Khwopa Hospital

Call Directions

Khwopa Hospital Khwopa Hospital ,an undertaking of Bhaktapur Municipality providing quality Health Services

Khwopa Hospital is established and undertaken by Bhaktapur Municipality with the aim of providing affordable and quality healthcare services to the local community .

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण !!!२०८३ भाद्र १० गते भोटेकोशी नदी...
08/09/2026

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण !!!
२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बेत्रावतीस्थित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लको नेतृत्वमा १३ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शिविरमा सहभागी भएको थियो। टोलीले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरी आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। विपद्का कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिक लाभान्वित भएका छन्।
देश र जनताको सेवामा समर्पित रहदैं आएको ख्वप अस्पतालले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको स्वास्थ्य उपचार र आवश्यक सहयोगका लागि आगामी दिनमा समेत आवश्यकताअनुसार सेवा तथा सहयोगमा सक्रिय रहने छ।

27/08/2026

Our hearts go out to the families affected by the devastating floods that struck Rasuwa and Nuwakot districts. Lives have been lost, homes destroyed, and many are now in urgent need of necessities. We extend our deepest condolences to the families who have lost their loved ones in this tragedy. May the departed souls rest in peace.

एन्डोक्राइनोलोजी सेवा अब ख्वप अस्पतालमा उपलब्धसम्पूर्ण सेवाग्राही तथा शुभेच्छुकहरूमा जानकारी गराइन्छ कि ख्वप अस्पतालमा अ...
16/08/2026

एन्डोक्राइनोलोजी सेवा अब ख्वप अस्पतालमा उपलब्ध

सम्पूर्ण सेवाग्राही तथा शुभेच्छुकहरूमा जानकारी गराइन्छ कि ख्वप अस्पतालमा अब एन्डोक्राइनोलोजी (Endocrinology) विशेषज्ञ सेवा नियमित रूपमा उपलब्ध भएको छ।
यस सेवाअन्तर्गत मधुमेह, थाइराइड, हर्मोनसम्बन्धी समस्या, मोटोपन रोगहरूको विशेषज्ञ परामर्श तथा उपचार प्रदान गरिनेछ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई अरनिको समाज नेपालले अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay Anal...
06/08/2026

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई अरनिको समाज नेपालले अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay Analyzer) मेसिन हस्तान्तरण गरेको छ ।❤️

Celebration of breastfeeding week    आमाको दूध शिशुको पहिलो खोप, पहिलो पोषण।
05/08/2026

Celebration of breastfeeding week


आमाको दूध शिशुको पहिलो खोप, पहिलो पोषण।

14/07/2026

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) द्वारा २०८३ असार ९ गते (२३ जुन २०२६) भक्तपुरस्थित ख्वप अस्पतालमा मानव जनसंख्यामा...
01/07/2026

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) द्वारा २०८३ असार ९ गते (२३ जुन २०२६) भक्तपुरस्थित ख्वप अस्पतालमा मानव जनसंख्यामा गरिने एभियन इन्फ्लुएन्जा निगरानी (Avian Influenza Surveillance) सम्बन्धी सेन्टिनेल साइटको अनुगमन भ्रमण सम्पन्न गरिएको थियो।
बालकृष्ण आवालको नेतृत्वमा रहेको NPHL को टोलीले अस्पतालका विभिन्न वार्ड तथा प्रयोगशाला विभागको अवलोकन गरेको थियो। साथै अस्पतालका चिकित्सक, नर्सिङ कर्मचारी, प्रयोगशाला कर्मचारी, मेडिकल रेकर्ड शाखाका कर्मचारी तथा अन्य सम्बन्धित कर्मचारीहरूको सहभागितामा बैठक आयोजना गरी ख्वप अस्पतालमा सञ्चालन भइरहेको एभियन इन्फ्लुएन्जा निगरानी कार्यक्रमको महत्व, सञ्चालन प्रक्रिया तथा प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

      नतिजा प्रकाशित गरिएको
24/06/2026



नतिजा प्रकाशित गरिएको

Address

Chyamasingh
Bhaktapur
44800

Telephone

+97716610317

Website

Alerts

Be the first to know and let us send you an email when Khwopa Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category