Bhaktapur Hospital

Call Directions Website Contact the practice

Bhaktapur Hospital Official FB Page of Bhaktapur Hospital
OPD Details https://bhaktapurhospital.bagamati.gov.np/pages/opd-service/

चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न मिति 2083/०5/29 गते प्रकाशित सूचना बमोजिम दरखास्त दिनुभएका उम्मेद्वारहरुको अन्तरव...
30/09/2026

चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न मिति 2083/०5/29 गते प्रकाशित सूचना बमोजिम दरखास्त दिनुभएका उम्मेद्वारहरुको अन्तरवार्ता देहायको मिति, समयमा यस अस्पतालमा संचालन गरिने भएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्तरवार्ता सम्बन्धी जरुरी सूचना । यस अस्पतालको लागि करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना गर्न मिति 2083/...

भक्तपुर अस्पतालमा आजबाट न्यूरोको शल्यक्रिया शुरू भएको छ । न्यूरो सर्जन डा. माणिककुमार लामा, एनेस्थेसिया डा दिपक लोहोलाको...
24/09/2026

भक्तपुर अस्पतालमा आजबाट न्यूरोको शल्यक्रिया शुरू भएको छ । न्यूरो सर्जन डा. माणिककुमार लामा, एनेस्थेसिया डा दिपक लोहोलाको समुहले मष्तिष्कको दायाँपट्टि रगत जमेको र देब्रे साइड कमजोर भागको सफल शल्यक्रिया गरेको हो । ब्रेन ह्यामब्रेज भएर हिजो अस्पताल भर्ना भएका ८० वर्षिया विरामीको आज शल्यक्रिया गरेको थियो । हाल विरामीको अवस्था स्थिर रहेको छ ।

करार सेवामा कर्मचारी पदपुर्ति सम्बन्धी बिज्ञपन स्थगित गरिएको सुचना
15/09/2026

करार सेवामा कर्मचारी पदपुर्ति सम्बन्धी बिज्ञपन स्थगित गरिएको सुचना

करार सेवामा पदपुर्ति सम्बन्धी सुचना
14/09/2026

करार सेवामा पदपुर्ति सम्बन्धी सुचना

ओपिड संचालन सम्बन्धि सुचना ।
13/09/2026

ओपिड संचालन सम्बन्धि सुचना ।

We will fight together, We will stand together, We will rise togetherदेवीघाटस्थित वृद्धाश्रममा रहेकी ८० वर्षीया पुतली ता...
31/08/2026

We will fight together, We will stand together, We will rise together
देवीघाटस्थित वृद्धाश्रममा रहेकी ८० वर्षीया पुतली तामाङ भदौ १० गतेको बाढीपहिरोमा परि भग्नावशेष र माटोमुनि पुरिएकी थिइन् सुरक्षाकर्मीले उद्धारका लागि डोजरले माटो पन्छाउने क्रममा उनी सुरक्षित रूपमा डोजरकै बकेटमा बस्न पुगेकी थिइन् र सोही अवस्थामा उनको उद्धार गरिएको थियो ।

भक्तपुर अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी तथा अस्पतालकै समुह सगँ त्यस तर्फ प्रस्थान गुर्नु भएका मुटुरोग विषेशज्ञ डा बिजय साहाको सहितको टोलि उहाँको उपरचारमा संलग्न भएको थियो, मानसिक रुपमा ठुलो आघातमा रहेकि बृद्ध आमा करिब ३-४ घण्टा सम्म बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन, उपचार पश्चातभने उनको अवस्था सामान्य भएको छ ।

उहाँले भोग्नुभएको पीडा पूर्ण रूपमा कम गर्न हामी सक्षम नहुन सक्छौँ। उहाँको मानसिक पीडा पनि तत्काल पूर्ण रूपमा हटाउन सम्भव थिएन। तर, उहाँका शारीरिक घाउहरूमा मलम लगाउन र पीडा कम गर्न हामीले सक्दो प्रयास गरेका छौँ। उहाँको कठिन अवस्थाको बीचमा थोरै भए पनि राहत प्रदान गर्न सक्नु हाम्रो लागि मानवीय दायित्व र सन्तुष्टिको विषय हो।

मिति २०८३ भदौ १० गते करिब ४ बजे त्रिशूलीस्थित आयुर्वेदिक अस्पतालमा पुगेसँगै भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरू निरन्तर फिल्डमै खटिनुभएको छ। विपद्को यस कठिन घडीमा अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म आवश्यक स्वास्थ्य सेवा, उपचार तथा अन्य सहयोग निरन्तर प्रदान गर्दै आएको छ र आगामी दिनमा पनि आवश्यक सहयोग गर्न प्रतिबद्ध छ।

बाढीपहिरोको घटना लगत्तै भक्तपुर अस्पतालमाथि विश्वास गर्दै महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय Kiran Thapa तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयकी सचिव डा. Sumitra Gautam प्रति भक्तपुर अस्पताल हार्दिक आभार व्यक्त गर्दछ।

भक्तपुर अस्पताल भविष्यमा पनि जुनसुकै प्रतिकूल परिस्थितिमा नागरिकको जीवन र स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तिमा रहेर निरन्तर खटिन प्रतिबद्ध छ।

We will fight together.
We will stand together.
We will rise together.

भक्तपुर अस्पतालमा संचालन भईरहेको हाईकेयर ऐम्बुलेन्स चालक राम बनमाला सहित रसुवामा पठाईएको हुदाँ केहि दिनका लागि सो सेवा उ...
31/08/2026

भक्तपुर अस्पतालमा संचालन भईरहेको हाईकेयर ऐम्बुलेन्स चालक राम बनमाला सहित रसुवामा पठाईएको हुदाँ केहि दिनका लागि सो सेवा उपलब्ध नहुने ब्यहोरा जानकारि गराईन्छ । साथै PTV ऐम्बुलेन्स सेवा भने संचालनमै रहेको छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट घाइते भएका, उद्धार गरिएका तथा हराइरहेका नागरिकहरूको पहिचान, विवरण संकलन र परिवार...
29/08/2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट घाइते भएका, उद्धार गरिएका तथा हराइरहेका नागरिकहरूको पहिचान, विवरण संकलन र परिवारसँग पुनर्मिलनका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको महत्वपूर्ण पहल।
बागमती प्रदेश आपत्कालीन पुनर्मिलन प्रणाली (Bagamati Province Emergency Reunification System) मार्फत बाढीबाट प्रभावित नागरिकहरूको विवरण हेर्न तथा हराइरहेका व्यक्तिको जानकारी रिपोर्ट गर्न सकिन्छ।
आफू वा आफ्ना आफन्तसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तल दिइएको QR Code Scan गर्नुहोस् वा
digitalhealth.bagamati.gov.np/help-portal मा गई विवरण हेर्न तथा रिपोर्ट गर्नुहोस्।
यो सूचना सम्बन्धित परिवार तथा समुदायसम्म अधिकतम रूपमा पुर्‍याउन सहयोग गरौँ।
कसैको खोजीमा रहेका परिवारका लागि तपाईंले शेयर गरेको एउटा सूचना पनि महत्वपूर्ण हुन सक्छ।
Find People. Report Missing. Reunite Families.
स्वास्थ्य तथा सामाजिक बिकास मन्त्रालय
बागमति प्रदेश

केन्द्रिय स्वस्थ्य तथा खाध्य सुरक्षा मन्त्रालय (HEOC) बाट भऐको अनुरोध बमोजिम रसुवाका लागि पुन २० थान बेड म्याट्रेस र १० ...
29/08/2026

केन्द्रिय स्वस्थ्य तथा खाध्य सुरक्षा मन्त्रालय (HEOC) बाट भऐको अनुरोध बमोजिम रसुवाका लागि पुन २० थान बेड म्याट्रेस र १० थान अक्सिजन सिलिन्डर त्यस तर्फ पठाईऐको छ ।

भक्तपुर अस्पताल तथा अन्य प्रदेशिक अस्पतालबाट खटिएका स्वास्थ्य कर्मिहरु वाढिपहिरोमा परि घाईते भऐकाहरुको त्रिसुलि तथा रसुव...
29/08/2026

भक्तपुर अस्पताल तथा अन्य प्रदेशिक अस्पतालबाट खटिएका स्वास्थ्य कर्मिहरु वाढिपहिरोमा परि घाईते भऐकाहरुको त्रिसुलि तथा रसुवामा स्वास्थ्य सेवा प्रदान गर्दै ।

Address

Bhaktapur
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhaktapur Hospital:

Shortcuts

Share

Category