Dr Amit Kumar Agrahari

Dr Amit Kumar Agrahari General practitioner
Family Physician
Primary Care Physician

06/06/2026
06/06/2026

06/06/2026

वीर अस्पताल नेपाल सरकारको एक प्रतिष्ठित बहुविशेषज्ञ (Multispeciality) रेफरल अस्पताल हो, जहाँ जटिल तथा दुर्लभ रोगहरूको पहिचान, उपचार र उच्चस्तरीय शल्यक्रिया गरिन्छ।

यहाँ विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध भए पनि हाल उपचारभन्दा बढी नियमित औषधि लिन आउने बिरामीहरूको संख्या अत्यधिक बढेको छ। अधिकांश बिरामी वडा कार्यालय वा अन्य स्थानीय निकायबाट रिफर भई “औषधि सकियो” भन्ने कारणले अस्पताल आउने गरेका छन्।

यसका कारण विशेषज्ञ चिकित्सकहरूको समय सामान्य औषधि लेख्नमै खर्च भइरहेको छ र वास्तवमै जटिल रोग तथा विशेषज्ञ उपचार आवश्यक पर्ने बिरामीहरूले समयमै सेवा पाउन कठिनाइ भोगिरहेका छन्।

अस्पतालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेकाले रेफरल प्रणालीलाई प्रभावकारी बनाई विशेषज्ञ सेवाको उचित उपयोग सुनिश्चित गर्न तथा बिरामीहरूले समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

#स्वस्थ्याविमा

06/06/2026

सामान्य रोगका बिरामीहरू समेत सिधै केन्द्रीय तथा ठूला अस्पतालमा जाने प्रवृत्ति। यसले ठूला अस्पतालमा अनावश्यक भीड बढाउँछ भने स्थानीय र प्रदेश अस्पतालका स्रोत–साधन पर्याप्त प्रयोग हुन सक्दैनन्।
स्वास्थ्य सेवाको तीन तह
स्थानीय/प्राथमिक स्वास्थ्य केन्द्र – सामान्य उपचार, नियमित जाँच र आधारभूत सेवा।
प्रदेश (Speciality) अस्पताल – विशेषज्ञ उपचार र आवश्यक शल्यक्रिया।
केन्द्रीय (Super-speciality) अस्पताल – जटिल रोग, क्यान्सर, ICU, अंग प्रत्यारोपण जस्ता उच्चस्तरीय सेवा।
मुख्य प्रस्ताव
बिरामीलाई Referral System मार्फत क्रमशः माथिल्लो तहमा पठाउने व्यवस्था लागू गर्ने।
स्वास्थ्य बिमामा रेफरल बिना सिधै ठूला अस्पताल जाँदा सुविधा सीमित गर्ने।
नजिकको सरकारी अस्पताल प्रयोग गर्न प्रोत्साहन दिने।
Family Physician वा प्राथमिक अस्पताललाई Gatekeeper बनाउने।
प्राथमिक अस्पताललाई वित्तीय रूपमा बलियो बनाउने।
डिजिटल Referral Tracking प्रणाली विकास गर्ने।
अपेक्षित लाभ
केन्द्रीय अस्पतालको भीड घट्ने।
स्रोत–साधनको प्रभावकारी उपयोग हुने।
गम्भीर बिरामीले समयमै सेवा पाउने।
स्वास्थ्य बिमा प्रणाली अझ प्रभावकारी बन्ने।
निष्कर्ष
स्वास्थ्य प्रणालीको सफलता सबै बिरामीलाई केन्द्रीय अस्पताल पुर्‍याउनुमा होइन, सही बिरामीलाई सही समयमा सही तहको अस्पतालमा पुर्‍याउनुमा निर्भर हुन्छ। त्यसका लागि स्वास्थ्य बिमा र Referral System लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ।

Address

Province/1
Biratnagar
56707

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779820706902

Website

Alerts

Be the first to know and let us send you an email when Dr Amit Kumar Agrahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Amit Kumar Agrahari:

Share

Category