Dr. Guru Sharan Sah

Dr. Guru Sharan Sah Head of Department,
Department of Medical Oncology
B. P. Koirala Memorial Cancer Hospital
Bharatpur

Dr. Guru is a highly experienced medical oncologist dedicated to helping cancer patients achieve the best possible outcomes. With over 15 years of experience in the field, he has developed a reputation as a caring and compassionate physician who goes above and beyond to support his patients. Dr. Guru’s patients appreciate his warm and friendly demeanor, as well as his ability to communicate comple

x medical information in a way that is easy to understand. He takes the time to listen to his patients’ concerns and works collaboratively with them to develop personalized treatment plans that consider their unique needs and preferences. His commitment to his patient’s well-being is evident in everything he does, and he is truly beloved by all who have had the privilege of being under his care.

अचानक तौल घट्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ।तौल घट्नु सधैं राम्रो खबर हुँदैन। विशेषगरी कुनै डाइट, व्यायाम वा प्रयास ...
21/07/2026

अचानक तौल घट्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ।

तौल घट्नु सधैं राम्रो खबर हुँदैन। विशेषगरी कुनै डाइट, व्यायाम वा प्रयास नगरी तौल घटिरहेको छ भने, यो शरीरले दिएको महत्त्वपूर्ण संकेत हुन सक्छ।

✔️ बिना कारण तौल घट्नु
✔️ भोक कम लाग्नु वा खान मन नलाग्नु
✔️ कपडा अचानक खुकुलो हुनु
✔️ लामो समयसम्म यस्ता परिवर्तन देखिनु

यी लक्षणहरू कहिलेकाहीँ क्यान्सरसहित अन्य गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छन्। त्यसैले यस्ता परिवर्तनलाई बेवास्ता नगरी समयमै विशेषज्ञसँग परामर्श लिनु आवश्यक छ।

बिना कारण तौल घटिरहेको छ भने ढिला नगर्नुहोस्। आजै परामर्शका लागि सम्पर्क गर्नुहोस्।
📞 9801005580

17/07/2026

घरमा क्यान्सरका बिरामी हुनुहुन्छ? यी संकेतहरू बेवास्ता नगर्नुहोस्।

क्यान्सरको उपचारका क्रममा बिरामीको अवस्था कहिलेकाहीँ अचानक बिग्रन सक्छ। त्यसैले यी आपत्कालीन संकेतहरू चिन्नु धेरै महत्वपूर्ण छ।

✔️ अचानक तेज ज्वरो
✔️ अत्यधिक कमजोरी वा होस गुम्ने अवस्था
✔️ श्वास फेर्न गाह्रो हुनु
✔️ हात-खुट्टा सुन्निनु वा चलाउन नसक्नु
✔️ पिसाब नआउनु वा असह्य दुखाइ

यीमध्ये कुनै पनि लक्षण देखिए ढिलाइ नगरी चिकित्सकसँग सम्पर्क गर्नुहोस्। समयमै उपचारले जटिलता कम गर्न मद्दत गर्छ।

पूरा भिडियो हेरेर थप जानकारी लिनुहोस्।

कुनै पनि आपत्कालीन लक्षण देखिए तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 9801005580

सबै क्यान्सर वंशाणुगत हुँदैनन्, तर परिवारको इतिहास महत्त्वपूर्ण हुन्छ।यदि तपाईंको परिवारका धेरै सदस्यहरूलाई एउटै प्रकारक...
13/07/2026

सबै क्यान्सर वंशाणुगत हुँदैनन्, तर परिवारको इतिहास महत्त्वपूर्ण हुन्छ।

यदि तपाईंको परिवारका धेरै सदस्यहरूलाई एउटै प्रकारको क्यान्सर भएको छ भने, त्यो जानकारी चिकित्सकसँग अवश्य साझा गर्नुहोस्।

केही क्यान्सरहरूमा वंशाणुगत (Hereditary) प्रभाव हुन सक्छ। यस्तो अवस्थामा समयमै जोखिम मूल्याङ्कन, आवश्यक परे Genetic Counseling र Cancer Screening ले रोगलाई प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्न सक्छ।

परिवारको इतिहास बेवास्ता नगर्नुहोस् समयमै सचेत हुनु नै स्वास्थ्य सुरक्षाको पहिलो कदम हो।

परिवारमा क्यान्सरको इतिहास छ? आफ्नो जोखिमबारे बुझ्न र आवश्यक परामर्शका लागि आजै भेट्नुहोस्।
📞 9801005580

09/07/2026

किमोथेरापीपछि आएको ज्वरोलाई कहिल्यै सामान्य नसम्झनुहोस्।

किमोथेरापीले शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउन सक्छ। त्यसैले ३८°C वा सोभन्दा बढी ज्वरो आउनु Febrile Neutropenia को संकेत हुन सक्छ, जुन तत्काल उपचार आवश्यक पर्ने अवस्था हो।

✔️ ३८°C वा सोभन्दा बढी ज्वरो
✔️ जाडो लागेर काँप्ने
✔️ सास फेर्न गाह्रो हुने
✔️ अत्यधिक थकान वा अल्मलिने

यस्ता लक्षण देखिए ढिला नगरी अस्पताल पुग्नुहोस्। समयमै उपचारले जटिलता रोक्न मद्दत गर्न सक्छ।

🎥 थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

किमोथेरापीपछि ज्वरो वा अन्य आकस्मिक लक्षण देखिए ढिला नगरी सम्पर्क गर्नुहोस्।
📞 9801005580

थकानलाई सामान्य नठान्नुहोस्! ⚠️आराम गर्दा पनि थकान हट्दैन? दैनिक काम गर्न गाह्रो भइरहेको छ?लामो समयसम्म रहने थकान कहिलेक...
06/07/2026

थकानलाई सामान्य नठान्नुहोस्! ⚠️

आराम गर्दा पनि थकान हट्दैन? दैनिक काम गर्न गाह्रो भइरहेको छ?
लामो समयसम्म रहने थकान कहिलेकाहीँ गम्भीर रोगको सुरुवाती संकेत हुन सक्छ।

समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्। प्रारम्भिक जाँचले सही कारण पत्ता लगाउन र समयमै उपचार गर्न मद्दत गर्छ।

आजै अपोइन्टमेन्ट बुक गर्नुहोस् र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
📞 9801005580

02/07/2026

क्यान्सरका बिरामीलाई Emergency मात्र पर्याप्त हुन्छ त?

क्यान्सरका बिरामीमा आउने आकस्मिक समस्या सामान्य Emergency भन्दा फरक हुन सक्छ।

Acute Oncology सेवा मा क्यान्सर विशेषज्ञले नै सुरुदेखि मूल्याङ्कन गरी, उपचारको history (Chemotherapy, Radiotherapy आदि) लाई ध्यानमा राखेर छिटो र सही उपचार योजना बनाइन्छ।

किनकि सही समयमा सही उपचारले नै ठूलो फरक पार्न सक्छ।

Acute Oncology सेवाबारे थप जानकारी वा आकस्मिक परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्:
📞 9801005580

असार १५, परम्परा, परिश्रम र समृद्धिको उत्सव।राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना। सबैको जीवनमा स...
29/06/2026

असार १५, परम्परा, परिश्रम र समृद्धिको उत्सव।

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको हार्दिक शुभकामना। सबैको जीवनमा स्वास्थ्य, सुख र समृद्धि छाओस्।

24/06/2026

क्यान्सरका बिरामीले यी संकेतहरू कहिल्यै बेवास्ता गर्नु हुँदैन!

क्यान्सर उपचारको क्रममा केही लक्षणहरू आपतकालीन हुन सक्छन्।

यदि ३८°C भन्दा बढी ज्वरो, अचानक सास फेर्न गाह्रो, छाती दुख्ने, अत्यधिक वान्ता वा पखाला, वा न्युरोलोजिकल परिवर्तन देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुहोस्।

समयमै गरिएको मूल्याङ्कन र उपचारले गम्भीर जटिलता रोक्न र जीवन बचाउन मद्दत गर्न सक्छ।

यस्ता कुनै लक्षण देखिएमा ढिला नगर्नुहोस्।
📞 9801005580

स्वस्थ परिवारको आधार, योगको नियमित अभ्यास।योगले शरीर, मन र परिवारमा सकारात्मक ऊर्जा र सद्भाव ल्याउँछ। अन्तर्राष्ट्रिय यो...
21/06/2026

स्वस्थ परिवारको आधार, योगको नियमित अभ्यास।

योगले शरीर, मन र परिवारमा सकारात्मक ऊर्जा र सद्भाव ल्याउँछ। अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना!

17/06/2026

Acute Oncology सेवा किन चाहिन्छ?

क्यान्सरका बिरामीहरूमा केही अवस्था यस्ता हुन्छन् जसलाई तत्काल चिकित्सा सहायता आवश्यक पर्छ।
Acute Oncology सेवाले ज्वरो, Spinal Cord Compression, Hypercalcemia, SVC Obstruction तथा किमोथेरापीका जटिल साइड इफेक्टहरूमा द्रुत र विशेषज्ञ व्यवस्थापन प्रदान गर्छ।

✔️ छिटो मूल्याङ्कन
✔️ समन्वित हेरचाह
✔️ राम्रो उपचार परिणाम

👉 Acute Oncology सेवा बारे थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Dr. Guru Sharan Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Guru Sharan Sah:

Shortcuts

Share

Category