08/08/2026
दुर्गममा स्वास्थ्य सेवा पुर्याउन सरकारले डाक्टर र नर्स पठाउँछ।
तर हामी कस्ता नागरिक बन्दैछौँ—उनीहरूलाई नै कुट्छौँ, अस्पताल तोड्छौँ, अनि फेरि त्यही ठाउँमा डाक्टर चाहिन्छ भनेर कराउँछौँ?
एउटा व्यक्तिको गलत व्यवहारको सजाय अब सबै दुर्गमका जनताले भोग्नुपर्ने अवस्था नआओस्।
डाक्टर र नर्स दुर्गम जान डराउन थाले भने त्यसको सबैभन्दा ठूलो मूल्य दुर्गमकै जनताले चुकाउनुपर्नेछ।
स्वास्थ्यकर्मीलाई कुटेर स्वास्थ्य सेवा बलियो हुँदैन।
अस्पताल तोडेर उपचार पाइँदैन।
डाक्टरलाई भगाएर दुर्गम समृद्ध हुँदैन।
हामीले समयमै बुझ्नुपर्छ
एक जनाको उच्छृंखलताको परिणाममा हजारौँ निर्दोष जनताले दुःख पाउनु हुँदैन।