमै पहिचान भए उपचार सहज हुन्छ।

✅ लक्षणहरूबारे जानौं
✅ परीक्षण गराऔं
✅ सिफारिस गरिएको औषधी उपचार पूरा गरौँ

एच पि भि खोप सम्बन्धी जानकारी
08/02/2026

एच पि भि खोप सम्बन्धी जानकारी

03/02/2026
निपाह भाइरस (Nipah virus वा NiV) बारे विस्तृत जानकारी !सजक रहौँ, सतर्क बनौँ !!........................................के...
02/02/2026

निपाह भाइरस (Nipah virus वा NiV) बारे विस्तृत जानकारी !
सजक रहौँ, सतर्क बनौँ !!........................................
के हो निपाह भइरस ? (What is Nipah virus?)
निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ। यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०-५०% मा कुनै समस्या नदेखिन सक्छ। समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५% सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउदछ।
कसरी सर्छ?
• फल खाने चमेरो (फ्रुट ब्याट) बाट
• संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट ("बार्किंग पिग सिन्ड्रोम" र "न्युरोलोजिकल सिम्टम")
• संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)
लक्षणहरू (४–१४ दिनपछि देखिन्छ):
• ज्वरो, टाउको दुखाइ
• मांसपेशी दुख्ने, घाँटी दुख्ने
• वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)

बच्ने उपायहरू के गर्ने?
✅Fever clinic / triage मा ज्वरो + टाउको दुखाइ + altered sensorium / respiratory symptoms भएका बिरामीहरूलाई तुरुन्त isolation (Airborne Infection Isolation Room) मा राख्ने ।
✅ चमेरोले टोकेको वा चुँगेको फल नखानुहोस् ।
✅ काँचो खजुरको रस नपिउनुहोस् ।
✅ संक्रमित व्यक्तिसँग वा जनावरसंग सुरक्षाका उपाएहरु अपनाउनुस। पिपिइको प्रयोग गर्ने, डनिंग/ डफ़िङ्ग राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
✅ सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
✅ ज्वरो/टाउको दुखाइ भए तुरुन्त अस्पताल जानुहोस्,
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
✅ परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ। संकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला/ हेल्थ इमर्जेन्सी अपरेटिंग सेन्टरमा सम्पर्क राख्नु पर्छ ।
✅ प्रत्येक बर्ष खजुरको रस खेति गरेर भित्र्याउने समयमा जोखिमलाइ ध्यानमा राख्नु पर्छ।

हरेक बार खाना चार
07/01/2026

हरेक बार खाना चार

04/01/2026
२०८२ कार्तिक २ र ३ गते नेपाली हरुको चाड शुभ दिपावलि  परेकोले ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरु लाई प्रथम चरणको भिट...
07/10/2025

२०८२ कार्तिक २ र ३ गते नेपाली हरुको चाड शुभ दिपावलि परेकोले ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरु लाई प्रथम चरणको भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम २०८२ कार्तिक २० र २१ गते संचालन हुने ब्यहोरा जानकारी गराईन्छ ।

22/09/2025

👏नेपालका सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई बधाई छ। 🇳🇵

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मातृ तथा बाल स्वास्थ्य सुधार, खोपको पहुँच र दर बढाउने, पोषण प्रवर्द्धन गर्ने, र रोग प्रकोप नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको मान्यता स्वरूप सम्मान गरिएको हो। यो योगदान विशेष गरी नेपालको भौगोलिक र सामाजिक हिसाबले सबैभन्दा चुनौतीपूर्ण ठाउँहरूमा देखिएको छ।

कम खर्चमा उच्च प्रभाव दिने कार्यक्रमको रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम दिगो, लैङ्गिक समानतामूलक, र समुदाय-आधारित स्वास्थ्य प्रणाली सुदृढीकरणको उत्कृष्ट उदाहरण हो 🔗 t.co/YQCAmQaXqN

Address

Bandipur

Website

Alerts

Be the first to know and let us send you an email when धरमपानी स्वास्थ्य चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share