27/08/2026
मासिक HMIS/EWARS Data Verification तथा शाखागत समीक्षा बैठक सम्पन्न
मिति २०८३ भाद्र ११ गते बुधबार प्रदेश अस्पताल बेनी, म्याग्दीको आयोजनामा गत श्रावण महिनाको सेवा प्रवाह, शाखागत प्रगति तथा HMIS/EWARS तथ्याङ्क प्रमाणीकरण (Data Verification) सम्बन्धी मासिक समीक्षा बैठक सम्पन्न गरियो।
बैठकमा सेवा प्रवाह तथा तथ्याङ्कमा देखिएका त्रुटि, कमीकमजोरी र सुधार गर्नुपर्ने पक्षहरूको समीक्षा गर्दै तथ्याङ्कको गुणस्तर, शुद्धता, समयमै प्रतिवेदन पेश गर्ने व्यवस्था तथा अभिलेखीकरणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै विभिन्न शाखाबाट सामना गरिएका समस्या तथा चुनौतीहरूबारे समेत समीक्षा गरी आवश्यक सुधारात्मक उपायहरू तय गरिएको थियो।
कार्यक्रममा अस्पताल प्रमुख, शाखा प्रमुखहरू, HMIS तथा EWARS फोकल पर्सनलगायत सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। नियमित मासिक समीक्षा तथा समन्वय बैठकले सेवा प्रवाह र तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।