नेशनल बाथरोग सेन्टर-चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • नेशनल बाथरोग सेन्टर-चितवन

नेशनल बाथरोग सेन्टर-चितवन In association with National centre of rheumatic diseases. Nepal's first and largest centre which Specialises in rheumatic diseases.

Open time : sunday to friday 8am to 5 pm

Cotact no : 056493688

22/07/2026
12/07/2026

📢 आदरणीय सेवाग्राहि तथा शुभेच्छुकहरूमा महत्वपूर्ण सूचना !!!

प्रिय सेवाग्राहि ,परिवारजन तथा शुभेच्छुक ज्यू,

हामि छिट्टै ठुलो ठाउ ,परिस्कृत सेवा र केन्द्रीय ब्यबस्थापन मार्फत फर्कदैछौ।

पछिल्लो करिब ६ महिनादेखि बिरामीहरूको सुविधा, पर्याप्त पार्किङ, फराकिलो प्रतीक्षालय, सहज पहुँच तथा भविष्यमा थप विशेषज्ञ सेवा विस्तार गर्न मिल्ने उपयुक्त स्थानको खोजी हामी निरन्तर गर्दै आएका थियौं। यस क्रममा सम्बन्धित प्रशासन तथा जनस्वास्थ्य कार्यालयबाट प्राप्त सुझाव र मार्गदर्शनलाई समेत आत्मसात् गर्दै
भरतपुर महानगरपालिका–४, त्रिचोकस्थित करिब २ कठ्ठा क्षेत्रफलमा नयाँ तथा थप व्यवस्थित स्थान अन्तिम रूपमा छनोट गरिएको जानकारी गराउन पाउँदा हामी खुशी छौं।

हाल आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने क्रममा केही समयका लागि हाम्रो नियमित सेवा प्रभावित भएको छ। यसबाट तपाईंहरूमा परेको असुविधाप्रति हामी हृदयदेखि नै क्षमाप्रार्थी छौं।

हामी तपाईंहरूको उपचारको निरन्तरताप्रति पूर्ण रूपमा चिन्तित छौं। त्यसैले यस संक्रमणकाल (Transit Period) मा बाथरोग विशेषज्ञको नियमित फलोअप वा परामर्श आवश्यक पर्ने बिरामीहरूले कृपया आफ्नो File मा अन्कित काठमाडौंस्थित National Centre for Rheumatic Diseases (NCRD) मा सम्पर्क गरी आफ्नो उपचारलाई निरन्तरता दिनुहुन अनुरोध गर्दछौं। उपचार बीचमै नरोकिनुहोस्, औषधि चिकित्सकको सल्लाहबिना बन्द नगर्नुहोस्।

हामी चाँडै नै अझ राम्रो पूर्वाधार र गुणस्तरीय सेवासहित पुनः तपाईंहरूको सेवामा उपस्थित हुनेछौं।

हामीले केहि प्राबिधिक र प्रशासनिक अस्पस्टता र कमजोरि लाइ सच्याउदै सधैंझैँ कानूनबमोजिम, मापदण्डअनुसार र बिरामी केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं।

नेशनल बाथरोग सेन्टर चितवनको स्थापना नै चितवन र आसपासका बाथरोगका बिरामीहरूले पटक–पटक काठमाडौं धाउन नपरोस्, उपचार निरन्तर र सहज रूपमा आफ्नै घर नजिकै उपलब्ध होस् भन्ने उद्देश्यले गरिएको थियो। तपाईंहरूकै विश्वास र अनुरोधका कारण हामीले काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको सेवा चितवनमै उपलब्ध गराउँदै आएका छौ|

तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। केही समयको धैर्य र साथले हामी अझ राम्रो, सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवासहित पुनः तपाईंहरूमाझ आउनेछौं।

छिट्टै फेरि भेट्ने वाचा सहित।

नेशनल बाथरोग सेन्टर चितवन

प्रस्तावित नयाँ स्थान: भरतपुर–४, त्रिचोक

05/07/2026

Congratulations, Dr. Manisha Bhochhibhoya! 🎉
We are proud to celebrate your contribution as a Guideline Development Group member and co-author of the 2024 APLAR Recommendations for Rheumatoid Arthritis Management.
A remarkable achievement that brings pride to NCRD Nepal and the global rheumatology community. 🇳🇵🌍

30/06/2026

सूचना

आदरणीय बिरामीज्यूहरू तथा शुभेच्छुकहरू,

प्रशासनबाट प्राप्त मौखिक निर्देशनअनुसार नयाँ नियमबमोजिम सम्बन्धित निकायबाट आवश्यक अनुमति नबिकरन तथा प्रशासनिक प्रक्रिया पूरा नभएसम्म भरतपुर मेट्रो क्लिनिकका OPD तथा ल्याब सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको जानकारी गराउन चाहन्छौं।

बाथरोग विशेषज्ञको परामर्श अत्यावश्यक भएका बिरामीहरूलाई उपचारमा ढिलाइ नगरी काठमाडौंस्थित नेशनल बाथरोग सेन्टर मा सम्पर्क गरी नियमित फलोअप तथा उपचार निरन्तरता दिन हार्दिक अनुरोध गर्दछौं।

हाल क्लिनिकभित्र रहेका फोन, कम्प्युटर तथा उपकरणहरूमा पहुँच नभएकाले बिरामीहरूको फोन, software तथा Electronic Medical Record (EMR) प्रणालीमा पहुँच गर्न हामी असमर्थ रहेका छौं। यसैले फोनमार्फत सम्पर्क गर्न वा अपोइन्टमेन्ट सम्बन्धी जानकारी दिन असमर्थ रहेका छौं। यसबाट पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना गर्दछौं।

फार्मेसी सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको छ, त्यसैले नियमित औषधि आवश्यक पर्ने बिरामीहरूले औषधि लिन सक्नुहुनेछ।

हामी सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक दर्ता नवीकरण तथा सम्पूर्ण कानुनी प्रक्रिया यथाशीघ्र पूरा गरेर सेवा पुनः सञ्चालन गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।

यस अवधिमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं। यहाँहरूले देखाउनुभएको विश्वास, धैर्यता र निरन्तर साथका लागि हार्दिक धन्यवाद।

नेशनल बाथरोग सेन्टर
in association with
भरतपुर मेट्रो क्लिनिक प्रा लि
परिवार

27/06/2026

सूचना

आदरणीय बिरामीज्यूहरू, शुभेच्छुक तथा सहयोगी महानुभावहरू,

बिगत केही वर्षदेखि चितवनमा वाथरोग (Rheumatology) विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध नभएकाले धेरै बिरामीहरूले नियमित उपचार तथा फलोअपका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था थियो। विशेषगरी एक ८४ वर्षीया आमाले प्रत्येक तीन महिनामा परिवारका सदस्यसहित काठमाडौं जानुपर्दा बाटोमै ठूलो आर्थिक र शारीरिक दुःख व्यहोर्नुपरेको घटना हाम्रो लागि प्रेरणाको स्रोत बन्यो।

यही आवश्यकतालाई मध्यनजर गर्दै भरतपुर मेट्रो क्लिनिक मार्फत काठमाडौंस्थित नेशनल बाथरोग सेन्टर सँग सहकार्य गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका विशेषज्ञ चिकित्सकहरूलाई महिनामा दुई पटक चितवनमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको थियो। यसबाट चितवन तथा आसपासका ६ जिल्लाका सयौं बिरामीहरूले आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा प्राप्त गर्नुभएको थियो।

हाल क्लिनिकका केही प्रशासनिक तथा नियामकीय प्रक्रिया (कानुनि अस्पस्टता का कारण )पूरा गरि सन्चालन गर्ने क्रममा विशेषज्ञ सेवा अस्थायी रूपमा स्थगित भएको जानकारी गराउन चाहन्छौं। सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सबै कानुनी तथा प्रशासनिक प्रक्रिया यथाशीघ्र पूरा गर्ने प्रयास भइरहेको छ।

हामीले सुरुदेखि नै सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पालना गर्दै सेवा सञ्चालन गर्ने गरेका थियौं। सेवा सञ्चालनको प्रारम्भदेखि नै सम्बन्धित निकायलाई क्लिनिकको अवलोकन, आवश्यक निर्देशन तथा मार्गदर्शनका लागि अनुरोध गर्दै आएका थियौं। साथै, नियमित रूपमा सम्बन्धित निकायसँग सम्पर्कमा रही मासिक प्रतिवेदनसमेत बुझाउँदै आएका थियौं।

यसै क्रममा इजाजतपत्र नवीकरण सम्बन्धी प्रक्रियाबारे प्राप्त थप र नया जानकारीका आधारमा केही प्रशासनिक प्रक्रिया समयमै सम्पन्न हुन नसकेको अवस्था देखिएको छ। हाल सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नवीकरण तथा अन्य सबै प्रक्रिया यथाशीघ्र पूरा गर्ने कार्य भइरहेको छ।

यस अवधिमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमायाचना गर्दछौं। बिरामीको सहज पहुँचमा गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि सेवा पुनः सञ्चालन हुने जानकारी सम्बन्धित माध्यमबाट गराइनेछ।

यहाँसम्म आइपुग्न हामीलाई विश्वास र साथ दिनुहुने सम्पूर्ण बिरामी, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

भरतपुर मेट्रो क्लिनिक परिवार

23/06/2026
सुचना ! सुचना!! सुचना! ! ! काठमान्डौ जानुपर्ने बिरामिको सहजता लाइ ध्यानमा राख्दै यहि २०८२ असार १२  गते नेशनल बाथरोग सेन्...
22/06/2026

सुचना ! सुचना!! सुचना! ! !
काठमान्डौ जानुपर्ने बिरामिको सहजता लाइ ध्यानमा राख्दै
यहि २०८२ असार १२ गते नेशनल बाथरोग सेन्टर ,रातोपुल बाट Rheumatology OPD चितवन सेन्टर मा सन्चालन हुदैछ |ओपिडि सेवा लिन इच्छुकले समयमै टिकट लिएर appointment बुक गरौ - टिकट लिने अन्तिम मिति असार १० गते|

सम्पर्क
056493688,
नेशनल बाथरोग सेन्टर ,चितवन शाखा
(भरतपुर मेट्रो क्लिनिक प्रा लि)
चौबिसकोठी ,CMS रोड चोक , Near CMC

बाथरोगका लक्षणहरु :
• हातका औंलाहरु दुख्ने वा सुन्निने
• बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठो हुने
• गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निने
• राती तथा बिहान ढाड दुख्ने
• बिहान ढाड अरठ्ठो हुने
• पिडौंला दुख्ने वा करकर खाने
• खुट्टाका बुढीऔंला वरिपरि रातो भएर टेक्न नहुने
• कुर्कुच्चा दुख्ने ( प्रायः उठ्ने बेला )
• जिउ गल्ने र छिटो थकान हुने
• मांसपेशी कमजोर हुने
• छालामा डाबर वा निको नहुने घाउ आइरहने
• चिसोमा काम गर्दा हातखुट्टा निलो |


हार्दिक बधाई तथा सम्मान ! नेशनल बाथरोग सेन्टर (NCRD) चितवन शाखाको स्थापना दिवसदेखि नै निरन्तर रूपमा संस्थासँग आबद्ध रही ...
09/06/2026

हार्दिक बधाई तथा सम्मान !

नेशनल बाथरोग सेन्टर (NCRD) चितवन शाखाको स्थापना दिवसदेखि नै निरन्तर रूपमा संस्थासँग आबद्ध रही आफ्नो इमान्दारिता, निष्ठा, समर्पण र अथक परिश्रमद्वारा संस्थाको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएकी सुश्री मिनु बाबा थापा मगरज्यू लाई १३ औ बार्सिकौत्सब समारोहमा आदरणीय Prof Dr Kedarbhakta mathemaa sir , NCRD Chairman Dr Binit Vaidya र MD Roshan Kakshyapati बाट “Best Performer” सम्मान प्राप्त भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।

संस्थाको प्रारम्भिक दिनदेखि आजसम्मको यात्रामा तपाईंको लगनशीलता, जिम्मेवारीबोध र सेवाप्रतिको प्रतिबद्धता NCRD चितवनको सफलताको महत्वपूर्ण आधार बनेको छ। तपाईंको निरन्तर योगदान र उत्कृष्ट कार्यसम्पादन सम्पूर्ण सहकर्मीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

यो सम्मान तपाईंको वर्षौंदेखिको मेहनत, समर्पण र संस्थाप्रतिको अविचल विश्वासको कदर हो। आगामी दिनहरूमा पनि तपाईंको अनुभव, उत्साह र कर्मशीलताले संस्थालाई अझ उचाइमा पुर्‍याउन प्रेरणा प्रदान गरिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

“समर्पण, निरन्तरता र उत्कृष्टताको प्रतीक — मिनु बाबा थापा मगर।”

NCRD चितवन परिवार
Minu Thapa Magar

09/06/2026

सेन्टरले हाल ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जना स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिरहेको छ। निकट भविष्यमा क...

Address

Bharatpur

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+97756493688

Website

Alerts

Be the first to know and let us send you an email when नेशनल बाथरोग सेन्टर-चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to नेशनल बाथरोग सेन्टर-चितवन:

Shortcuts

Share

Category