Dr. Iwamura Memorial Hospital

Dr. Iwamura Memorial Hospital “Our mission is to develop healthy community by providing affordable, reliable and quality health services.”

28/04/2026

"Expert Insight on PCOS by Dr. Reena Shrestha" 👩‍⚕️

महिनावारीमा अनियमितता, तौल बढ्नु वा अनावश्यक रौं आउनु PCOS को संकेत हुन सक्छ!

पछिल्लो समय महिलाहरूमा हर्मोनको असन्तुलनले गर्दा देखिने PCOS एक साझा समस्या बनेको छ। यसका लक्षण, कारण र बच्ने उपायबारे Consultant Gynaecologist डा. रिना श्रेष्ठको यो विशेष भिडियो हेर्नुहोस् र सचेत बन्नुहोस्।

27/04/2026

मिति २०८३ वैशाख १२ गते शनिबार यस डा.इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा विभिन्न विशेषज्ञहरुद्वारा वरुणपुर कृषि सहकारी संस्था र मनोरम बोर्डिङ सेकेन्डरी स्कुल, कटुन्जेको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो र उक्त शिविरमा लगभग १५० जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरियो।

बिस्का जात्र एवम् नयाँ वर्षको मंगलमय शुभकामना !
14/04/2026

बिस्का जात्र एवम् नयाँ वर्षको मंगलमय शुभकामना !

13/04/2026

समयको गतिसँगै आज हामी वर्ष २०८२ को अन्तिम दिनमा आइपुगेका छौँ। यो एक वर्ष हाम्रा लागि केवल उपचार र अस्पतालको सेवामा मात्र सीमित रहेन, बरु तपाईँहरूको विश्वास, धैर्यता र साथले एउटा आत्मीय सम्बन्धको वर्ष बन्यो।

डा. इवामुरा मेमोरियल अस्पतालको प्राङ्गणमा आफ्नो स्वास्थ्यको जिम्मेवारी लिएर आउनुहुने हरेक बिरामी र उहाँका परिवारजनप्रति हामी नतमस्तक छौँ। तपाईँहरूले हामीमाथि देखाउनुभएको भरोसाले नै हाम्रा चिकित्सक, नर्सिङ स्टाफ र सम्पूर्ण टिमलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न ऊर्जा मिलेको छ।

बिरामीको ओठमा फर्किएको त्यो मधुर मुस्कान र निको भएर घर फर्किँदाको त्यो सन्तुष्टि नै हाम्रो यो वर्षको सबैभन्दा ठूलो कमाइ हो। नयाँ वर्ष २०८३ को आगमनसँगै हामी अझ आधुनिक प्रविधि, थप विशेषज्ञ सेवा र उत्तिकै विनम्र व्यवहारका साथ तपाईँको सेवामा समर्पित रहने बाचा गर्दछौँ। सम्पूर्ण बिरामी, शुभेच्छुक र सहयोगी हातहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🌸✨

— डा. इवामुरा मेमोरियल अस्पताल परिवार

30/03/2026

डा. इवामुरा मेमोरियल अस्पतालको प्रयोगशालामा अत्याधुनिक अटोमेटेड (Automated) मेसिनहरू र अनुभवी प्याथोलोजिष्टहरूद्वारा उच्च स्तरीय परीक्षण गरिन्छ। हामी गुणस्तरीय रिपोर्ट र बिरामीको गोपनीयताप्रति पूर्ण सजग छौँ। बिरामीको अवस्था बुझ्न ढिलाई नहोस् भनी यस अस्पतालको प्रयोगशाला २४ सै घण्टा सेवामा समर्पित छ। जस्तोसुकै बेला पनि छिटो र भरपर्दो रिपोर्टका लागि हामी तत्पर छौँ।

20/03/2026

कन्सलटेन्ट फिजिसियन डा. तसनीम जमालको ओपीडी समय हरेक दिन दिउँसो १ बजे रहेको छ। मधुमेह, थाइरोइड, मोटोपना, उच्च रक्तचाप, र दमको उपचारको लागि डा. इवामुरा मेमोरियल अस्पतालको ०१-६६१२७०५ / ०१-६६१२६९५ नम्बरमा सम्पर्क गर्नुहोस।

19/03/2026

मिति २०८२ फाल्गुण १५ गतेको दिन डा. इवामुरा मेमोरियल अस्पताल को प्राविधिक सहयोगमा कन्सलटेन्ट गाइनेकोलोजिस्ट डा. रिना श्रेष्ठ द्वारा मिनर्वा विद्यालयका विद्यार्थीहरुको अभिभावकहरुलाई 'सामान्य स्त्री रोग सम्बन्धि समस्या' शीर्षकमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रमले अभिभावकहरूमा स्वास्थ्य सचेतना जगाउन र महिलाहरूमा देखिने स्वास्थ्य समस्याहरूको समयमै पहिचान र उपचार गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ।

12/03/2026

यस डा. इवामुरा मेमोरिल अस्पतालको प्राविधिक सहयोगमा २०८२ फागुन २६ गतेका दिन ताथली, भक्तपुरको आशा शिक्षा सदन स्कूलमा बाल रोग विषेशज्ञ डा. राजेन्द्र शिल्पकार द्वारा एक दिने निःशुल्क Health check-up सञ्चालन गरियो। उक्त Health check-up मा ६० जना बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो।

11/03/2026

फ्लू (इन्फ्लुएन्जा) का मुख्य लक्षणहरू अचानक ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु वा बग्नु, र शरीर दुख्नु हुन्। अन्य सामान्य लक्षणहरूमा अत्यधिक थकान, टाउको दुखाइ, र कमजोरी महसुस हुनु। यस्ता लक्षणहरू देखिएमा आराम गर्ने र प्रशस्त तरल पदार्थ पिउनु पर्छ।

यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्; भरपर्दो परीक्षण र विशेषज्ञ चिकित्सकको परामर्शका लागि आजै डा. इवामुरा मेमोरियल अस्पतालको ०१-६६१२७०५ / ०१-६६१२६९५ नम्बरमा सम्पर्क गर्नुहोला।

09/03/2026

२०८२ साल जेठ २९ गतेको दिन डा. इवामुरा मेमोरियल अस्पताल को प्रविधिक सहयोगमा Clinical Psychologist कन्चन गौतम द्वारा मिनर्वा विद्यालयको कक्षा ६ र ७ का विद्यार्थीहरुलाई 'किशोरावस्थामा बालबालिकाको मनोवैज्ञानिक पक्षहरू सम्बन्धि' अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो । स्वास्थ्य उपचारका साथै समुदाय र विशेषगरी विद्यार्थीहरूको मानसिक स्वास्थ्यप्रति सचेत रहँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ ।

04/03/2026

यही मिति २०८२ फाल्गुण २१ गते बिहीबार, निर्वाचनको दिन यस अस्पतालका सम्पूर्ण ओ.पि.डि सेवाहरु बन्द हुने व्यहोरा जानकारी गराउँदछौं । यसबाट सेवाग्राही तथा बिरामी वर्गमा पर्न जाने असुविधाका लागि क्षमा प्रार्थी छौं ।
पुनश्चः इमर्जेन्सी सेवा भने यथावत नै रहनेछ ।
: डा.इवामुरा मेमोरियल अस्पताल

03/03/2026

"दक्ष जनशक्ति, सुरक्षित मातृत्व!" 🤱🩺

मिति 2082 फाल्गुण १५ गते प्रसूति सेवामा आइपर्ने जटिल चुनौतीहरू र आपतकालीन अवस्थाहरूलाई कुशलतापूर्वक सामना गर्न डा. रिना श्रेष्ठ, Gynaecologist र डा. विनोद दंगाल, MDGP ले 'Management of Obstetric Emergency' CME सत्र सञ्चालन गर्नुभयो। हाम्रा स्वास्थ्यकर्मीहरूको आत्मविश्वास र सीप बढाउन यो कार्यक्रम निकै फलदायी रह्यो ।

Address

Sallaghari/1
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Dr. Iwamura Memorial Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Iwamura Memorial Hospital:

Shortcuts

Share

Category