03/06/2026
मौलाकालिका अस्पतालले प्रदान गर्दै आएका गुणस्तरीय सेवाहरूले चितवन मात्र होइन, गोरखा, नवलपरासी, मकवानपुर, पर्वत, कास्की, पाल्पालगायत विभिन्न जिल्लाका नागरिकहरूको विश्वास जित्दै आएको छ। विशेषगरी स्त्री तथा प्रसूति रोग विभागले निरन्तर रूपमा सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्दै धेरै बिरामीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।
आजदेखि निःसन्तानपन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका बिरामीहरूलाई अझ प्रभावकारी र विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यका साथ डा. अनुसा र डा. अनुपमालाई मौलाकालिका अस्पताल परिवारमा हार्दिक स्वागत गर्दछौं।
उहाँहरूको अनुभव, दक्षता र समर्पित सेवाले अस्पतालको स्त्री तथा प्रसूति रोग विभागलाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौं। मौलाकालिका परिवारलाई हार्दिक बधाई तथा डा. अनुसा र डा. अनुपमालाई सफल कार्यकालको शुभकामना। 🌸🙏